०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

चन्द्र उच्च माध्यमिक विद्यालय सिरहाका प्राचार्य मधुसुधन कर्णको नेपाल र भारत दोहोरो नागरिकता ?

Logo
प्रकाशित शनिबार, जेठ ०६, २०८०

(सुरेन्द्र दास)

लहान । सिरहामा दोहोरो नागरिकता लिएको प्रमाण फेला परेको छ ।
फरक फरक जन्म स्थानबाट नागरिकता प्राप्त गरेको प्रमाण फेला परेको छ ।

सिरहाको चन्द्रोयपुर २ जन्म स्थान भनी नेपाली नागरिकताको प्रमाणपत्र लिएको मधुसुधन कर्णले विक्रम सम्वत २०४२/४/२० मा जिल्ला प्रशासन कार्यालय सिरहाबाट लिएको नागरिकता प्रमाण पत्रमा जन्म मिति २०२१ शाल लेखिएको छ , भने उनै व्यक्तिले पुन जिल्ला प्रशासन कार्यालय सिरहाबाट लिएको नागरिकता प्रमाण पत्रमा जन्म मिति २०२८/२/१ जन्म स्थान विष्णुपुर प्र . रा. देखिएको अवस्था रहेको देखिन्छ जहां दुबै प्रमाण पत्रमा बाबुको नाम तेज नारायण लाल कर्णनै राखिएको छ ।

जिल्ला प्रशासन कार्यालय सिरहाबाट नागरीकता प्रमाणपत्र लिएका मधुसुधन कर्णको छिमेकी राष्ट्र भारतको समेत प्रमाण पत्र देखिएको हो ।

एउटै व्यक्ति एकातिर फरक फरक जन्म मिति अनुसार नागरिकता लिएको र अर्कोतिर भारतीय प्रमाण पत्र लिएका कर्णको प्रमाणपत्रमा समेत बाबुको नाम तेज नारायण लाल कर्ण नै लेखिएको छ । नागरिकता लिएर पनि नेपाली सरकारी सेवा सुविधा लिइरहेको अवस्थामा हालसम्म सिरहाको प्रशासनिक निकायले ध्यान नदिनु चिन्ताको विषय रहेको देखिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । कुनै पनि समाजको समृद्धि केवल पूर्वाधार निर्माण, भवन र सडक विस्तारले मात्र सम्भव हुँदैन। समाजलाई सही दिशा दिन सक्ने, जनताको भावना बुझ्ने, विकासलाई व्यवहारमा उतार्न सक्ने र हरेक वर्गको आवाज सुन्न सक्ने नेतृत्व आवश्यक हुन्छ। आजको समाजमा यस्ता नेतृत्वको खाँचो झन् बढ्दो छ। यस्तै समयमा सकारात्मक सोचका धनी, अति मिलनसार, दूरदर्शी तथा समाज […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको *सिभिल टोली*ले राप्ती सोनारी–४, बैजापुरबाट अवैध रूपमा ल्याइएको सामानसहित २ जनालाई नियन्त्रणमा लिएको छ। *बरामद विवरण:* 1. *४ वटा मोटरसाइकल* – अवैध रूपमा ओसारपसारमा प्रयोग भएको आशंका 2. *७ क्विन्टल पेरेण्ट्स कुखुरा* – भन्सार छली गरी ल्याइएको अनुमान 3. *२ जना मानिस* – नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको बरामद […]

सुर्खेत । बसपार्क अगाडि सडक छेउमा *काफल बेचिरहेकी एक महिलालाई नगर प्रहरीले लछारपछार पारेको* घटना सार्वजनिक भएको छ। *घटना विवरण:* प्रत्यक्षदर्शीहरूका अनुसार महिला सडक छेउमा फलफूल बेच्दै गर्दा नगर प्रहरीले ठाउँ खाली गर्न भन्दै सामान उठाउन खोजेका थिए। त्यस क्रममा दुवै पक्षबीच भनाभन भएपछि नगर प्रहरीले महिलालाई बल प्रयोग गरेको आरोप छ। घटनाको भिडियो सामाजिक […]

error: Content is protected !!