१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

नाम जोडिएको नक्कली टेप रेकर्ड माथि छानविनमा ढिलासुस्ती किन सांसद आरजु

Logo
प्रकाशित सोमबार, जेठ ०१, २०८०

(ABC-Sanchar) काठमाडौं । नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम मुछेर तयार गरिएको ‘नक्कली अडियो टेप’को छानविनमा ढिलासुस्ती भएको भन्दै असन्तुष्टि जनाएकी छिन्।

‘त्यो फेक टेपको चाडो भन्दा चाडो छानविन गर्न आग्रह गर्दछु’, उनले सोमबारको प्रतिनिधिसभा बैठकमा भनिन। सांसद आरजु नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाकी श्रीमती हुन्।

सांसद आरजुले यो प्रकरणमा आफ्नो नाम जोडेर संचारमाध्यमहरुले आफ्नो चरित्र हत्या गरेको समेत बताइन। ‘यस प्रकरणमा मेरो नाम जोडेर मेरो चरित्र हत्या गरिएको छ’, उनले भनिन।

सांसद आरजुले नक्कली टेप प्रकरणबारे छानविन गर्न केन्दि«य अनुसन्धान ब्यूरो (सिआइबी)लाई आग्रह गर्दै लेखेको निवेदन दर्ता गर्न समेत ३ घण्टा लागेको भन्दै गूनासो गरिन्। उनले आफू सत्तारुढ दलको ठूलो नेताको मान्छे हुँदा पनि निवेदन दर्ता गर्न धेरै समय लागेको बताएकी थिइन।

‘मेरो निवेदन दर्ता गर्न किन ३ घण्टा लाग्यो? आज निवेदन दर्ता भएको ६ दिन बितिसक्दा पनि नक्कली टेप प्रकरणबारे किन छानविन भइरहेको छैन्। म गृहमन्त्रालयबाट यसको जवाफ चाहन्छु’, उनले भनिन, ‘को दोषी हो को होइन यो प्रष्टका साथ आउनुपर्छ। सबैजना एउटै ब्रसले पेन्ट भएको हुन्न।’

सांसद आरजुले नक्कली भुटानी शरणार्थी काण्ड देशका लागि सबैभन्दा लज्जास्पद काण्ड भएको समेत उल्लेख गरिन। ‘यो कस्तो परिस्थिती होला त देशको । आफ्नो भएको नागरिकता त्यागेर विदेश जान खोज्नेहरु…

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीलाई बधाई दिएका हुन् । मोदीले केपी शर्मा ओलीको एक्स ह्यान्डललाई मेन्सन गर्दै लेखेका छन्, प्रधानमन्त्रीमा नियुक्त हुनु भएकोमा तपाईंलाई बधाई । दुई देशबीचको मित्रतालाई अझ सुदृढ बनाउन र दुवै देशका नागरिकको प्रगति र समृद्धिका लागि आपसी सहकार्य र समक्षदारीको अपेक्षा राख्दछु ।’ पुष्पकमल दाहाल नेतृत्वको सरकारले […]

(ABC-Sanchar) काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार जसपाबाट सरकारमा सहभागी भएका एक मन्त्री र एक राज्यमन्त्रीले शपथ लिएका हुन् । जसपाबाट मन्त्री बनेका प्रदीप यादवलाई राष्ट्रपति रामचन्द्र पौडेल र राज्यमन्त्री बनेकी हसिना खानलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ गराएका हुन् । यादवले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी पाएका छन् भने खानले स्वास्थ्य तथा जनसङ्ख्या […]

(एबिसि संचार )                                                                लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज पद तथा गोपनीयताको शपथग्रहण गर्दै छन् । प्रदेश प्रमुखको कार्यालयमा आइतबार शपथ ग्रहणको कार्यक्रम […]

error: Content is protected !!