१० बैशाख २०८३, बिहिबार
23-04-2026 , Thu
×

सशस्त्र प्रहरीले नयाँ चुस्ता र ज्याकेट पाउने

Logo
प्रकाशित शुक्रबार, पुष १५, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी नियमावली २०७२ को नियम १६७ मा दिइएको अधिकार प्रयोग गर्दै सो नियमावलीको संशोधनसहित सशस्त्र प्रहरी कर्मचारीहरूलाई हिमाली चुस्ता र डाउन ज्याकेट पाउने व्यवस्था गरेको हो।

यसअघि प्रत्येक तीन-तीन वर्षमा कटन प्याडेट युनिफर्म सुट र ५ वर्षको अन्तरालमा स्नोपार्क ज्याकेट मात्र पाउँदै आएका थिए। यो व्यवस्थासँगै हिमाली क्षेत्रमा कार्यरत कर्मचारी प्रत्यक्ष लाभान्वित हुने प्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

नियमावलीमा सशस्त्र प्रहरी बल नेपालका अधिकृत तथा जवानहरूले पाउँदै आएको पोशाक तथा अन्य सामानहरूको सम्बन्धमा समेत संशोधन भएको हो। संशोधित नियमावलीमा सशस्त्र प्रहरी कर्मचारीहरूले १ वर्ष अवधिमा पाउने पिटी गन्जी, पिटी कट्टु र पिटी जुत्तामा ट्रयाकसुट र स्पोर्ट्स जुत्ता थप गरिएको छ।

प्रत्येक वर्ष वितरण गर्ने भनिए पनि ऊनी कम्बल विगत केही वर्षदेखि खरिद नभएर वितरण रोकिएर रहेकामा यसै वर्षदेखि खरिद प्रक्रिया सुरू भएको डिएसपी थापाले बताए। अब कम्बल समेत नियमित रूपमा वितरण हुने उनले बताए।

सिनियर अधिकृतहरूले पाउँदै आएको टपबुट जुनियर अधिकृतहरूलाई समेत उपलब्ध गराउने गरी संशोधन गरिएको छ। राजपत्रांकित अधिकृतहरूका लागि मात्र गर्मी र जाडो मौसममा उपलब्ध गराइएन सेरिमोनियल ड्रेस अब सेरिमोनियल कार्यक्रमहरूमा भाग लिने अन्य सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरूलाई समेत उपलब्ध गराइने व्यवस्था गरिएको छ।

सबै स्वास्थ्य प्राविधिक सशस्त्र प्रहरी कर्मचारीहरूलाई दुई वर्षमा सेतो टेरिकटन एप्रोन उपलब्ध गराउँदै आएकोमा अब प्रत्येक वर्ष उनीहरूलाई सेतो टेरिकटन स्क्रब समेत थप गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जानकी गा.पा.०३ स्थित अबैध रुपमा भारतबाट ल्याएका अन्दाजी ४५ किलोग्राम, १५ वटा बोईलर कुखुरा र ७० किलोग्राम बोईलर कुखुराको मासु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि पशु क्वारेन्टाईन कार्यालय नेपालगंज बाँकेमा पठाईएको ।

बाँके । समाचारको प्रभाव बाँके प्रहरी प्रमुखमा एसपी अंगुर जिसीले नेपालगन्जको केही होटलहरुमा बेश्यबृत्ति भइरहेको एबिसी संचारको भन्डाफोर टिमले भिडियो सार्वजनिक गरेपछि बाँके प्रहरीले नेपालगन्जका होटलमा ठूलो अपरेशन चलाएको छ। बाँके प्रहरीले धमाधम आदा दर्जन होटलमा छापा मारेर दर्जनौं पक्राउ गरेको छ ।

काठमाडौं । बुधबार सुधन गुरुङले गृहमन्त्रीबाट राजीनामा दिएका छन्। उनले भरखरै प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएको प्रधानमन्त्री शाहकी अनुसन्धान तथा प्रेस विज्ञ दिपा दाहालले बताइन्। ‘गृहमन्त्रीज्यूले भर्खरै प्रधानमन्त्रीज्यूसमक्ष राजीनामा दिएर जानु भएको छ,’ दाहालले भनिन्। गुरुङले राजीनामा दिएसँगै प्रधानमन्त्री शाहले गृह मन्त्रालय आफूसँगै राख्ने भएका छन्। ‘तत्काललाई गृह मन्त्रालय प्रधानमन्त्रीज्यू मातहत हुनेछ,’ दाहालले नेपालखबरसँग भनिन्। सम्पत्ति शुद्धीकरण […]

error: Content is protected !!