२८ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

अवैध नदिजन्य पदार्थ दोहन रोक्न सफल चौधरी असोज महिनाको उत्कृष्ट प्रहरी

Logo
प्रकाशित शुक्रबार, कार्तिक ११, २०७९


ABC (क्राईमबिट)
नुवाकोट। नुवाकोटमा विगत लामो समयदेखि भइरहेको अवैध नदिजन्य उत्खनन रोक्न सफल भएका प्रहरी नायव निरक्षक दिपेन्द्र नारायण चौधरी असोज महिनाको उत्कृष्ट प्रहरी सफल भएका छन्।
ईलाका प्रहरी कार्यालय चोगते नुवाकोट दरबन्दी भई प्रहरी चौकी तारुका नुवाकोटमा कार्यरत प्र.ना.नि. दिपेन्द्र नारायण चौधरी (कम्प्युटर कोड ३०८२२७ र संकेत नं.C-00053296) ले आफूलाई दिईएको जिम्मेवारी आत्मसाथ गर्दै अवैध नदिजन्य पदार्थको दोहन कार्य नियन्त्रण गर्न स्थानीय पालिकाहरुसंग समन्वय गरी महत्वपुर्ण भूमिका निर्वाह गरेको, समुदाय प्रहरी साझेदारी अवधारणा अनुरुप विभिन्न जनचेतनामुलक कार्यक्रम संचालनमा प्रभावकारी भूमिका निर्वाह गरेको, चाडपर्वहरुमा हुन सक्ने सवारी दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीसंग समन्वय गरी आकस्मिक
चेकजाँच, सवारी ईन्ट्री अभिलेख दुरुस्त राखी सवारी दुर्घटना न्यूनिकरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको, आफ्नो वडा एरियामा हुन सक्ने अपराधिक गतिविधिलाई नियन्त्रण गर्न दैनिक गस्ति पट्रोलिङलाई तिव्रता दिई परिचालित हुनुका साथै
धादिङ जिल्ला सँगको सिमावाट अपराधिक गतिविधि गरि आउन जान सक्ने स्थानहरुमा नियमित निग्रानी गरी आफ्नो वडा एरियामा शान्ति सुरक्षा कायम राख्न खटिई कुनै किसिमको अप्रिय घटना हुन गर्न नपाउने गरी शान्ति सुरक्षाको व्यवस्थापन मिलाएको हुँदा प्रहरी नायव निरीक्षण चौधरीको कार्यले आम जनमानसमा समेत प्रहरी प्रति सकारात्मक प्रभाव पार्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै जिल्ला प्रहरी कार्यलय नुवाकोटले चौधरीलाई असोज महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रुपक खड्काले जानकारी दिए।
चौधरीले आफ्नो कर्तव्य पालनामा ईमान्दारिता प्रदर्शन गरेकोले उनको कार्यको उच्च मूल्याङ्कन गर्दै यसको निरन्तरताका साथै अन्य प्रहरी कर्मचारीहरु समेतलाई प्रोत्साहित गर्न चौधरीलाई २०७९ साल ” असोज महिनाको उत्कृष्ट प्रहरी ( BEST POLICE OF THE MONTH) घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले श्रम स्वीकृति पत्रबाहेक भुक्तानी गरिएका कुनै पनि रसिद विमानस्थलमा पेस गर्नु नपर्ने स्पष्ट गरेको छ । वैदेशिक रोजगार विभागबाट यही चैत २३ गते प्रकाशित सूचनाले वैदेशिक रोजगारीमा जाने श्रमिकमा अन्योल बढाएको भन्दै अध्यागमनले उक्त जानकारी दिएको हो । वैदेशिक रोजगार विभागले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट प्रस्थान […]

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

error: Content is protected !!