२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

चुनावको मुखमा काजःसरुवा

Logo
प्रकाशित बुधबार, आश्विन २६, २०७९

चुनावको मुखमा प्रहरी काज बिकृती रोकिएको छैन । नेताहरुको दबाबमा तल्लो तहदेखि माथिल्लो तहका प्रहरीको काज सरुवा भइरहेको छ ।प्रहरी प्रधान कार्यालयले इलाका प्रहरी कार्यालय खानीखोला धादिङमा इन्सपेक्टर डबल बहादुर बमलाई खटाएको छ । त्यहाँ कार्यरत इन्सपेक्टर अपूर्व ढुंगाना बलात्कार प्रयासको आरोपमा थुनामा परेपछि नयाँ इन्सपेक्टर पठाइएको हो ।त्यस्तै, एसएसपीकै पनि काज सरुवा गरिएको छ । बुटवल तालिम केन्द्रमा कार्यरत एसएसपी सुरेन्द्र मैनालीको प्रधान कार्यालयमा सरुवा भएको छ भने त्यहाँ एसएसपी बिनोद घिमिरेलाई पठाइएको हो । घिमिरे हालै मात्र बढुवा भएका थिए ।
त्यस्तै, इन्सपेक्टर र डिएसपीहरुको ठूलो संख्यामा काज भएको स्रोत बताउँछ । नेताहरुले आफ्नो चुनावी क्षेत्रमा आफु निकट प्रहरी लैजान यसरी प्रहरी महानिरीक्षकलाई दबाब दिई काज सरुवा गराइरहेका छन् । नेताको दबाबमा प्रहरी नेतृत्व लाचार बनेको छ । जसकारण चुनावी सुरक्षा निष्पक्ष हुनेमा प्रश्न उठ्न थालेको छ ।साभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]

दाङ । आजबाट नेवा: समुदाय*को यस वर्षको मुख्य जात्रा र चाडपर्वको सुभारम्भ भएको छ। नेवार समुदायको संस्कृतिमा वर्षभरि मनाइने जात्रा, पूजा र चाडपर्वको एउटा निश्चित क्यालेण्डर हुन्छ। दाङको घोराही, तुलसीपुर र अन्य क्षेत्रमा बसोबास गर्ने नेवा: समुदायले पनि काठमाडौं उपत्यकाको परम्परा अनुसार नै यी पर्वहरू मनाउने गर्छन्। सुभारम्भसँगै सुरु हुने मुख्य पर्वहरू गाईजात्रा भाद्रमा पर्ने, […]

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]