२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

सशस्त्र प्रहरीले श्रोत नखुलेको ८ लाख रुपैयाँसहित भारतीय मोटरसाईकल पक्राउ

Logo
प्रकाशित मंगलबार, जेठ ०२, २०८०


ABC (क्राईमबिट)
सर्लाही । जिल्ला मलंगवा नगरपालिका ८ स्थित भन्सार ईलाकाबाट बैशाख ३० गते सशस्त्र प्रहरीले श्रोत नखुलेको ८ लाख नेपाली रुपैयाँसहित भारतीय मोटरसाईकल नियन्त्रणमा लिएको छ ।

बिआर ३० एन ३५९० नम्बरको भारतीय मोटरसाईकलमा भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउदै गरेको एक हजार रुपैयाँको ७०० थान र पाँच सय रुपैयाँको २०० थान नेपाली रुपैयाँसहित मोटरसाईकल सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म मलंगवा विओपी मलंगवाले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएको नेपाली रुपैयाँ र मोटरसाईकल आवश्यक कारवाहीको लागि सर्लाही भन्सार कार्यालय मलंगवामा बुझाईएको छ ।

यसैगरी सोही जिल्लाको ब्रम्हपुरी गाउँपालिका ५ स्थित सखुअवाबाट २० के.जी गाँजासहित एउटा भारतीय मोटरसाईकल बैशाख ३१ गते सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिआर ३० डी ५८८५ नम्बरको भारतीय मोटरसाईकलमा नेपालबाट भारततर्फ लैजादै गरेको ४ पोका गाँजा सशस्त्र प्रहरी बल नेपाल विओपी सखुअवाले नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरीलाई देख्नासाथै मोटरसाईकल सोही ठाउँमा छाडी व्यक्ति भने फरार भएका थिए ।

नियन्त्रणमा लिएको गाँजा र मोटरसाईकल आवश्यक कारवाहीको लागि स्थानिय प्रहरीमा बुझाईएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]

दाङ । आजबाट नेवा: समुदाय*को यस वर्षको मुख्य जात्रा र चाडपर्वको सुभारम्भ भएको छ। नेवार समुदायको संस्कृतिमा वर्षभरि मनाइने जात्रा, पूजा र चाडपर्वको एउटा निश्चित क्यालेण्डर हुन्छ। दाङको घोराही, तुलसीपुर र अन्य क्षेत्रमा बसोबास गर्ने नेवा: समुदायले पनि काठमाडौं उपत्यकाको परम्परा अनुसार नै यी पर्वहरू मनाउने गर्छन्। सुभारम्भसँगै सुरु हुने मुख्य पर्वहरू गाईजात्रा भाद्रमा पर्ने, […]

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]