०२ भाद्र २०८२, सोमबार
18-08-2025 , Mon
×

डिआईजी बसन्त बहादुर कुँवरले मधेस प्रदेश तालिम केन्द्रको निरीक्षणमा

Logo
प्रकाशित शुक्रबार, माघ २७, २०७९

(सागर थापा)                                                        काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त बहादुर कुँवरले तालिम केन्द्रको निरीक्षण गर्नुभयो । निरीक्षण क्रममा आन्तरिक प्रशिक्षण कक्ष , पुस्तकालय, प्राथमिक उपचार कक्ष , व्यारेक , मेस तथा अन्य प्रशिक्षण गतिबिधिहरु समेत अवलोकन गर्नु भयो ।
प्रमुख अतिथि कुँवरले केन्द्रमा भएको स्रोत साधनको उच्चतम प्रयोग गर्दै भावि दिनहरुमा प्रशिक्षण कार्यलाई अझ बढी व्यावसायिक , समय सापेक्ष र प्रभावकारी बनाउन, चुस्त दुरुस्त रही आ-आफ्नो स्थानबाट अनुशासित भई उच्च मनोबलका साथ कर्तव्य पूरा गर्न निर्देशन दिनुभयो ।
उक्त कार्यक्रममा मधेस प्रदेश तालिम केन्द्रका प्रहरी प्रमुख वरिष्ठ एसएसपी ईश्वर कार्कीको प्रमुख अतिथिमा धन्यवाद ज्ञापन गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयको नेतृत्व सम्हालेपछि नीतिगत र कानुनी सुधारलाई प्राथमिकता दिँदै फैसला कार्यान्वयनलाई तीव्रता दिएका छन् । मुलुकभरका अदालत र अर्धन्यायिक निकायबाट कैद तथा जरिवाना सजाय पाएर फरार रहेका अभियुक्तहरुलाई पक्राउ गर्न मन्त्री लेखकले प्रहरीलाई निर्देशन दिँदै आएका छन् । सोही निर्देशनका कारण उनको कार्यकालको पहिलो वर्ष (आर्थिक वर्ष २०८१/८२) मा […]

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले गत साता बढुवा भएकाको पदस्थापनसँगै सरुवा पनि गर्न खोजेकोमा कुरा नमिलेपछि पदस्थापन गरी एक वर्ष अवधि पुगेका जिल्लाको मात्र हेरफेर गरेका थिए। अन्य जिल्लाका एसपीको पनि ११ महिना अवधि भइसकेको छ। जसअनुसार अवकाशअघि आईजीपी थापाले एक दर्जन जिल्लाका एसपीहरुको सरुवा तयारी थालेका छन्। तर, जिल्ला कमाण्डमा जाने आंकाक्षी […]

वीरगञ्ज महानगरले लगाएको कवाडी वन्यजन्तु करको ठेक्का,नियमविपरीत पैसा असुलीको आरोप पर्सा । पहिलो दिन नै विवादमा पर्यो वीरगञ्ज महानगरपालिकाले लगाएको कवाडी तथा वन्यजन्तु करको ठेक्का, नियमविपरीत पैसा असुलेको स्थानीय र सवारीचालकहरूको आरोप

error: Content is protected !!