०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

गौर भन्सारबाट कर्मचारीको सेटिङमा आधा मूल्यमा मलहरु लिलामी हुदै

Logo
प्रकाशित मंगलबार, जेठ ०९, २०८०

(ABC-Sanchar)
गौर । भन्सार कार्यालय गौरका कर्मचारीहरुले ‘सेटिङ’मा न्यून मूल्यमा रासायनिक मल लिलाम गरेको पाइएको छ । लिलाम प्रक्रियामा गल्ती भएको भनेर भन्सार प्रमुखले स्वीकार गरेका छन् भने जिल्ला प्रशासन कार्यालयले कागजपत्र झिकाएर अध्ययन गरिरहेको छ ।

गत सोमबार गौर भन्सार कार्यालयका पाँच जना कर्मचारीहरुको मिलेमतोमा २० लाख रुपैयाँ बराबरको रासायनिक मल १० लाख २ हजार रुपैयाँमा लिलाम गरिएको थियो । त्यसका लागि कर्मचारीहरुले दुई घण्टे सूचना जारी गरेका थिए भने रासायनिक मलको कारोबार गर्ने अनुमति नै नभएका कम्पनीलाई समेत लिलाम प्रक्रियामा समेटेका थिए ।

जेठ १ गते नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले रौतहटको राजपुर ५ मा रहेको एक गोदाममा भारतबाट अवैध तरिकाले भित्राइएको १ हजार ३०६ बोरा रासायनिक मल बरामद गरेर आवश्यक कारवाहीका लागि गौर भन्सारमा बुझाएको थियो । भारतबाट अवैध रुपमा तस्करी गरी गोदाममा थन्क्याइएको अवस्थामा बरामद भएको सो मल नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड अश्रुग्याँस प्रहार गर्नुपरेको थियो ।

प्रहरीले ८०३ बोरा युरिया, ४७९ बोरा डिएपी र २४ बोरा पोटास बरामद गरेर भन्सार कार्यालयमा बुझाएको थियो । प्रहरीले भन्सारमा बुझाएको प्रतिवेदनमा सो मल २० लाख २ हजार ६० रुपैयाँ बराबरको रहेको उल्लेख छ । तर गौर भन्सारले १० लाख २ हजार रुपैयाँमा जय माँ दुर्गा सप्लायर्स राजपुरलाई सोमबार बेलुकी लिलाम गरेको पाइएको छ ।

लिलाम प्रक्रियामा नायब सुब्बा रेवती रोक्का सहित नायब सुब्बाहरु शिवहरी निरौला, नवीन कुमार ठाकुर, गजेन्द्र थापा, निशा सर्राफलगायतले बदमासी गरेको आरोप लागेको छ ।

भन्सार कार्यालयका कर्मचारीहरुले प्रमुख भन्सार अधिकृत बासुदेव नेपाल घर विदामा रहेको बेला लिलामीको सूचना जारी गरेका थिए । लिलाम प्रक्रियामा जय माता दी जनरल सप्लायर्स गौर, जेएमडी सप्लायर्स गौर र जय माँ दुर्गा सप्लायर्स राजपुरलाई समावेश थिए ।

तर जय माता दी सप्लायर्स गौर र जेएमडी गौरसँग रासायनिक मलको कारोबार गर्ने अनुमति नै नरहेको भेटिएको छ । ‘साढे चार बजेतिर लिलामीको सूचना जारी भएको र दुई-तीन घण्टाभित्रै जय माँ दुर्गाले सकारेको देखिन्छ,’ स्रोतले भन्यो ।
कर्मचारीको ‘सेटिङ’मा गौर भन्सारबाट आधा मूल्यमा मल लिलाम

भन्सार कार्यालय गौरका कर्मचारीहरुले ‘सेटिङ’मा न्यून मूल्यमा रासायनिक मल लिलाम गरेको पाइएको छ । लिलाम प्रक्रियामा गल्ती भएको भनेर भन्सार प्रमुखले स्वीकार गरेका छन् भने जिल्ला प्रशासन कार्यालयले कागजपत्र झिकाएर अध्ययन गरिरहेको छ ।

गत सोमबार गौर भन्सार कार्यालयका पाँच जना कर्मचारीहरुको मिलेमतोमा २० लाख रुपैयाँ बराबरको रासायनिक मल १० लाख २ हजार रुपैयाँमा लिलाम गरिएको थियो । त्यसका लागि कर्मचारीहरुले दुई घण्टे सूचना जारी गरेका थिए भने रासायनिक मलको कारोबार गर्ने अनुमति नै नभएका कम्पनीलाई समेत लिलाम प्रक्रियामा समेटेका थिए ।

जेठ १ गते नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले रौतहटको राजपुर ५ मा रहेको एक गोदाममा भारतबाट अवैध तरिकाले भित्राइएको १ हजार ३०६ बोरा रासायनिक मल बरामद गरेर आवश्यक कारवाहीका लागि गौर भन्सारमा बुझाएको थियो । भारतबाट अवैध रुपमा तस्करी गरी गोदाममा थन्क्याइएको अवस्थामा बरामद भएको सो मल नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड अश्रुग्याँस प्रहार गर्नुपरेको थियो ।

प्रहरीले ८०३ बोरा युरिया, ४७९ बोरा डिएपी र २४ बोरा पोटास बरामद गरेर भन्सार कार्यालयमा बुझाएको थियो । प्रहरीले भन्सारमा बुझाएको प्रतिवेदनमा सो मल २० लाख २ हजार ६० रुपैयाँ बराबरको रहेको उल्लेख छ । तर गौर भन्सारले १० लाख २ हजार रुपैयाँमा जय माँ दुर्गा सप्लायर्स राजपुरलाई सोमबार बेलुकी लिलाम गरेको पाइएको छ ।

लिलाम प्रक्रियामा नायब सुब्बा रेवती रोक्का सहित नायब सुब्बाहरु शिवहरी निरौला, नवीन कुमार ठाकुर, गजेन्द्र थापा, निशा सर्राफलगायतले बदमासी गरेको आरोप लागेको छ ।

भन्सार कार्यालयका कर्मचारीहरुले प्रमुख भन्सार अधिकृत बासुदेव नेपाल घर विदामा रहेको बेला लिलामीको सूचना जारी गरेका थिए । लिलाम प्रक्रियामा जय माता दी जनरल सप्लायर्स गौर, जेएमडी सप्लायर्स गौर र जय माँ दुर्गा सप्लायर्स राजपुरलाई समावेश थिए ।

तर जय माता दी सप्लायर्स गौर र जेएमडी गौरसँग रासायनिक मलको कारोबार गर्ने अनुमति नै नरहेको भेटिएको छ । ‘साढे चार बजेतिर लिलामीको सूचना जारी भएको र दुई-तीन घण्टाभित्रै जय माँ दुर्गाले सकारेको देखिन्छ,’ स्रोतले भन्यो ।

‘गुड फेथ’मा कर्मचारीले बदमासी गरे : प्रमुख नेपाल
गौरका प्रमुख भन्सार अधिकृत बासुदेव नेपालले रासायनिक मल लिलाम प्रक्रियामा गल्ती भएको स्वीकारसमेत गरेका छन् ।
आफू बिदामा बसेको दिन मल भन्सारमा थन्किँदा वर्षा भएर सबै गल्ने र राजस्व पनि नउठ्ने भन्दै भन्सारका कर्मचारीहरुले आफूलाई कार्यालयमा हाजिर भई लिलाम गराउन आग्रह गर्दै बारम्बार फोन गरेको प्रमुख बासुदेव नेपालले बताए । ‘बारम्बार फोन आएपछि आफूले प्रक्रिया अगाडि बढाउन भनेको र अन्तिममा बेलुकी कार्यालय आएर हतारमा सही गरेको थिएँ,’ गौर भन्सार प्रमुख नेपालले अनलाइनखबरसँग भने, ‘कार्यालयमा काम गर्ने कर्मचारीहरुले मलाई ‘गुड फेथ’ मा लिएर सही गराए ।’

भन्सारबाट लिलामीको प्रक्रिया सम्पन्न भएपछि जिल्ला प्रशासन कार्यालय रौतहटले छानबिनको लागि कागजपत्र माग गर्दै चिठी पठाएको र त्यसपछि आफूले कागजपत्र जाँच गर्दार् त्रुटी फेला परेको प्रमुख नेपालले बताए ।

भन्सार कार्यालयका कर्मचारीको बदमासीका कारण आधा मूल्यमा सोमबार बेलुका मल लिलाम भएको भन्ने सूचना पाएपछि जिल्ला प्रशासन कार्यालय रौतहटले त्यस सम्बन्धी कागजपत्र मंगलबार झिकाएको थियो । रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले प्रारम्भिक अध्ययनमा लिलामी प्रक्रिया शंकास्पद देखिएको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । बसपार्क अगाडि सडक छेउमा *काफल बेचिरहेकी एक महिलालाई नगर प्रहरीले लछारपछार पारेको* घटना सार्वजनिक भएको छ। *घटना विवरण:* प्रत्यक्षदर्शीहरूका अनुसार महिला सडक छेउमा फलफूल बेच्दै गर्दा नगर प्रहरीले ठाउँ खाली गर्न भन्दै सामान उठाउन खोजेका थिए। त्यस क्रममा दुवै पक्षबीच भनाभन भएपछि नगर प्रहरीले महिलालाई बल प्रयोग गरेको आरोप छ। घटनाको भिडियो सामाजिक […]

बाँके । जमुनाह नाकामा* भन्सार छली गरी सामान ल्याउन एक व्यक्तिले अनौठो उपाय अपनाएको फेला परेको छ। *घटना विवरण:* सशस्त्र प्रहरीले चेकजाँचका क्रममा एक व्यक्तिको शरीरमा *४ वटा लेडिज कुर्ता* एकैपटक लगाएको देखेपछि शंका लागेर नियन्त्रणमा लिएको हो। सोधपुछ गर्दा उनले भन्सार नतिरी सामान भित्र्याउन यस्तो गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। *उद्देश्य:* अधिक मात्रामा […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको विशेष प्रहरी टोलीले जमुनाहा सिमानाकास्थित एक होटलबाट लाखौं रुपैयाँ बराबरको अवैध किराना सामान* बरामद गरेको छ। *घटना विवरण:* सूचनाका आधारमा खटिएको टोलीले होटेलमा भण्डारण गरी राखिएको अवस्थामा भन्सार छली गरेर भारतबाट ल्याइएका किराना सामान फेला पारेको थियो। सामानको बिल, भन्सार कागजात नभेटिएपछि सबै सामान नियन्त्रणमा लिइएको हो। नजिकै रहेको […]

error: Content is protected !!