२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

सुडानमा सेनासंगको झडपमा परी ६७६ जनाको मृत्यु ५ हजार भन्दा धेरै घाइते

Logo
प्रकाशित मंगलबार, जेठ ०२, २०८०


(ABC-Sanchar)
सुडान । सेना र्‍यापिड सपोर्ट फोर्सेज (आरएसएफ) बीच भएको झडपमा परी कम्तीमा ६७६ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले आइतबार जनाएको छ ।

सुडानमा सेना प्रमुख अब्देल फत्ताह अल–बुहारन र उप–प्रमुख मोहम्मद हमदान डागलोप्रति वफादार सुरक्षा बल ( र्‍यापिड सपोर्ट फोर्सेज) बीचको द्वन्द्वले एक महिना नाघिसकेको छ ।

‘सुडानको सशस्त्र बल र र्‍यापिड सपोर्ट फोर्सेजबीच लगातार ३० दिनसम्म जारी द्वन्द्वमा विशेष गरी खार्तूम र आसपासका क्षेत्रमा कम्तीमा ६७६ जनाको मृत्यु भएको छ भने पाँच हजार ५७६ जना घाइते भएका छन्,’ ओसीएचएले उल्लेख गरेको छ ।

प्रतिवेदनअनुसार गत अप्रिल १५ देखि हालसम्म द्वन्द्वका कारण नौ लाख ३६ हजारभन्दा बढी मानिस विस्थापित भएका छन्, जसमध्ये करिब सात लाख ३६ हजार २०० आन्तरिक रूपमा विस्थापित भएका छन् भने करिब दुई लाखले छिमेकी मुलुकमा शरण लिएका छन् ।

गत अप्रिलको मध्यमा भएको झडपपछि सुडानको राजधानी खार्तूमका बासिन्दाले खाद्यान्नको चरम अभाव झेल्दै आएका छन् । झडपमा विशेष गरी दर्जनौँ कारखानाहरू लुटिएका वा जलाइएका छन् ।

संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२३ मा करिब एक करोड ५८ लाख सुडानी अर्थात् सुडानको जनसङ्ख्याको करिब एक तिहाइलाई मानवीय सहायताको आवश्यकता पर्ने अनुमान गरिएको छ ।

मे ११ मा, सुडानी युद्धरत पक्षहरूले साउदी बन्दरगाह शहर जेद्दाहमा आपतकालीन मानवीय सहायता वितरणलाई सहजीकरण गर्न र नागरिकहरूको सुरक्षित निकासीको ग्यारेन्टी गर्न सुडानका नागरिकहरूको रक्षा गर्ने प्रतिबद्धताको घोषणापत्रमा हस्ताक्षर गरेका भए पनि हिंसा रोक्ने सम्झौता भने गरिएको छैन । हिंसात्मक झडपमा कमी आएको छैन ।

यद्यपि, दुवै पक्षले एक अर्कालाई सम्झौता उल्लङ्घन गरेको र सशस्त्र द्वन्द्व जारी राखेको आरोप लगाएका छन् ।

सुडानी सेनाले आइतबार आरएसएफले ओमदुरमान शहरको अल–मसाल्मा क्षेत्रमा रहेको एक चर्चमा क्रिश्चियन उपासकहरूलाई गोली हानेको आरोप लगाएको थियो ।
यद्यपि आरएसएफले घटनाको जिम्मेवारी लिन अस्वीकार गरेको छ र यसको पछाडि सेनाको हात रहेको आरोप लगाउँदै घटनाको स्वतन्त्र छानबिनको माग गरेको छ ।एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]

दाङ । आजबाट नेवा: समुदाय*को यस वर्षको मुख्य जात्रा र चाडपर्वको सुभारम्भ भएको छ। नेवार समुदायको संस्कृतिमा वर्षभरि मनाइने जात्रा, पूजा र चाडपर्वको एउटा निश्चित क्यालेण्डर हुन्छ। दाङको घोराही, तुलसीपुर र अन्य क्षेत्रमा बसोबास गर्ने नेवा: समुदायले पनि काठमाडौं उपत्यकाको परम्परा अनुसार नै यी पर्वहरू मनाउने गर्छन्। सुभारम्भसँगै सुरु हुने मुख्य पर्वहरू गाईजात्रा भाद्रमा पर्ने, […]

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]