२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

विश्वकपमा ७ करोडसम्मको बेट लगाउने एप मार्फत सट्टाबाजी गराउने पक्राउ

Logo
प्रकाशित बिहिबार, मंसिर २९, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । वानएक्स बेटमार्फत सट्टेबाजी गराउने अर्का व्यक्तिलाई पनि प्रहरीले पक्राउ गरेको छ । यसअघि तीन जनालाई पक्राउ गरेको प्रहरीले फेरि लमजुङ भइ काठमाडौँको टोखा चण्डेश्वरी बस्ने २६ वर्षीय सुजन गौलीलाई पक्राउ गरेको हो ।

विश्वकप लगायतका अन्तर्राष्ट्रिय खेल प्रतियोगितामा वानएक्स बेटलगायतका एप मार्फत सट्टाबाजी गराई रकम संकलन गर्ने गराउने कार्यमा एजेन्टका रुपमा उनी सक्रिय रहेको खुलेको छ ।

उनलाई बुधबार महानगरपालिका वडा नं. २८ कमलपोखरीबाट नियन्त्रणमा लिई मुलुकी अपराध सहिताको दफा १२५ को उपदफा ४ बमोजिम सट्टाबाजी गर्न गराउन नहुने कसुर अन्तर्गत थप अनुसन्धान भइरहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनले रकम संकलन र भुक्तानी गरेको आधारमा २५ प्रतिशत कमिसन रकम निर्धारण हुने भएकाले बढी रकम संकलन र भुक्तानीको लोभमा विभिन्न व्यक्तिको नाममा खाता खोली कारोबार गर्ने गरेको पाइएको उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालयका प्रवक्ता कृष्ण कोइरालाले जानकारी दिए । उनी एक्लैले ईसेवा, आईएमई पे र खल्ती एप्स तथा विभिन्न बैंकिङ प्रणाली मार्फत २ करोड ३६ लाख ३३ हजार १३८ रकम बराबरको कारोबार गर्ने देखिएको प्रहरीको भनाइ छ ।

यसैगरी विभिन्न व्यक्तिले २६ वटा डिजिटल वालेट तथा बैंकिङ प्रणाली मार्फत रु ७ करोड ७२ लाख ८९ हजार ४६ रूपैयाँ बराबरको कारोबार गरेको देखिएको र सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]

दाङ । आजबाट नेवा: समुदाय*को यस वर्षको मुख्य जात्रा र चाडपर्वको सुभारम्भ भएको छ। नेवार समुदायको संस्कृतिमा वर्षभरि मनाइने जात्रा, पूजा र चाडपर्वको एउटा निश्चित क्यालेण्डर हुन्छ। दाङको घोराही, तुलसीपुर र अन्य क्षेत्रमा बसोबास गर्ने नेवा: समुदायले पनि काठमाडौं उपत्यकाको परम्परा अनुसार नै यी पर्वहरू मनाउने गर्छन्। सुभारम्भसँगै सुरु हुने मुख्य पर्वहरू गाईजात्रा भाद्रमा पर्ने, […]

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]