३० बैशाख २०८३, बुधबार
13-05-2026 , Wed
×

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानलाई डिआइजीको चुनौती

Logo
प्रकाशित बुधबार, पुष २०, २०७९

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानले गत बुधबार एक निर्देशन जारी गर्दै प्रहरीले अफिसियल कामको शिलशिलामा बाहेक नेता भेट्न पूर्वस्वीकृती लिनुपर्ने नियम लागू गरे । कसैले त्यसविपरीत भेटेको पाइएमा उनीहरुमाथि कारबाही गर्ने चेतावनी समेत दिए ।

तर, उनको निर्देशनलाई खुला चुनौती दिदै प्रहरी अधिकारीहरु नेताको घरमा धाइरहेका छन् । सरुवा बढुवाका लागि प्रहरी अधिकारीहरु नेता भेटेर चाडकीमा लागेका छन् । तर, कसैलाई पनि कारबाही हुन सकेको छैन ।

प्रहरी प्रधान कार्यालयमै कार्यरत डिआइजी फुलको गुच्छा लिएर एक सांसदलाई बधाई दिन गएको फोटो सार्वजनिक भएको छ । डिआइजी भिम ढकाल यसरी सांसद एकनाथ ढकालको चाकडीमा पुगेका हुन् । विवादापस्पद पृष्ठभुमीका नेता ढकाल एमालेबाट समानुपातिकतर्फबाट सांसद बनेका हुन् । उनै नेता ढकालले आफुलाई बधाई दिन आएकोमा डिआइजीलाई फेसबुकमार्फत धन्यवाद दिएका छन् । यसरी प्रहरीले गृहमन्त्री बाहेक कुनै नेतालाई आधिकारीक रुपमा बधाई दिन पाउने व्यवस्था छैन । तर, ढकालले भने गृहको निर्देशन लत्याउदै नेताको चाकडीमा लागेका छन् । अन्य प्रहरी अधिकारीहरुले पनि गोप्य रुपमा बढुवाका लागि नेतालाई भेटिरहेको स्रोत बताउँछ ।रास्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । *घटना विवरण:* लुम्बिनी प्रदेश प्रहरी कार्यालयको ब्युरो टोली र लागूऔषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय नेपालगन्जको संयुक्त अपरेशनमा बर्दिया जिल्ला गुलरिया नगरपालिका-७ स्थित बाबा पेट्रोल पम्प नजिकबाट *अन्दाजी २८० ग्राम खैरो हिरोइन* बरामद भएको हो। *पक्राउ परेका व्यक्ति:* 1. *तेजेन्द्र कुमार*, वर्ष ३५ 2. *विजय सिंह*, वर्ष २६ *कसरी समातिए:* विशेष सूचनाको आधारमा खटिएको […]

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको निर्देशनमा ट्राफिक प्रहरी कर्मचारीहरूका लागि *‘डिफेन्सिभ ड्राइभिङ’ तालिम* सम्पन्न भएको छ। *तालिमको उद्देश्य:* ‘प्रहरी कर्मचारी संलग्न सवारी दुर्घटना न्यूनीकरण’ गर्ने मुख्य लक्ष्यसहित जिल्ला ट्राफिक कार्यालय तथा मातहतका पोष्टमा कार्यरत ट्राफिक प्रहरीलाई यो तालिम दिइएको हो। *के सिकाइयो:* 1. *रक्षात्मक ड्राइभिङ*: अरूको गल्तीबाट आफूलाई कसरी जोगाउने, जोखिम पूर्वानुमान गर्ने […]

बाँके । नेपाल-भारत मुख्य नाका जमुनाहमा केही दिनअघि चेकजाँचका क्रममा सशस्त्र प्रहरीका पुरुष जवान र स्थानीय महिलाबीच हातपात भएपछि सशस्त्र प्रहरी बल नं. ३० गण बागेश्वरीले नाकामा *महिला सशस्त्र प्रहरी* खटाएको छ। *के भएको थियो:* 1. *घटनाको पृष्ठभूमि*: जमुनाह नाकाबाट दैनिक घरायसी सामान लिएर ओहोरदोहोर गर्ने महिलाहरूको संख्या ठूलो छ। पुरुष सुरक्षाकर्मीले महिलाको झोला/शरीर जाँच […]

error: Content is protected !!