०८ कार्तिक २०८३, शनिबार
24-10-2026 , Sat
×

कपिलवस्तु प्रहरीले बिजयनगरमा १ लाख बराबरको काठ पक्राउ

Logo
प्रकाशित आइतबार, पुष २४, २०७९

ABC (क्राईमबिट) कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलबस्तु प्रहरीले बिजयनगर गा.पा. ५ डालपुर स्थित भारतबाट नेपाल तर्फ अबैध रुपमा चोरी निकासी गरी ६ जना मानिसले ६ वटा साईकलमा सिसौ जातको काठ ल्याउदै गरेको अवस्थामा प्रहरी चौकी ठाकुरापुर कपिलवस्तुबाट खटि गएको प्रहरी टोली र बि.ओ.पि.डालपुरबाट खटिएको शसस्त्र प्रहरी बलको सयुंक्त गस्ती टोलीलाई देखि उक्त साईकलमा राखेको काठ छाडी मानिसहरु साईकल लिई भारत तर्फ गएकोमा बारामद भएको ६ गोलिया (२८.७० क्यु.फिट) अन्दाजी रु. १ लाख बराबरको काठलाई आवशयक कारवाहीको लागि सब डिभिजन वन कार्यालय उज्जवलपुर पठाईएको कपिलवस्तु प्रहरी प्रमुख एसपी प्रेम बस्नेतले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चन र पन्जाबी गायक दिलजित दोसाँझलाई शुक्रबार ज्यान मार्ने धम्की आएको छ। यो धम्कीको इमेल मुम्बईका मेयर रितु तावडेलाई पठाइएको छ। जसमा अमिताभ बच्चनको बंगला ‘जलसा’मा बम विस्फोट गराउने चेतावनी दिइएको भारतीय अनलाइन दैनिक भास्करले जनाएको छ। इमेलमा अक्टोबर ३१ देखि नोभेम्बर २७ सम्म जुनसुकै बेला पनि बंगलालाई निसाना […]

  पाल्पा ।नेपालको ताजमहल भनेर चिनिने पाल्पाको ऐतिहासिक रानीमहल पछिल्लो समय चर्चामा छ। संग्रहालयमा परिणत:* तानसेन नगरपालिकाले रानीमहल दरबारलाई संग्रहालयको रूपमा विकसित गरेको छ। खड्ग शम्शेरले प्रयोग गरेका भाँडा, मूर्ति, शंख, शालिग्राम लगायत १६६ थान पुरातात्विक सामग्री फिर्ता ल्याएर राखिएको छ। नगरपालिकाले सरसफाइ, खानेपानी, विद्युत, CCTV लगायतको व्यवस्थापन गरेको छ। *२. पर्यटकका लागि रिसोर्ट:* रानीमहल […]

काठमाडौं । बडादसैँ २०८३ को अवसरमा सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले बहालवाला तथा अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारी र उनीहरूका परिवारजनलाई विजयादशमीको टीका, जमरा तथा प्रसाद प्रदान गरेका छन्। शुक्रबार स्वयम्भूस्थित ‘शरद भवन’ मा आयोजित कार्यक्रममा महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका परिवारजनलाई दसैँको टीका लगाइदिँदै पर्वको शुभकामना व्यक्त गरेका हुन्। सो अवसरमा […]