३१ बैशाख २०८१, सोमबार
13-05-2024 , Mon
×

अवैध नदिजन्य पदार्थ दोहन रोक्न सफल चौधरी असोज महिनाको उत्कृष्ट प्रहरी

Logo
प्रकाशित शुक्रबार, कार्तिक ११, २०७९


ABC (क्राईमबिट)
नुवाकोट। नुवाकोटमा विगत लामो समयदेखि भइरहेको अवैध नदिजन्य उत्खनन रोक्न सफल भएका प्रहरी नायव निरक्षक दिपेन्द्र नारायण चौधरी असोज महिनाको उत्कृष्ट प्रहरी सफल भएका छन्।
ईलाका प्रहरी कार्यालय चोगते नुवाकोट दरबन्दी भई प्रहरी चौकी तारुका नुवाकोटमा कार्यरत प्र.ना.नि. दिपेन्द्र नारायण चौधरी (कम्प्युटर कोड ३०८२२७ र संकेत नं.C-00053296) ले आफूलाई दिईएको जिम्मेवारी आत्मसाथ गर्दै अवैध नदिजन्य पदार्थको दोहन कार्य नियन्त्रण गर्न स्थानीय पालिकाहरुसंग समन्वय गरी महत्वपुर्ण भूमिका निर्वाह गरेको, समुदाय प्रहरी साझेदारी अवधारणा अनुरुप विभिन्न जनचेतनामुलक कार्यक्रम संचालनमा प्रभावकारी भूमिका निर्वाह गरेको, चाडपर्वहरुमा हुन सक्ने सवारी दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीसंग समन्वय गरी आकस्मिक
चेकजाँच, सवारी ईन्ट्री अभिलेख दुरुस्त राखी सवारी दुर्घटना न्यूनिकरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको, आफ्नो वडा एरियामा हुन सक्ने अपराधिक गतिविधिलाई नियन्त्रण गर्न दैनिक गस्ति पट्रोलिङलाई तिव्रता दिई परिचालित हुनुका साथै
धादिङ जिल्ला सँगको सिमावाट अपराधिक गतिविधि गरि आउन जान सक्ने स्थानहरुमा नियमित निग्रानी गरी आफ्नो वडा एरियामा शान्ति सुरक्षा कायम राख्न खटिई कुनै किसिमको अप्रिय घटना हुन गर्न नपाउने गरी शान्ति सुरक्षाको व्यवस्थापन मिलाएको हुँदा प्रहरी नायव निरीक्षण चौधरीको कार्यले आम जनमानसमा समेत प्रहरी प्रति सकारात्मक प्रभाव पार्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै जिल्ला प्रहरी कार्यलय नुवाकोटले चौधरीलाई असोज महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रुपक खड्काले जानकारी दिए।
चौधरीले आफ्नो कर्तव्य पालनामा ईमान्दारिता प्रदर्शन गरेकोले उनको कार्यको उच्च मूल्याङ्कन गर्दै यसको निरन्तरताका साथै अन्य प्रहरी कर्मचारीहरु समेतलाई प्रोत्साहित गर्न चौधरीलाई २०७९ साल ” असोज महिनाको उत्कृष्ट प्रहरी ( BEST POLICE OF THE MONTH) घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  ABC (क्राईमबिट) काठमाडौं । आइतबार साँझ अन्डवेयर, हुडी र पाइन्टमा लेपन गरिएको सुन सहित कपडाको तौल ५ केजी १ सय ग्राम सुन बरामद गरेको हो । सुनसहित फ्लाई दुबईबाट काठमाडौँ ओर्लिएका भारतीय नागरिकलाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ ।

ABC (क्राईमबिट) काठमाडौं । महानगरपालिका-५ मालिगाउँबाट स्रोत नखुलेको ९८ लाख रूपैयाँसहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रूपन्देही सियारी गाउँपालिका-७ बस्ने २८ वर्षीय समिर सुनार र २९ वर्षीय मिलन बिक रहेका छन् । उक्त स्थानमा मिलन समेतका व्यक्तिहरूले हुण्डी सम्बन्धी कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय […]

  (ABC-Sanchar) काठमाडौं । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक अशोककुमार जबेगुले चैनपुर नगरपालिका–१ नूनढाकीका ४२ वर्षीय दिलकुमार चोङवाङ रहेको जानकारी दिए । पेस्तोल बोकेर हिँडडुल गर्ने गरेको विशेष सूचनाको आधारमा प्रहरी चौकी नूनढाकी र सङ्खुवासभाको संयुक्त प्रहरी टोलीले एक थान कटुवा पेस्तोलसहित चोङवाङलाई आइबार पक्राउ गरिएको प्रहरी निरीक्षक जबेगुले बताए । बरामद भएको कटुवा […]