२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

उषा राई हत्या प्रकरण ३ जनालाई थुनामा पठाउने सुनसरी जिल्ला अदालतको आदेश

Logo
प्रकाशित शुक्रबार, पुष १५, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । सुनसरी जिल्ला अदालतले धरान–१३ की एकल महिला उषा राईको कुटपिट र हत्या प्रकरणमा संलग्न आरोपितमध्ये तीन महिलालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । अदालतले सो घटनामा संलग्न एक महिलालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

आरोपित एक महिला महिला रत्ना सुब्बालाई एकलाख धरौटी लिएर छोड्न आदेश गरेको धरानस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) बुद्ध श्रेष्ठले जानकारी दिएका छन् । अदालतका न्यायाधीश पुण्यप्रसाद सापकोटाको इजलासले राईलाई कुटपिट गर्ने मुख्य आरोपी उर्मिला राई, सुसेली राई र सुमित्रा राईलाई थुनामा पठाउने आदेश दिएको हो ।

कुटपिटपछि उषाको उपचारका क्रममा मंसिर १३ गते मृत्यु भएको थियो । उनलाई आफ्नो पतिसँग नजिकिएको भन्दै ५५ वर्षीया उर्मिला राईले महिला समूह बोलाएर कात्तिक ३ गते कुटपिट गराएकी थिइन् ।

कुटपिटपछि अखाद्य रासायनिक झोल पदार्थ पनि खुवाइएकाले गम्भिर घाइते बनेकी उषाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारपछि ‘उपचार खर्च पाउने गरी’ सामुदायिक प्रहरीमा मिलापत्र गरेका थिए । तर पुनः उनको स्वास्थ्यमा समस्या आएपछि प्रतिष्ठानमा भर्ना भएर आईसीयूमा राखेर उपचार गर्दागर्दै ज्यान गएको थियो ।

४५ वर्षीया उषाको पतिको दुई वर्षअघि मृत्यु भएको थियो । उनी २७ वर्षीया र ८ वर्षीया दुई छोरीसँग धरान १३ मा लुगा सिलाउने व्यावसाय गरी जीविका चलाउँदै आएकी थिइन् ।

उषाको मृत्युपछि उनका देवरले किटानी जाहेरी दिएका थिए । पक्राउ परेका महिलाहरूमध्ये तीन जनालाई घटनास्थिति मुचुल्का र प्रत्यक्षदर्शी, दृश्य सामग्रीलगायत आधारमा अदालतले पुर्पक्षका लागि थुनामा पठाउन र एक जनालाई धरौटीमा छोड्न आदेश दिएको हो । तीनै जनालाई झुम्का कारागारमा पुर्पक्षका लागि पठाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!