२७ भाद्र २०८३, शनिबार
12-09-2026 , Sat
×

सशस्त्र प्रहरी बीओपीको भवन उद्घाटन

Logo
प्रकाशित आइतबार, पुष १७, २०७९

सप्तरीको बलानबिहुल गाउँपालिका–४ स्थित बेल्हीमा सशस्त्र प्रहरी नेपालको नवनिर्मित भवन उद्घाटन गरिएको छ ।

सीमावर्ती इलाकामा हुनसक्ने अपराध, सीमा अतिक्रमण, स्तम्भको सुरक्षा, अनुगमन र सीमा क्षेत्रमा बसोबास गर्ने जनताको शान्ति सुरक्षाको भरपर्दो व्यवस्था गर्ने नीतिअनुरुप बिओपी स्थापना गरिएको हो ।

भवन उद्घाटन समहारोमा प्रमुख अतिथि मधेस प्रदेश छिन्नमस्ता बाहिनी बर्दिबासका प्रहरी नायब महानिरीक्षक गणेशबहादुर ठाडामगरले शिलालेख अनावरण गरी नवनिर्मित भवनको उद्घाटन गरेका हुन्। समाजसँग सहकार्य गरेर काम गर्न निर्देशन दिँदै समाजलाई कानूनी प्रक्रियाबारेमा जानकारी गराई काम गर्दा विवाद कम हुने उनको भनाइ छ ।

कार्यक्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, सेनानी दुर्गा थापा, अनुसन्धान अधिकृत निशा झा, जिल्ला जनस्वास्थ्य प्रमुख दुनियालाल यादव, सप्तरी प्रहरी उपरीक्षक अविनारायण काफ्ले, नेपाल पत्रकार महासङ्घ शाखा सप्तरी अध्यक्ष श्रवण देव, बलानबिहुल गाउँपालिका अध्यक्ष खेमचन्द्र यादव, पूर्वअध्यक्ष दयानन्द गोइतलगायतको सहभागिता थियो ।

वि.सं. २०७७ चैत २३ मा स्थानीय सरकारले जग्गा उपल्बध गराएपछि आर्थिक वर्ष २०७७/७८ मा नेपाल सरकारबाट विनियोजित ९२ लाख ६८ हजार नौ सय २२ रुपैयाँ लागतमा कार्यालय निर्माण गरिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मुग्लिन । नारायणगढ सडकखण्ड अन्तर्गत रिग्दी खोला र सिमलतालबीचको सडकमा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ। सडकखण्डको चेनज २५ं+१०० मा पहिरो खसेपछि दुवैतर्फबाट हुने सवारी आवागमन रोकिएको हो । पहिरो हटाउन सडक विभागले तैनाथ अवस्थामा राखेको मेसिन तत्काल परिचालन गरिएको जनाएको छ । सम्बन्धित निकायका अनुसार पहिरो पन्छाउने काम तीव्र रूपमा भइरहेको छ । […]

दाङ । दाङमा पछिल्लो समय देखिएको खाना पकाउने ग्यासको आपूर्ति अवस्थालाई थप सहज बनाउन भेरी ग्यास उद्योग नेपालगञ्जबाट ग्यासको मात्रा बढाएर पठाउन अनुरोध गरिएको छ। घोराही बनाउँ अभियानका संयोजक तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले भेरी ग्यास उद्योग नेपालगञ्जका प्रबन्धक आर. एस. यादवसँग भेटघाट गर्दै घोराहीका उपभोक्ताको मागअनुसार थप ग्यास पठाउन आग्रह गर्नुभएको […]

दाङ । अम्बकेश्वरी क्याम्पस र एसियन स्कुल दाङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा रु. २ लाख ७१ हजार ५ सय ८३ सहयोग गरेका छन्। अम्बकेश्वरी क्याम्पसले रु. १ लाख ३५ हजार ८ सय ५० तथा एसियन स्कुल दाङले रु. १ लाख ३५ हजार ७ सय ३३ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन्। दुवै […]