२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

सामाजिक संजाल ट्विटरले हटायो साढे ३ हजार कर्मचारीहरु किन ?

Logo
प्रकाशित शनिबार, कार्तिक १९, २०७९


(ABC-Sanchar)
काठमाडौँ । सामाजिक सञ्जाल ट्विटरले आफ्ना ७ हजार ५ सय कर्मचारी मध्ये आधालाई हटाएको छ। कम्पनीले शुक्रवार ५० प्रतिशत कर्मचारी कटौती गरेको एएफपीले जनाएको हो ।

मस्कले लागत घटाउनको लागि ट्विटर इंकमा आधा कार्यदल कटौती गर्ने बताउँदै आएका थिए। उनले कम्पनीले चार मिलियन डलर गुमाएकोले कर्मचारी कटौतीको विकल्प नरहेको बताएका छन्।

‘ट्विटरमा काम गर्ने मेरो समय सकिएको खबर सुनेर उठेँ। म दुखी छु। म अन्योलमा छु’, अमेरिका र क्यानडाका लागि ट्विटरका सार्वजनिक नीति निर्देशक मिशेल अस्टिनले भने।

यसअघि ट्विटरका सिइओ मस्कले आफ्ना अन्य कम्पनीका कर्मचारीहरूलाई सामाजिक सञ्जाल काम गर्न अख्तियार प्रदान गरेको विवरण सार्वजनिक भएको थियो। यसमा टेस्लाका ५० कर्मचारीहरू समावेश छन्।

मस्कले गत अक्टोबर २८ मा ट्विटरको ४४ अर्ब डलरमा ट्विटरको स्वामित्व लिएका थिए। उनले अव ट्विटरमा ब्लु टिक प्राप्त प्रयोगकर्ताले मासिक ८ डलर तिर्नुपर्ने घोषणा गरेका छन्। एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]

दाङ । आजबाट नेवा: समुदाय*को यस वर्षको मुख्य जात्रा र चाडपर्वको सुभारम्भ भएको छ। नेवार समुदायको संस्कृतिमा वर्षभरि मनाइने जात्रा, पूजा र चाडपर्वको एउटा निश्चित क्यालेण्डर हुन्छ। दाङको घोराही, तुलसीपुर र अन्य क्षेत्रमा बसोबास गर्ने नेवा: समुदायले पनि काठमाडौं उपत्यकाको परम्परा अनुसार नै यी पर्वहरू मनाउने गर्छन्। सुभारम्भसँगै सुरु हुने मुख्य पर्वहरू गाईजात्रा भाद्रमा पर्ने, […]

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]