०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

नेपालगन्जमा प्रेम प्रस्ताव अस्वीकार गर्दा  युवकले युवतीको हत्या गरे

Logo
प्रकाशित आइतबार, जेठ ०७, २०८०

ABC (क्राईमबिट)
बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी परेको छ। कोहलपुर ६ रझेनाकी २२ वर्षीया सुमद रानी थारूले बर्दियास्थित राजापुर-८ कोइरी गाउँका २६ वर्षीय शैलेन्द्र चौधरीको प्रेम प्रस्ताव अस्वीकार गर्दा उनको बीभत्स हत्या भएको दाबी जाहेरीमा गरिएको छ। चौधरीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेको हो। सुमद रानीका भाइ निरेनले जाहेरी दर्ता गरेका हुन्।

वैशाख २९ गते नेपालगन्जस्थित कोठामै ती युवती मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। भेरी प्राविधिक शिक्षालय नेपालगन्जमा कम्प्युटरसम्बन्धी डिप्लोमा कोर्सका लागि उनी भाइ निरेनसँगै बस्दै आएकी थिइन्। बाँके प्रहरीका अनुसार जाहेरीमा सुमद रानी मृत फेला परेको कोठामा चौधरीले प्रयोग गर्दै आएको रेडमीको मोबाइल, निजले लगाएको जिन्स पेन्ट र हेल्मेटको भाइजरको टुक्रा र चक्कु भेटिएको उल्लेख छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता रामप्रसाद घर्ती मगरका अनुसार मृतकको टाउकोमा घाउ देखिएको छ। उनको घाँटीमा चक्कु रेटेको निसानी देखिन्छ। जहाँबाट रगतसमेत बगेको छ। योसँगै शरीरका अन्य भागमा समेत चोटपटक लागेको प्रहरीले जनाएको छ।

हत्यापछि आरोपित शैलेन्द्र चौधरी फरार छन्। मृतकका परिवारले चौधरीविरुद्ध कर्तव्य ज्यान मुद्दामा दिएको जाहेरी २९ गते नै दर्ता भइसकेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता रामप्रसाद घर्तीमगरले बताए

जाहेरीमा उल्लेख भएअनुसार जाहेरवाला थारू कक्षा ११ को परीक्षा दिएर घर आएका थिए। थारू दिदीभाइ र चौधरीबीच सात/आठ महिनादेखि सामान्य चिनजान थियो। चौधरी बेलाबखत घर र डेरामा आउने जाने गर्थे। उनले सुमद रानीलाई एकतर्फी रूपमा चाहन्थे। उनले शारीरिक सम्बन्धका साथै विवाहका लागि समेत प्रस्ताव गर्दै आएको जाहेरीमा दाबी गरिएको छ। ‘अन्यायी चौधरीका सबै प्रस्ताव सुमद रानीले अस्वीकार गर्दै आएकी थिइन्,’ मृतकका भाइ निरेनले दायर गरको जाहेरीमा भनिएको छ, ‘दिदी (सुमद रानी) लाई मन पराउने र विवाह गर्नुपर्ने भन्दै चौधरीले मानसिक यातना दिँदै आएको कुरा दिदीले मलाई बताउनुभएको थियो।’ साथै चौधरीले सुमद रानीलाई जागिर लगाइदिने प्रलोभनसमेत देखाएको जाहेरीमा दाबी गरिएको छ।

‘म कक्षा ११ को परीक्षा सकेर वैशाख २२ गते घर आएको थिएँ। २७ गते अन्यायी चौधरीले घरमा आई दिदीलाई भेरी अस्पतालको फार्मेसीमा जागिर दिन्छु, मलाई नागरिकता दिनू भनेका थिए,’ जाहेरीमा भनिएको छ, ‘मसँग छैन, दिदीसँग होला भनें। त्यो दिन हाम्रो घरमा बसे। वैशाख २८ गते दिदीलाई भेट्छु भनेर नेपालगन्ज गएका थिए।
चौधरी भेट्न आएको भनेर दिदीलाई जानकारी गराउन दिउँसो १२ बजेदेखि २९ गते बिहानसम्म फोन गर्दा नउठेको उनले बताए। दिदीले प्रयोग गर्ने सामाजिक सञ्जाल, मेसेन्जर, ह्वाट्सएपमा फोन गर्दा नउठेको र मोबाइलमा समेत पटकपटक फोन गर्दा नउठेको उनी बताउँछन्। २९ गते बिहानै कोहलपुरबाट नेपालगन्ज पुग्दा कोठामा चाबी लगाएको भन्दै उनले भने, ‘कोठाको एउटा चाबी दिदी र एउटा मसँग थियो। मसँग भएको चाबीले कोठा खोलें। कोठामा हेर्दा झ्याल बन्द थियो। पलङमा रहेको बिस्तरा बिग्रेको, पलङमाथि ब्लाङ्केट ओढाइराखेको अवस्था थियो। ब्लाङ्केट तान्दा दिदीलाई रगताम्य अवस्थामा मृत देखेपछि तत्काल कोठाबाहिर गएर चिच्याएँ, होहल्ला गरें,’ उनी भन्छन्, ‘घरबेटी र आमालाई बोलाएँ।’

चौधरी भेट्न आएको भनेर दिदीलाई जानकारी गराउन दिउँसो १२ बजेदेखि २९ गते बिहानसम्म फोन गर्दा नउठेको उनले बताए।

‘चौधरीले मेरी दिदीलाई मन पराउँथे। प्रेम प्रस्ताव राखेका थिए । दिदीले अस्वीकार गर्दै आएकी थिइन्। फेरि पनि दिदीले प्रेम प्रस्ताव अस्वीकार गरेकै कारण जबर्जस्ती करणी गरी हत्या गरेका हुन्। उनीमाथि कडाभन्दा कडा कारबाही हुनुपर्छ,’ निरेनले भने।

उक्त घटनापछि चौधरी फरार छन्। मृतकका परिवारले शैलेन्द्रविरुद्ध कर्तव्य ज्यान मुद्दामा दिएको जाहेरी २९ गते नै दर्ता भइसकेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता घर्तीमगरले बताए।

उनका अनुसार बाँके प्रहरीले अहिले हत्या आरोपितको खोजी कार्य तीव्र बनाएको छ। भारत र बर्दियामा चौधरीको खोजी कार्य जारी रहेको उनको भनाइ छ।
हत्याजस्तो गम्भीर अपराधविरुद्ध बाँके प्रहरी संवेदनशील रूपमा अघि बढिरहेको उनले जनाए।

उनलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय बाँकेले एकजना प्रहरी निरीक्षकको नेतृत्वमा सातजनाको टोली बर्दियामा खटाएको छ। आधा टोली सीमावर्ती क्षेत्रमा खटिएको उनको भनाइ छ। जिल्ला प्रहरी कार्यालयले समेत घटनाका आरोपित खोज्न सहयोग गरिरहेको घर्तीमगर बताउँछन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । कुनै पनि समाजको समृद्धि केवल पूर्वाधार निर्माण, भवन र सडक विस्तारले मात्र सम्भव हुँदैन। समाजलाई सही दिशा दिन सक्ने, जनताको भावना बुझ्ने, विकासलाई व्यवहारमा उतार्न सक्ने र हरेक वर्गको आवाज सुन्न सक्ने नेतृत्व आवश्यक हुन्छ। आजको समाजमा यस्ता नेतृत्वको खाँचो झन् बढ्दो छ। यस्तै समयमा सकारात्मक सोचका धनी, अति मिलनसार, दूरदर्शी तथा समाज […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको *सिभिल टोली*ले राप्ती सोनारी–४, बैजापुरबाट अवैध रूपमा ल्याइएको सामानसहित २ जनालाई नियन्त्रणमा लिएको छ। *बरामद विवरण:* 1. *४ वटा मोटरसाइकल* – अवैध रूपमा ओसारपसारमा प्रयोग भएको आशंका 2. *७ क्विन्टल पेरेण्ट्स कुखुरा* – भन्सार छली गरी ल्याइएको अनुमान 3. *२ जना मानिस* – नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको बरामद […]

सुर्खेत । बसपार्क अगाडि सडक छेउमा *काफल बेचिरहेकी एक महिलालाई नगर प्रहरीले लछारपछार पारेको* घटना सार्वजनिक भएको छ। *घटना विवरण:* प्रत्यक्षदर्शीहरूका अनुसार महिला सडक छेउमा फलफूल बेच्दै गर्दा नगर प्रहरीले ठाउँ खाली गर्न भन्दै सामान उठाउन खोजेका थिए। त्यस क्रममा दुवै पक्षबीच भनाभन भएपछि नगर प्रहरीले महिलालाई बल प्रयोग गरेको आरोप छ। घटनाको भिडियो सामाजिक […]

error: Content is protected !!