१६ साउन २०८२, शुक्रबार
01-08-2025 , Fri
×

लुम्बिनी प्रदेश सरकारले माघ २ गते सार्वजनिक बिदा

Logo
प्रकाशित शुक्रबार, पुष २९, २०७९

लुम्बिनी प्रदेश सरकारले माघी महोत्सव मनाउने भएको छ।

यही माघ २ गते राप्ती उपत्यकास्थित मुख्यमन्त्री निवास परिसरमा माघी महोत्सव मनाउने निर्णय गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।

यसअघिका प्रदेश सरकारहरूले घोषणा गरेअनुसार वर्तमान सरकारले पनि माघी महोत्सव मनाउने निर्णय गर्दै माघ २ गते सार्वजनिक बिदा समेत दिएको छ।

शुक्रबार मुख्यमन्त्री लिला गिरीको अध्यक्षतामा बसेको बैठकमा माघे संक्रान्ती/माघी पर्वका अवसरमा आयोजना हुने माघी मिलन कार्यक्रमलाई विशेष र व्यवस्थित बनाउन सम्बन्धित मन्त्रालयका सचिवहरूलाई जिम्मेवारी समेत दिइएको छ।

प्रदेश सरकारका मन्त्रीहरू चेतनारायण आचार्य र कृष्णा केसी समेत सहभागी रहेको उक्त बैठकमा माघी महोत्सवका अवसरमा सांस्कृतिक झाँकी प्रदर्शन गर्ने, उत्कृष्ट झाँकीहरूलाई पुरस्कृत समेत गरिने आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका सचिव कोमलप्रसाद धमलाले जानकारी दिए।

सचिव धमलाका अनुसार माघी महोत्सवका अवसरमा स्थानीय तहसँगको समन्वयमा २ वटा थारु झाँकी, २ वटा मगर झाँकी र १/१ वटा गुरूङ र नेवार झाँकी समेत प्रदर्शन गरिनेप्रति झाँकी २० हजार रुपैयाँ यातायात खर्चबापत उपलब्ध गराउने निर्णय भएको छ।

बैठकमा प्रदेशका प्रमुख सचिव डा.दिपक काफ्ले तथा विभिन्न मन्त्रालयका सचिवहरूले मातहतका मन्त्रालयको अवस्थाका बारेमा मुख्यमन्त्री गिरीलाई जानकारी गराएका थिए।

मुख्यमन्त्री गिरीले मन्त्रालय र मातहतका कार्यालयहरूबाट हुने सेवाप्रवाहलाई चुस्त, दुरूस्त र पारदर्शी बनाउन सचिवहरूलाई निर्देशन दिए।

यस्तै, प्रदेश सरकारले माघ गते योग दिवस र २ गते भूकम्प सुरक्षा दिवस समेत मनाउने निर्णय गरेको छ।

माघ १ गते वैकल्पिक चिकित्सा लगायतको प्रवर्द्धनका लागि योग दिवस र माघ २ गते भूकम्प सुरक्षा दिवस समेत मनाउने गरी तयारी भइरहेको प्रदेश सरकारका प्रवक्ता चेतनारायण आचार्यले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ मूल्य घटेको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढेको छ इन्डियन आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची प्राप्त भएको भन्दै पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य समायोजन गरिएको निगमले जनाएको छ । आज राती १२ बजेदेखि नयाँ मूल्य अनुसार पेट्रोलियम पदार्थको कारोबार हुनेछ।

  काठमाडौं । प्रहरीले गोकर्णेश्वर नगरपालिका–२ नाम्यागल रोडमा लागूऔषध ६०० ट्याब्लेट नाइट्राभेट बोकेर हिँडिरहेको अवस्थामा पाँच जना र काठमाडौं महानगरपालिका–२६ सामामुखीबाट खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको हो। प्रहरीले लागूऔषध ओसारपसारमा संलग्नलाई आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा कालिकोटका २५ वर्षीय सरोज शाही, सिन्धुपाल्चोकका २४ वर्षीय सूर्य लामा, काभ्रेपलाञ्चोकका ३३ वर्षीय विमल मगर, कास्कीका […]

बाँके । नेपालगन्जको नेपाल भारत सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि तथा तस्करी नियन्त्रण गर्न खटाइएका घुमुवाले आचरण विपरीत काम गर्न थालेपछि सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोक काठमाडौंले एबिसी संचारमा सशस्त्र प्रहरी बल बाँकेमा कार्यरत घुमुवा असई सोमराज शर्माको स्याउ तस्करसंग पैसाको बार्गेनिङ र पितल तस्कर तस्करसंग गरेको कुराकानी अडियो रेकर्ड प्रकाशित समाचारमा आएपछी घुमुवा […]

error: Content is protected !!