१३ साउन २०८२, मंगलबार
29-07-2025 , Tue
×

नेपाल प्रहरी र सशस्त्र प्रहरीको रिक्त डिआईजी र एआईजी बढुवाको गृहकार्य सुरु

Logo
प्रकाशित मंगलबार, माघ २४, २०७९

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका रिक्त रहेका उच्च पदमा बढुवाको गृहकार्य सुरु भएको छ । नेपाल प्रहरीमा एआइजी तथा सशस्त्र प्रहरीमा डिआइजीका पद महिनौंदेखि रिक्त छन् ।

फागुनको अन्तिममा मात्र बढुवा गर्ने भन्दै डिआइजीहरूलाई प्रदेशमा खटाइएपनि अहिले फेरि बढुवाको तयारी सुरु भएको गृह मन्त्रालय स्रोतले बताएको छ । डिआइजीबाट सिधैं आइजिपीमा बढुवा गर्दा समस्या हुनसक्ने भएकाले गृह मन्त्रालयसमेत सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बढुवाको तयारी थाल्न निर्देशन दिएको स्रोत बताउँछ । जसअनुसार फागुनको दोस्रो साता एआइजी बढुवा हुने सम्भावना छ । फागुन दोस्रो साता एआइजी पूजा सिंहले अवकाश पाउने भएकाले एआइजीका पाँच दरबन्दी रिक्त हुनेछन् । जसमा २० डिआइजबीच प्रतिस्पर्धा छ । आइजिपीकै ब्याचका तीनजना भने बढुवामा पर्ने सम्भावना नरहेको स्रोत बताउँछ ।

अर्काेतर्फ, नयाँ प्रहरी ऐन अघि बढाउने तयारीबारे पनि छलफल अघि बढेको गृह स्रोतले बताएको छ । ३० वर्षे सेवाहदले समस्या ल्याएपछि त्यो प्रावधान हटाउन प्रधानमन्त्री प्रचण्डले छलफल थालेको स्रोत बताउँछ ।

त्यस्तै, सशस्त्र प्रहरीमा पनि रोकिएको डिआइजी बढुवा अघि बढेको छ । गत १९ माघमा बढुवा समितिका सदस्यसचिव एआइजी नारायणदत्त पौडेलले बढुवाको फर्म भर्न सात दिनको म्याद दिएर सूचना निकालेका छन् ।

सशस्त्रमा डिआइजीका ४ पदमा ९ एसएसपीबीच प्रतिस्पर्धा छ । नेपाल प्रहरीबाट स्थानन्तरण भएका कृष्णराज पाठक सबैभन्दा सिनियर छन् । प्रहरीको प्राविधिक सइबाट सशस्त्रमा स्थानन्तरण भएका उनी कार्यक्षमतामा भने कमजोर मानिन्छन् ।

सशस्त्रमा सिं सं १ को टोली पहिलोपटक डिआइजी पदमा पुग्दैछन् । सो टोलीका नौ जना एसएसपी छन् । जसमध्ये एसएसपी प्रकाश थापाले स्टाफ कलेज नगरेकाले उनी बढुवाको प्रतिस्र्धाबाट स्वतः बाहिरिएका छन् । एसएसपीहरु दीपेन्द्र शाह, सुरेश कुमार श्रेष्ठ, पुरुषोत्तम थापा, अञ्जनी कुमार पोखरेल, दिपक अधिकारी, कृष्ण ढकाल, मनिष थापा र बिनोदराज श्रेष्ठमध्येबाट बढुवा हुनेछन् । यही ब्याचबाट सशस्त्रमा महानिरीक्षक समेत बन्ने भएकाले बढुवा चर्काे प्रतिस्पर्धा छ ।

यसअघि सि.स २ का एसएसपी दीपेन्द्र कुँवरले समेत चलखेल गर्दा सशस्त्रका आइजिपी राजु अर्यालले बढुवा रोकेका थिए । शेरबहादुर देउवा सत्ताबाट हटेसँगै कुँवरको चलखेल पनि रोकिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मेष -शत्रु माथि विजय मिल्नेछ। तर घरमा विवादको सम्भावना छ — बोलीमा संयमता राख्नुहोस्। यात्रामा सावधानी अपनाउनु राम्रो। वृष -काममा प्रतिस्पर्धा बढ्न सक्छ तर तपाईंको दृढता प्रशंसनीय हुनेछ। स्वास्थ्यमा सुधार आउला। प्रेम वा सन्तानको विषयमा राम्रो संकेत छ । मिथुन -सन्तान वा घर परिवारको विषयमा गम्भीर निर्णय लिनुपर्ने समय हो। तर्क र भावना दुवै सन्तुलनमा […]

सुनसरी । इटहरीका एक युवकको धरानस्थित तीनकुने प्रहरी चौकीमा हिरासतमै भएको मृत्युलाई मृतकको परिवारले भने हत्या भएको दाबी गरेको छ । चेकजाँचको क्रममा प्रहरीको निर्घात कुटपिटबाट २० वर्षीय युवराज निरौलाको ज्यान गएको भन्दै परिवारले घटनाको निष्पक्ष छानबिन नभएसम्म शव नबुझ्ने अडान लिएको छ । सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले भने लागुऔषधको ओभर डोज […]

काठमाडौं । पक्राउ पर्नेमा दोलखाको सैलुङ गाउँपालिका-२ का २८ वर्षीय राजु लामा छन् । उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनले आफू काठमाडौँ महानगरपालिकाको फोहरमैलाको कर्मचारी भएको बताउँदै १३ लाख २५ हजार रुपैयाँ उठाएको पाइएको प्रहरीले बताएको छ । उनी नक्कली कर्मचारी रहेको खुलेको छ । उनीबाट विभिन्न रसिदहरू समेत […]

error: Content is protected !!