२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

नक्कली शरणार्थी प्रकरण: लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चाैधरी पनि अनुसन्धानको घेरामा

Logo
प्रकाशित शुक्रबार, बैशाख २९, २०८०

(ABC-Sanchar)
काठमाडौं । कांग्रेस सांसद आरजु राणा देउवा र प्रहरी खोरमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणनिकट मानिएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसमेत ‘भुटानी शरणार्थी प्रकरण’मा मुछिएका छन्।

‘नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने’ भन्दै करोडौँ असुल्ने गिरोहको ‘नेक्सस’ मुख्यमन्त्री चौधरीसम्म फैलिएको प्रहरी स्रोतले जनाएको छ। प्रहरी अनुसन्धानका क्रममा ठगी गिरोहका नाइके केशव दुलाल, सानु भण्डारी र दाङका सन्देश शर्माले शरणार्थी प्रकरणमा ‘हाई प्रोफाइल’हरूको संलग्नता देखाउँदै जाँदा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीको नाम पनि पोलेको अधिकारीहरूले जनाएका छन्।

अभियुक्त शर्माले ‘कांग्रेस नेता बुद्धिराम भण्डारीको साला गजेन्द्र बुढाथोकी (फरार) र लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको सहयोग लिएर आफूहरूञले तत्कालीन गृह सचिव टेकनाराण पाण्डेलाई पटकपटक भेटेको बयान दिएका छन्।

‘निज टेकनारायण पाण्डेलाई काठमाडौँ आएको बेला दुईपटक भेटेको हुँ, केही व्यक्तिहरूले मेरो नाम जोडेर प्रहरीमा उजुरी गरेपछि म त्यहाँ गएकाे थिएँ,’ बिएल नेपाली सेवालाई प्राप्त बयानमा उनले भनेका छन्, ‘दाङका केटाहरूलाई अमेरिका पठाउने विषयमा गजेन्द्र दाइ र डिल्ली दाइ (मुख्यमन्त्री)सँग कुराकानी हुँदैजाँदा निज पाण्डेको नाम भने सुनिरहेको थिएँ।’

पूर्वगृहमन्त्री खाँण, गिराेहका नाइके केशव दुलाल, सानु भण्डारी र सन्देश शर्मालाई काठमाडाैँ प्रहरी परिसले पक्राउ गरेपछि मुख्यमन्त्री चाैधरी काठमाडाैँ आइपुगेका छन्। उनले साेमबार र मंगलबार प्रहरी थुनामा रहेकाहरूलाई भेट्न खाेजेकाे थिए। तर प्रहरीले अभियुक्तहरूलाई भेट्नका लागि समय नदिएकाे प्रहरी स्राेतकाे दाबी छ। बिएल नेपाली सेवाले मुख्यमन्त्री चाैधरीलाई यसबारे थप कुराबुझ्न खाेज्दा उनीसित सम्पर्क हुन सकेन।

अमेरिकी पीआरधारी ठग गजेन्द्र बुढाथाेकीले सत्ता र पहुँचको आडमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण, कांग्रेस नेत्री आरजु राणा देउवा र तत्कालीन सचिव टेकनारायण पाण्डेलाई कैयाैँपटक गृह मन्त्रालयमै भेटेको र निरन्तर फोन सम्पर्कमा रहेको अभियुक्त सन्देश शर्माले प्रहरी अधिकारीलाई बताएका छन्।

त्यतिखेर तत्कालीन गृहमन्त्री खाँणलाई गजेन्द्रले भेटिरहँदा उनीविरुद्ध काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा केही पीडितहरूले ठगी गरेकाे भन्दै उजुरी दिएका थिए। तर खाँणले मुख्यमन्त्री चौधरी र गजेन्द्रको आग्रह माग्दै पीडितहरूले दिएको उजुरीसमेत लुकाउन प्रहरीलाई बाध्य पारेका थिए।

करोडौँ ठगी प्रकरणमा मुछिएका दाङका गजेन्द्र बुढाथोकी र प्रहरी खोरमा रहेका सन्देशले ‘शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु’ भन्दै राप्ती क्षेत्रका दुई सयभन्दा बढी व्यक्तिबाट लाखौँ पैसा असुलेको खुलासा भएको छ।

‘अमेरिका पठाइदिन्छौँ तर इलिगल होइन भनेर दाङका गजेन्द्र र सन्देशले म र मेरो साथीबाट ३३ लाख लिए। उनीहरूले पैसा लगे तर हामीहरूलाई अमेरिका पठाएनन्,’ अमेरिकी सपना देखेर गजेन्द्र र सन्देशमार्फत् ठगिएका एक पिडितले भने, ‘त्योबेला उजुरी गर्न जाँदा डिल्ली अंकलले मेरो बुबालाई भनेरै रोक्नुभयो। खै, हाम्रो पैसा डुब्यो।’

‘आफूहरूबाट २० देखि ५० लाख लिएपनि समयमै अमेरिका नपठाएको’ भन्दै पीडितहरूले प्रहरी गुर्हादा पनि फरार अभियुक्त गजेन्द्रको दबाबमा मुख्यमन्त्री चौधरीले धेरैलाई शान्त पार्ने काम गरेको पीडितहरूको गुनासो छ। उनीहरूले नक्कली शरणार्थी परिचयपत्रसहितका प्रमाण अनुसन्धानका लागि प्रहरीमा बुझाएका छन्।

‘उहाँ (मुख्यमन्त्री)ले पैसा खाएको चाहिँ थाहा भएन तर हामीहरूलाई प्रहरीकहाँ जान नदिने, अमेरिका पठाइदिन्छन् भनेर उजुरी गर्न नदिने काम डिल्ली चौधरीबाटै भएको छ । बिएलबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयनबारे गरेको निर्णय पक्षपाती र षड्यन्त्रपूर्ण भएको आरोप लगाएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सुरक्षाकर्मीको हकमा अध्ययन समिति गठन गर्ने तर तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीलगायतको हकमा सोझै कार्यान्वयन गर्ने निर्णय गरेको भन्दै उनले यस्तो कदमले देशलाई पुनः द्वन्द्वतर्फ धकेल्न सक्ने चेतावनी […]

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ सुरु भएको छ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ सुरु भएको हो । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउँदैछन् । संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिँदैछन् । उनीहरू आ–आफ्नै भेषभूषामा शपथका लागि सिंहदरबार पुगेका छन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक सांसदलाई मन्त्री नबनाउने निर्णय लिएको छ । पार्टीको चुनाव चिन्हमा कानून बनाउने विश्वासमा मत आएका कारण समानुपातिक सांसदलाई अन्य कुरामा नअल्झाउने कुरामा नेतृत्व प्रस्ट भएपछि यो निर्णय लिएको एक नेताले बताए ।

error: Content is protected !!