३० बैशाख २०८३, बुधबार
13-05-2026 , Wed
×

नेपाल प्रहरी र सशस्त्र प्रहरीको रिक्त डिआईजी र एआईजी बढुवाको गृहकार्य सुरु

Logo
प्रकाशित मंगलबार, माघ २४, २०७९

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका रिक्त रहेका उच्च पदमा बढुवाको गृहकार्य सुरु भएको छ । नेपाल प्रहरीमा एआइजी तथा सशस्त्र प्रहरीमा डिआइजीका पद महिनौंदेखि रिक्त छन् ।

फागुनको अन्तिममा मात्र बढुवा गर्ने भन्दै डिआइजीहरूलाई प्रदेशमा खटाइएपनि अहिले फेरि बढुवाको तयारी सुरु भएको गृह मन्त्रालय स्रोतले बताएको छ । डिआइजीबाट सिधैं आइजिपीमा बढुवा गर्दा समस्या हुनसक्ने भएकाले गृह मन्त्रालयसमेत सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बढुवाको तयारी थाल्न निर्देशन दिएको स्रोत बताउँछ । जसअनुसार फागुनको दोस्रो साता एआइजी बढुवा हुने सम्भावना छ । फागुन दोस्रो साता एआइजी पूजा सिंहले अवकाश पाउने भएकाले एआइजीका पाँच दरबन्दी रिक्त हुनेछन् । जसमा २० डिआइजबीच प्रतिस्पर्धा छ । आइजिपीकै ब्याचका तीनजना भने बढुवामा पर्ने सम्भावना नरहेको स्रोत बताउँछ ।

अर्काेतर्फ, नयाँ प्रहरी ऐन अघि बढाउने तयारीबारे पनि छलफल अघि बढेको गृह स्रोतले बताएको छ । ३० वर्षे सेवाहदले समस्या ल्याएपछि त्यो प्रावधान हटाउन प्रधानमन्त्री प्रचण्डले छलफल थालेको स्रोत बताउँछ ।

त्यस्तै, सशस्त्र प्रहरीमा पनि रोकिएको डिआइजी बढुवा अघि बढेको छ । गत १९ माघमा बढुवा समितिका सदस्यसचिव एआइजी नारायणदत्त पौडेलले बढुवाको फर्म भर्न सात दिनको म्याद दिएर सूचना निकालेका छन् ।

सशस्त्रमा डिआइजीका ४ पदमा ९ एसएसपीबीच प्रतिस्पर्धा छ । नेपाल प्रहरीबाट स्थानन्तरण भएका कृष्णराज पाठक सबैभन्दा सिनियर छन् । प्रहरीको प्राविधिक सइबाट सशस्त्रमा स्थानन्तरण भएका उनी कार्यक्षमतामा भने कमजोर मानिन्छन् ।

सशस्त्रमा सिं सं १ को टोली पहिलोपटक डिआइजी पदमा पुग्दैछन् । सो टोलीका नौ जना एसएसपी छन् । जसमध्ये एसएसपी प्रकाश थापाले स्टाफ कलेज नगरेकाले उनी बढुवाको प्रतिस्र्धाबाट स्वतः बाहिरिएका छन् । एसएसपीहरु दीपेन्द्र शाह, सुरेश कुमार श्रेष्ठ, पुरुषोत्तम थापा, अञ्जनी कुमार पोखरेल, दिपक अधिकारी, कृष्ण ढकाल, मनिष थापा र बिनोदराज श्रेष्ठमध्येबाट बढुवा हुनेछन् । यही ब्याचबाट सशस्त्रमा महानिरीक्षक समेत बन्ने भएकाले बढुवा चर्काे प्रतिस्पर्धा छ ।

यसअघि सि.स २ का एसएसपी दीपेन्द्र कुँवरले समेत चलखेल गर्दा सशस्त्रका आइजिपी राजु अर्यालले बढुवा रोकेका थिए । शेरबहादुर देउवा सत्ताबाट हटेसँगै कुँवरको चलखेल पनि रोकिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । *घटना विवरण:* लुम्बिनी प्रदेश प्रहरी कार्यालयको ब्युरो टोली र लागूऔषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय नेपालगन्जको संयुक्त अपरेशनमा बर्दिया जिल्ला गुलरिया नगरपालिका-७ स्थित बाबा पेट्रोल पम्प नजिकबाट *अन्दाजी २८० ग्राम खैरो हिरोइन* बरामद भएको हो। *पक्राउ परेका व्यक्ति:* 1. *तेजेन्द्र कुमार*, वर्ष ३५ 2. *विजय सिंह*, वर्ष २६ *कसरी समातिए:* विशेष सूचनाको आधारमा खटिएको […]

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको निर्देशनमा ट्राफिक प्रहरी कर्मचारीहरूका लागि *‘डिफेन्सिभ ड्राइभिङ’ तालिम* सम्पन्न भएको छ। *तालिमको उद्देश्य:* ‘प्रहरी कर्मचारी संलग्न सवारी दुर्घटना न्यूनीकरण’ गर्ने मुख्य लक्ष्यसहित जिल्ला ट्राफिक कार्यालय तथा मातहतका पोष्टमा कार्यरत ट्राफिक प्रहरीलाई यो तालिम दिइएको हो। *के सिकाइयो:* 1. *रक्षात्मक ड्राइभिङ*: अरूको गल्तीबाट आफूलाई कसरी जोगाउने, जोखिम पूर्वानुमान गर्ने […]

बाँके । नेपाल-भारत मुख्य नाका जमुनाहमा केही दिनअघि चेकजाँचका क्रममा सशस्त्र प्रहरीका पुरुष जवान र स्थानीय महिलाबीच हातपात भएपछि सशस्त्र प्रहरी बल नं. ३० गण बागेश्वरीले नाकामा *महिला सशस्त्र प्रहरी* खटाएको छ। *के भएको थियो:* 1. *घटनाको पृष्ठभूमि*: जमुनाह नाकाबाट दैनिक घरायसी सामान लिएर ओहोरदोहोर गर्ने महिलाहरूको संख्या ठूलो छ। पुरुष सुरक्षाकर्मीले महिलाको झोला/शरीर जाँच […]

error: Content is protected !!