२८ साउन २०८२, बुधबार
13-08-2025 , Wed
×

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानलाई डिआइजीको चुनौती

Logo
प्रकाशित बुधबार, पुष २०, २०७९

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानले गत बुधबार एक निर्देशन जारी गर्दै प्रहरीले अफिसियल कामको शिलशिलामा बाहेक नेता भेट्न पूर्वस्वीकृती लिनुपर्ने नियम लागू गरे । कसैले त्यसविपरीत भेटेको पाइएमा उनीहरुमाथि कारबाही गर्ने चेतावनी समेत दिए ।

तर, उनको निर्देशनलाई खुला चुनौती दिदै प्रहरी अधिकारीहरु नेताको घरमा धाइरहेका छन् । सरुवा बढुवाका लागि प्रहरी अधिकारीहरु नेता भेटेर चाडकीमा लागेका छन् । तर, कसैलाई पनि कारबाही हुन सकेको छैन ।

प्रहरी प्रधान कार्यालयमै कार्यरत डिआइजी फुलको गुच्छा लिएर एक सांसदलाई बधाई दिन गएको फोटो सार्वजनिक भएको छ । डिआइजी भिम ढकाल यसरी सांसद एकनाथ ढकालको चाकडीमा पुगेका हुन् । विवादापस्पद पृष्ठभुमीका नेता ढकाल एमालेबाट समानुपातिकतर्फबाट सांसद बनेका हुन् । उनै नेता ढकालले आफुलाई बधाई दिन आएकोमा डिआइजीलाई फेसबुकमार्फत धन्यवाद दिएका छन् । यसरी प्रहरीले गृहमन्त्री बाहेक कुनै नेतालाई आधिकारीक रुपमा बधाई दिन पाउने व्यवस्था छैन । तर, ढकालले भने गृहको निर्देशन लत्याउदै नेताको चाकडीमा लागेका छन् । अन्य प्रहरी अधिकारीहरुले पनि गोप्य रुपमा बढुवाका लागि नेतालाई भेटिरहेको स्रोत बताउँछ ।रास्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवनमा नापी कार्यालयका प्रमुख लम्साललाई नेकपा बहुमतका कार्यकर्ताले दले कालो मोसो चितवन । खैरहनी नगरपालिकाभित्र रहेको नापी कार्यालयका प्रमुख शालिकराम लम्साललाई नेकपा (बहुमत) खैरहनीले कार्यकक्षमै कालो मेसो लगाएर कारवाही गरेको छ । उनले सेवाग्राहीबाट घुस असुल्ने गरेको, माफियाहरुलाई सहयोग गरेको लगायतका आरोप लगाएको छ ।

नेपाल प्रहरीका ९ जना एसपीको सरुवा काठमाडौं । प्रहरी प्रधान कार्यालयले मंगलबार उनीहरुको सरुवा गरेको हो । तलब भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी उनीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

नेपाल प्रहरीको १३ जना डिएसपीको पदस्थापन काठमाडौं । मंगलबार प्रहरी महानिरीक्षकको निर्णयाअनुसार हालै बढुवा भएका उनीहरुको पदस्थापन गरिएको हो । साउन २१ गतेबाट लागू हुने गरी डीएसपीहरुलाई प्रचलित नियमानुसार तलब, भत्ता खान पाउने गरी पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

error: Content is protected !!