१० आषाढ २०८३, बुधबार
24-06-2026 , Wed
×

लुम्बिनी प्रदेश सरकारले माघ २ गते सार्वजनिक बिदा

Logo
प्रकाशित शुक्रबार, पुष २९, २०७९

लुम्बिनी प्रदेश सरकारले माघी महोत्सव मनाउने भएको छ।

यही माघ २ गते राप्ती उपत्यकास्थित मुख्यमन्त्री निवास परिसरमा माघी महोत्सव मनाउने निर्णय गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।

यसअघिका प्रदेश सरकारहरूले घोषणा गरेअनुसार वर्तमान सरकारले पनि माघी महोत्सव मनाउने निर्णय गर्दै माघ २ गते सार्वजनिक बिदा समेत दिएको छ।

शुक्रबार मुख्यमन्त्री लिला गिरीको अध्यक्षतामा बसेको बैठकमा माघे संक्रान्ती/माघी पर्वका अवसरमा आयोजना हुने माघी मिलन कार्यक्रमलाई विशेष र व्यवस्थित बनाउन सम्बन्धित मन्त्रालयका सचिवहरूलाई जिम्मेवारी समेत दिइएको छ।

प्रदेश सरकारका मन्त्रीहरू चेतनारायण आचार्य र कृष्णा केसी समेत सहभागी रहेको उक्त बैठकमा माघी महोत्सवका अवसरमा सांस्कृतिक झाँकी प्रदर्शन गर्ने, उत्कृष्ट झाँकीहरूलाई पुरस्कृत समेत गरिने आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका सचिव कोमलप्रसाद धमलाले जानकारी दिए।

सचिव धमलाका अनुसार माघी महोत्सवका अवसरमा स्थानीय तहसँगको समन्वयमा २ वटा थारु झाँकी, २ वटा मगर झाँकी र १/१ वटा गुरूङ र नेवार झाँकी समेत प्रदर्शन गरिनेप्रति झाँकी २० हजार रुपैयाँ यातायात खर्चबापत उपलब्ध गराउने निर्णय भएको छ।

बैठकमा प्रदेशका प्रमुख सचिव डा.दिपक काफ्ले तथा विभिन्न मन्त्रालयका सचिवहरूले मातहतका मन्त्रालयको अवस्थाका बारेमा मुख्यमन्त्री गिरीलाई जानकारी गराएका थिए।

मुख्यमन्त्री गिरीले मन्त्रालय र मातहतका कार्यालयहरूबाट हुने सेवाप्रवाहलाई चुस्त, दुरूस्त र पारदर्शी बनाउन सचिवहरूलाई निर्देशन दिए।

यस्तै, प्रदेश सरकारले माघ गते योग दिवस र २ गते भूकम्प सुरक्षा दिवस समेत मनाउने निर्णय गरेको छ।

माघ १ गते वैकल्पिक चिकित्सा लगायतको प्रवर्द्धनका लागि योग दिवस र माघ २ गते भूकम्प सुरक्षा दिवस समेत मनाउने गरी तयारी भइरहेको प्रदेश सरकारका प्रवक्ता चेतनारायण आचार्यले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कर्णाली प्रदेश । सुर्खेत हाम्रो समाज कता जाँदै छ त? ३ वटा संकेत देखिन्छन् दाइ/दिदी, माफी पाउँ” भनेर सकिने कुरा अहिले क्यामरा अगाडि, सामाजिक सञ्जालमा ल्याएर इगोको युद्ध हुन्छ। समन्वय र सद्भावको ठाउँमा “मैले जित्नुपर्छ” भन्ने भावना आयो। अहिले “जे पनि गरेर भाइरल हुनुपर्छ” भन्ने परिपाटी आयो। क्यामरामेन-महिला झगडा पनि भोलि रिल बन्छ। गम्भीर कुरा […]

कपिलवस्तु । कृष्णानगर-१, शिवानगरमा *श्री देवी विद्या पीठ मा.वि.का विद्यार्थीहरूले आज राजमार्ग बन्द गरेका छन्। स्कूलका विद्यार्थीहरु सडकमा ओर्लिने पछाडि सामान्यतया ३-४ वटा कारण हुन्छन्: शैक्षिक माग शिक्षक अभाव, पुराना भवन, प्रयोगशाला/कम्प्युटर ल्याब नहुनु, छात्रवृत्तिको समस्या राजमार्ग नजिकै स्कूल हुँदा जेब्रा क्रसिङ, स्पिड ब्रेकर, ट्राफिक प्रहरीको माग। बागबजारमा हामीले ट्राफिक सचेतनाको कुरा गर्यौं नि, विद्यार्थीको […]

काठमाडौं । जब कुनै व्यक्ति आफ्नै अस्तित्वलाई विस्मृत गर्दै संस्था वा विचारलाई जीवन समर्पित गर्छ, तब उसको जीवन व्यक्तिगत होइन, ऐतिहासिक हुन्छ। तर यदि त्यस्तो समर्पणको अन्त्यमा संगठन कमजोर, दिशाहीन र निष्क्रिय रहन्छ भने, त्यो केवल असफलता होइन एक दार्शनिक शून्यता हो। नेतृत्वको सार केवल पदमा होइन, परिणाममा निहित हुन्छ। यदि कुनै पार्टी वा संस्था, […]

error: Content is protected !!