२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

गोर्खा स्कुलको २५ औँ वार्षिकोत्सव दाङ एसपी वलीको प्रमुख आतिथ्यतामा सम्पन्न

Logo
प्रकाशित शनिबार, पुष १६, २०७९


(सागर थापा)
दाङ । गोर्खा ग्रुपद्वारा संचालित घोराहीमा रहेको गोरखा ईन्टरनेशनल सेकेन्डरी स्कुलले वार्षिकोत्सवका अवसरमा आयोजना गरेको खेलकुद कार्यक्रम समापन गरेको छ । साताव्यापी खेलकुद कार्यक्रम शुक्रबार समापन गरिएको हो । यही पुस १७ गते २५ औँ वार्षिकोत्सव तथा रजत जयन्ती मनाउने तयारी स्वरुप अतिरिक्त क्रियाकलाप अन्तगरगत चार वटा सदन बनाएर गरिएको खेलकुदमा रातो सदन प्रथम भएको छ ।

प्रिन्सिपल मानसिंह घर्तीका अनुसार, रातो सदनले २१ स्वर्ण, ११ रजत, १२ कास्यसहित ४४ पदकका साथ विजेता बन्न सफल भएको छ । यस्तै, निलोे सदन ८ स्वर्ण, १४ रजत, १० कास्यसहित ३२ पदकका साथ दोश्रो भएको छ । हरियो सदन पनि ७ स्वर्ण, ८ रजत र ११ कास्यसहित २६ पदकका साथ तेश्रो भयो भने पहेँलो सदन ६ स्वर्ण, ९ रजत र ११ कास्यसहित २६ पदकका साथ चौथो भएको छ ।

अन्तर सदनात्मक एथ्लेटिक्स खेलको समापन तथा पुरस्कार वितरण गोर्खा ग्रुप तथा गोरखा स्कुल घोराहीका संस्थापक अध्यक्ष मानबहादुर बुढाको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी एसपी बीरबहादुर वलीको प्रमुख आतिथ्यतामा भएको हो । विद्यार्थीहरुले शैक्षिक कृयाकलापसँगै अतिरिक्त कृयाकलापले आफुहरुको शिक्षण सिकाईमा निकै लाभ मिल्ने बताउनुभएको थियो ।


त्यसअवसरमा, गोर्खा ग्रुपका संस्थापक उपाध्यक्ष विष्णुप्रसाद बुढा, संस्थापक संचालक बालाकृष्ण रोका, जंगबहादुर पुन, संस्थापक प्रिन्सिपल लोकबहादुर थापा, गोर्खा ग्रुपका सिईओ नवलसिंह जिएम, एकेडेमीक निर्देशक दुर्गाबहादुर केसीलगायतको उपस्थिती रहेको थियो । घोराहीमा रहेको गोरखा माविमा २ हजार ८ सय ५९ विद्यार्थी अध्ययनरत छन् ।

विद्यालयका प्रिन्सिपल मानसिंह घर्तीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक थम्मन बस्नेत, शोभाकर पन्थीले गर्नुभएको थियो । अब पुस १६ गते शनिबार बिहान ८ बजेपछि रजत जयन्तीका अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको प्रिन्सिपल घर्तीले बताउनुभयो ।

घोराहीसँगै हाल जिल्लाको तुलसीपुर, लमही, लालमटियामा पनि शाखा स्थापना गरी शैक्षिक गतिविधि संचालन गर्दै आएको गोरखा ग्रुपले घोराहीमा यही पुस १७ गते भव्य समारोहका बीच २५ औँ वार्षिकोत्सव एवम् रजत जयन्ती मनाउने तयारी भएको विद्यालयका प्रिन्सिपल मानसिंह घर्तीले जानकारी दिनुभयो ।

उता, लमहीमा रहेको गोरखा मोडेल सेकेन्डरी स्कुलमा पनि यही पुस १६ गते खेलकुद कार्यक्रम समापनसँगै प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कृत गरिने भएको छ भने विद्यालयको वार्षिकोत्सव १९ गते गरिने विद्यालयले जनाएको छ ।

उता, लालमटियामा रहेको विद्यालयले भने पुस २० गते एथ्लेटिक्सको फाईनल खेलसँगै पुरस्कार वितरण गरिने भएको छ । वार्षिकोत्सवका अवसरमा विद्यार्थीहरुले तयार पारेका विभिन्न रचनात्मक तथा नवप्रवर्तनात्मक सामग्री प्रदर्शनीका रुपमा देखाईने भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।