नेपालगंज उपमहानगरपालिका-५ रामनगर बस्ने रमेशकुमार नागको घरमा रहेको चुराको गोदाममा आइतबार बिहान आगलागी हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
आगलागीमा परी बर्दिया मधुवन नगरपालिका-८ बस्ने २३ वर्षीय समिर वलीको मृत्यु भएको हो।
आगो निभाउने क्रममा जलेर गम्भीर घाइते भएका उनको उपचारको लागि भेरी अस्पताल नेपालगन्ज लगिएको थियो। त्यहाँ उपचारको क्रममा मृत्यु भएको हो।