०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

फोहोरको सम्झौता कार्यान्वयन नभएपछि आन्दोलन गर्ने बन्चरेडाँडाबासीको चेतावनी

Logo
प्रकाशित आइतबार, माघ ०८, २०७९

(ABC-Sanchar) काठमाडौँ । उपत्यकाको फोहोर व्यवस्थापन गर्ने क्षेत्र बन्चरेडाँडाका स्थानीयसँग भएको सम्झौता कार्यान्वयन नभएपछि स्थानीयवासी असन्तुष्ट बनेका छन् । साथै फोहोर व्यवस्थापनमा चरम लापरबाही भएको भन्दै उनीहरूले आन्दोलन गर्ने चेतावनी दिन थालेका छन् ।

प्रभावित क्षेत्र धादिङ धुनिबेँसी नगरपालिकाका अनुसार अहिले पनि प्रहरीले खटाएर जबरजस्ती फोहोर फ्याँक्ने काम भइरहेको छ । मेयर बालकृष्ण आचार्यका अनुसार अहिले पनि प्रहरीले बल प्रयोग गरेरै फोहोर फाल्ने काम भइरहेको छ । काठमाडौँ महानगरपालिका र सहरी विकास मन्त्रालयसँग स्थानीयले पटकपटक सम्झौता गर्दै आएपनि उनीहरूका माग सम्बोधन हुन सकेका छैनन् ।

गत जेठमा फोहोर व्यवस्थापनको विवाद उत्कर्षमा पुगेको थियो । त्यतिबेला बन्चरेडाँडामा स्थानीय र प्रहरीबीच दैनिकजसो झडप हुने गरेको थियो ।

काठमाडौँका सडकभरि फोहोर थुप्रिन थालेपछि मात्रै महानगरपालिकाको ध्यानाकर्षण हुने गरेको स्थानीयको गुनासो छ । महानगर र मन्त्रालयसँग विभिन्न समयमा भएका सम्झौताहरू कार्यान्वयन नभइरहेकाले आफूहरू फेरि सशक्त आन्दोलनमा उत्रिन बाध्य हुने स्थानीयको चेतावनी छ ।

स्थानीयले बन्चरेडाँडाका बस्तीहरूलाई ३–४ हजार मिटर पर सार्नुपर्ने, फोहोरलाई कुहिने र नकुहिने छुट्याएर मल कारखाना सुरुवात गर्नुपर्ने, गुठीको जग्गा ९० प्रतिशत उपभोग गर्न पाउनुपर्ने लगायतमा मागहरू राख्दै आएका छन् ।

मन्त्रालयले स्थानीयसँग प्रभावित क्षेत्रका पाँचवटा क्षेत्रका लागि आर्थिक वर्ष २०७९/०८० मा ४२ करोड ५० लाख रुपैयाँ, नदी नियन्त्रण, सामुदायिक भवन र मन्दिर निर्माण तथा वृक्षारोपण कार्यका लागि एक करोड ७० लाख रुपैयाँ विनियोजन गर्ने सहमति गरेको थियो । साथै जग्गा अधिग्रहण गर्न वातावरणीय प्रभाव मूल्याङ्कनको प्रतिवेदन प्राप्त भएपछि प्रक्रिया थाल्ने, १० बेडको अस्पताल सञ्चालन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई अनुरोध गर्ने, ६ महिनाभित्र सिसडोलको पोस्ट क्लोजरको प्रक्रिया सुरु गर्ने सहमति मन्त्रालयले गरेको थियो ।

त्यस्तै, महानगरले त्यतिबेलै एक हप्ताभित्र धुनिबेँसी नगरको वडा नम्बर १, ३ र ४ तथा ककनी गाउँपालिकाको वडा नम्बर १, २ र ३ प्रभावित क्षेत्रका स्थानीयको स्वास्थ्य बिमा गर्ने सहमति गरेको थियो ।

तर, सम्झौता भएअनुसार बजेट असारमै विनियोजन हुनुपर्नेमा अहिलेसम्म पनि नभएको धुनिबेँसी नगरपालिकाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । सीमा क्षेत्रमा चेकजाँचका क्रममा *भारतीय नम्बर प्लेट DL4CNE9412 को टोयटा कार*बाट बोतल मदिरा* बरामद गरिएको छ। *घटना विवरण:* गोप्य सूचना र नियमित चेकजाँचका क्रममा सुरक्षाकर्मीले उक्त गाडीलाई रोकेर जाँच गर्दा अवैध रूपमा भन्सार छली ल्याइएको मदिरा फेला पारेका हुन्। गाडी र मदिरा दुवैलाई नियन्त्रणमा लिइएको छ। *कारबाही:* बरामद मदिरा र गाडीलाई थप अनुसन्धान […]

दाङ । दङ्गीशरण गाउँपालिका वडा नम्बर ,१ रामपुरका पाँच जना युवाहरू मिलेर सामुहिक रूपमा तरबुजा खेती गर्नु भएको छ।दङ्गीशरण गाउँपालिका वडा नम्बर ,१ को बबई नदीको छेउमा कृषक कृष्ण चौधरी लगायत पाँच जना तरबुजाखेतीमा संलङ्ग हुनुहुन्छ।विगतमा बालुवा बालुवाले नै उराठिलो रहेको बगर अहिले हरियालीमा परिणत भएको छ । बगरमा सोचेभन्दा राम्रो तरबुजा उत्पादन भएपछि आफूहरू […]

दाङ : नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सबिन प्रियासनले हरेक क्षेत्रलाई सफल नेतृत्व गर्ने जनशक्ति शिक्षाले उत्पादन गर्नुपर्ने बताउनुभएको छ। घोराही १७ गुलरियास्थित मदन भण्डारी मेमोरियल स्कुलले आयोजना गरेको कार्यक्रमलाई उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो । ३३ औँ मदन स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै […]

error: Content is protected !!