२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

कोशी प्रदेशका मन्त्री भण्डारीको घरमा तोडफोड एमालेको आपत्ति

Logo
प्रकाशित बुधबार, चैत्र २९, २०७९


(ABC-Sanchar)
काठमाडौँ । कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीको काठमाडौँ पेप्सीकोलामा रहेको घरमा तोडफोड भएको छ । मन्त्री राजभण्डारीको घरमा बुधबार बिहान छापामार शैलीमा केही व्यक्तिहरु प्रवेश गरी तोडफोड गरेको भन्दै नेकपा एमाले सोलुखुम्बु जिल्ला कमिटीले खेद व्यक्त गरेको छ । नेकपा एमाले सोलुखुम्बुका अध्यक्ष डुफकुमार बास्तोलाले विज्ञप्ति जारी गर्दै कोशी प्रदेश नामाकरणको विषयलाई लिएर व्यक्तिको निजी सम्पत्तिमाथि गरिएको भौतिक आक्रमण अत्यन्त निन्दनीय र खेदजनक भएको बताएका छन् । कोशी प्रदेश नामकरणको विषय राजनीतिक विषय हो र राजनीतिक विषयलाई राजनीतिक रुपमै समाधान गरिनुपर्दछ । परिवार र समाजलाई डर, धाकधम्की देखाउँदै आतंकित पार्ने गरी गरिएको यसप्रकारको आपराधिक आक्रमणले बहुजातिय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक पहिचान झल्किने सामाजिक सदभाव सहित मिलेर बसेको हाम्रो समाजलाई विभाजित गर्ने र मुठभेड सम्मको स्थिति सिर्जना गर्न सक्दछ’, चेतावनी दिँदै उनले भनेका छन् । अध्यक्ष बास्तोलाले सस्तो लोकप्रियताको लोभमा गरिएका यस्ता प्रायोजित प्रोपोगाण्डाहरु बन्द गरी समस्या समाधानको बाटोमा लाग्न आग्रह गर्दै तोडफोडमा संलग्नहरुलाई कारवाहीका लागि सरकारसँग अनुरोध गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]

दाङ । आजबाट नेवा: समुदाय*को यस वर्षको मुख्य जात्रा र चाडपर्वको सुभारम्भ भएको छ। नेवार समुदायको संस्कृतिमा वर्षभरि मनाइने जात्रा, पूजा र चाडपर्वको एउटा निश्चित क्यालेण्डर हुन्छ। दाङको घोराही, तुलसीपुर र अन्य क्षेत्रमा बसोबास गर्ने नेवा: समुदायले पनि काठमाडौं उपत्यकाको परम्परा अनुसार नै यी पर्वहरू मनाउने गर्छन्। सुभारम्भसँगै सुरु हुने मुख्य पर्वहरू गाईजात्रा भाद्रमा पर्ने, […]

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]