१२ बैशाख २०८१, बुधबार
24-04-2024 , Wed
×

यूएईलाई हराउँदै नेपालले एकदिवसीय मान्यता जाेगायाे,

Logo
प्रकाशित आइतबार, फाल्गुण २८, २०७९

ABC ( Sanchar)                                               आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले यूएईलाई १ सय ७७ रनले हराएकाे छ ।

नेपालले दिएकाे २ सय ४९ रनकाे लक्ष्य पछ्याएकाे यूएई २२ ओभर ५ बलमा रन बनाउँदा ७१ रनमै अलआउट भयाे । यूएईका लागि आयन अफजल खानले सर्वाधिक २९ रन बनाए । बलिङतर्फ नेपालका ललित राजवंशीले ५ विकेट लिए । यस्तै सन्दीप लमिछानेले २ तथा साेमपाल कामी, गुलसन झा र दीपेन्द्रसिंह ऐरीले १/१ विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेकाे नेपाल ४९ ओभर २ बलमा २ सय ४८ रन बनाउँदा अलआउट भयाे । नेपालका लागि कप्तान राेहित पाैडेलले सर्वाधिक ७७ रन बनाए । यस्तै आरिफ शेखले ४३, गुलसन झाले ३७ र दीपेन्द्रसिंह ऐरीले ३४ रन बनाए । बलिङतर्फ यूएईका आयन अफजल खान, जहूर खान, राेहन मुस्तफा र जवार फरिदले २/२ विकेट लिए ।

याे जितसँगै नेपालले दुई खेलअघि नै एकदिवसीय मान्यता जाेगाएकाे छ । नेपाल ३४ खेलमा ३६ अङ्कसहित लिग–२ तालिकाकाे चाैथाै स्थानमा उक्लिएकाे छ । एकदिवसीय मान्यता कायम गर्न तालिकाकाे शीर्ष पाँचमा अट्नुपर्ने हुन्छ । नेपालसँगकाे हारसँगै यूएईकाे एकदिवसीय मान्यता खतरामा परेकाे छ । अब यूएईले एकदिवसीय मान्यता जाेगाउन बाँकी दुई खेलमा ठूलाे अन्तरले जित हात पार्नुपर्ने हुन्छ । ३४ खेलमा ३१ अङ्क भएकाे यूएई तालिकाकाे छैटाैँ स्थानमा छ । पाँचाैँ स्थानमा रहेकाे अमेरिकाकाे ३६ खेलमा ३५ अङ्क छ । नामिबिया ३६ खेलमा ३९ अङ्कसहित तालिकाकाे तेस्राे स्थानमा छ ।

याे जितसँगै नेपालले शीर्ष तीनमा रहँदै साेझै विश्व कप छनाेट खेल्ने सम्भावना कायमै राखेकाे छ । अब नेपालले लिग–२ काे अन्तिम शृङ्खलाकाे बाँकी दुइटै खेल जित्नुपर्ने हुन्छ । अब नेपालले भोलि साेमवार पीएनजीसँग र बिहीवार अन्तिम खेलमा यूएईसँग खेल्नेछ । लिग–२ बाट स्कटल्यान्ड ३६ खेलमा ५० अङ्क र ओमान ३६ खेलमा ४४ अङ्कसहित क्रमशः पहिलाे र दाेस्राे स्थानमा रहँदै साेझै विश्व कप खेल्नका लागि छनाेट भइसकेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) नेपालले एसिसी प्रिमियर कपको सेमिफाइनलमा युएईविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । ओमनस्थित अलअमरेत क्रिकेट ग्राउन्ड–१ मा युएईले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो । नेपाल समूह ए को विजेता र युएई समूह ‘बी’को उपविजेता हो । समूह चरणमा नेपालले चार वटै खेलमा जित हासिल गर्दा […]

(एबिसि संचार )                                                                काठमाडौँमा जारी एक दिवसीय क्रिकेटमा आज नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिच अन्तिम खेल हुँदै छ । खेल बिहान साढे ९ […]

(एबिसि संचार ) नेपाल ‘ए’ टिमले आयरल्याण्डविरूद्धको टी-२० सिरिज अन्तर्गत आज दोस्रो खेल खेल्दैछ । खेल त्रिवि मैदान कीर्तिपुरमा दिउँसो १ बजे सुरू हुनेछ । बिहीबार वर्षाका कारण खेल रद्द भएपछि नेपाल क्रिकेट संघ (क्यान)ले खेल तालिका परिमार्जन गरेको थियो । सो अनुसार शुक्रबार टी–२० सिरिजको पहिलो खेल भएको थियो । पहिलो खेलमा नेपाल ‘ए’ […]