२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

राष्ट्रिय स्वतन्त्र पार्टीलाई समर्थन फिर्ता नलिन प्रधानमन्त्री दहालको आग्रह

Logo
प्रकाशित शुक्रबार, बैशाख २२, २०८०

(ABC-Sanchar) काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई दिएको समर्थन फिर्ता नलिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई आग्रह गरेका छन्।

सरकारमा सहभागी हुन गरेको आग्रहलाई रास्वपाले औपचारिक रूपमा अस्वीकार गरेपछि प्रधानमन्त्रीले समर्थन कायम राखिदिन आग्रह गरेका हुन्।

शुक्रबार दिउँसो समर्थनसमेत फिर्ता लिने तयारीमा रास्वपा छ ।

रास्वपाका एक नेताका अनुसार सरकारमा सहभागी हुने वा नहुने र समर्थनबारे निर्णय लिन रास्वपाले शुक्रबार ५ बजे केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाइएको छ।

रास्वपामा प्रधानमन्त्री रास्वपालाई सरकारमा सहभागी गराउन पहल गरेपनि पार्टीभित्र जान नहुने मत बलियो भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयनबारे गरेको निर्णय पक्षपाती र षड्यन्त्रपूर्ण भएको आरोप लगाएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सुरक्षाकर्मीको हकमा अध्ययन समिति गठन गर्ने तर तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीलगायतको हकमा सोझै कार्यान्वयन गर्ने निर्णय गरेको भन्दै उनले यस्तो कदमले देशलाई पुनः द्वन्द्वतर्फ धकेल्न सक्ने चेतावनी […]

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ सुरु भएको छ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ सुरु भएको हो । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउँदैछन् । संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिँदैछन् । उनीहरू आ–आफ्नै भेषभूषामा शपथका लागि सिंहदरबार पुगेका छन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक सांसदलाई मन्त्री नबनाउने निर्णय लिएको छ । पार्टीको चुनाव चिन्हमा कानून बनाउने विश्वासमा मत आएका कारण समानुपातिक सांसदलाई अन्य कुरामा नअल्झाउने कुरामा नेतृत्व प्रस्ट भएपछि यो निर्णय लिएको एक नेताले बताए ।

error: Content is protected !!