०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

सीतारामको नामले जेल बसेका सन्तकुमार ७ वर्षपछि अदालतले निर्दोष सावित

Logo
प्रकाशित मंगलबार, जेठ ०९, २०८०

(राजन थारू)
धनगढी । कैलालीको भजनी नगरपालिका ६ को नवलपुरका सन्तकुुमार चौधरी ७ वर्षको काराबासपछि पुरानै पेसा, व्यवसायमा फर्किएका छन् ।गाउँघरमा सीतारामको नामले परिचित सन्तकुमारलाई २०७२ सालमा भएको टीकापुर घटनामा संलग्न भएको अभियोगमा प्रहरीले पक्राउ गरेको थियो ।

वास्तविक नाम सन्तकुमार भए पनि प्रहरीले उनलाई बिद्रोह भनिने सीताराम चौधरीको नामबाट पक्राउ गरेर मुद्दा चलाएको थियो । हुुनत सन्तकुमार चौधरीको नाममा पनि मुद्दा चलाइएको थियो तर सन्तकुमारलाई फरारको सूचीमा राखिएको थियो ।

जिल्ला अदालत कैलालीले २०७५ फागुन २२ गते टीकापुर घटनासम्बन्धी मुद्दामा फैसला गर्दै सन्तकुमारलाई जन्मकैदको फैसला सुनायो ।

उनी जिल्लाको फैसला बदर गर्न माग गर्दै उच्च अदालत दिपायल पुगे तर उच्च अदालतले पनि जिल्लाकै फैसला सदर गरिदिएपछि कारागार बस्नुपर्ने बाहेक विकल्प उनीसँग रहेन ।

‘म पहिलेदेखि गाउँमा होटल र मासु पसल चलाउदथें । घटना भएको दिनबंगुर काटेर मासु बिक्रिगर्न टीकापुर गएको थिए,’ चौधरीले अनलाइनखबरसँग भने, ‘तर आफ्नो कामले टीकापुर गएको मलाई प्रहरीले पक्राउ गरेर मुद्दा चलायो । अनाहकमा ७ वर्ष जेल बस्नुर्‍यो। ढिलै भए पनि सर्वोच्चबाट न्याय पाएँ । खुसी छु ।’

चौधरीले न्यायिक निरुपणका क्रममा आफू बिद्रोह भनिने सीताराम नभएर सन्तकुमार भएको बारम्बार प्रहरी, सरकारी वकिल र न्यायाधीशलाई भनिरहे तर उनको कुरा कसैले सुनेनन् ।

कैलालीको भजनी नगरपालिका-६ को नवलपुरका सन्तकुुमार चौधरी ७ वर्षको काराबासपछिपुरानै पेसा, व्यवसायमा फर्किएका छन् ।गाउँघरमा सीतारामको नामले परिचित सन्तकुमारलाई २०७२ सालमा भएको टीकापुर घटनामा संलग्न भएको अभियोगमा प्रहरीले पक्राउ गरेको थियो ।

वास्तविक नाम सन्तकुमार भए पनि प्रहरीले उनलाई बिद्रोह भनिने सीताराम चौधरीको नामबाट पक्राउ गरेर मुद्दा चलाएको थियो । हुुनत सन्तकुमार चौधरीको नाममा पनि मुद्दा चलाइएको थियो तर सन्तकुमारलाई फरारको सूचीमा राखिएको थियो ।

जिल्ला अदालत कैलालीले २०७५ फागुन २२ गते टीकापुर घटनासम्बन्धी मुद्दामा फैसला गर्दै सन्तकुमारलाई जन्मकैदको फैसला सुनायो ।

उनी जिल्लाको फैसला बदर गर्न माग गर्दै उच्च अदालत दिपायल पुगे तर उच्च अदालतले पनि जिल्लाकै फैसला सदर गरिदिएपछि कारागार बस्नुपर्ने बाहेक विकल्प उनीसँग रहेन ।

‘म पहिलेदेखि गाउँमा होटल र मासु पसल चलाउदथें । घटना भएको दिनबंगुर काटेर मासु बिक्रिगर्न टीकापुर गएको थिए,’ चौधरीले अनलाइनखबरसँग भने, ‘तर आफ्नो कामले टीकापुर गएको मलाई प्रहरीले पक्राउ गरेर मुद्दा चलायो । अनाहकमा ७ वर्ष जेल बस्नुर्‍यो। ढिलै भए पनि सर्वोच्चबाट न्याय पाएँ । खुसी छु ।’

चौधरीले न्यायिक निरुपणका क्रममा आफू बिद्रोह भनिने सीताराम नभएर सन्तकुमार भएको बारम्बार प्रहरी, सरकारी वकिल र न्यायाधीशलाई भनिरहे तर उनको कुरा कसैले सुनेनन् ।

२०७३ वैशाख २७ गते पक्राउ पर्दा समेत चौधरीलाई प्रहरीले अभियोग बताएको थिएन । त्यो कुरा कारागार पुगेपछि मात्र उनले थाहा पाए । उनी पक्राउ परेपछि पनि प्रहरीले सन्तकुमार खै भन्दै पटक-पटक उनको घरमा गएर दुःख दिइरह्यो । सीताराम नै सन्तकुमार हुन भन्दा प्रहरीले विश्वास नै गरेन ।

यो बीचमा सीताराम र सन्तकुमार दुवै एउटै व्यक्ति हो भनेर प्रमाणित गराउन उनको परिवारले निकै दौडधुप र सकस भोग्नुपर्‍यो । उनकी पत्नी यमुनाले श्रीमानको न्यायका लागि कुनै कसर बाँकी राखिनन् ।

जिल्ला अदालतको फैसलाविरुद्ध २ पुस २०७७ मा उनले उच्च अदालत दिपायलमा पुनरावेदन गरिन् तर उच्चले जिल्लाकै फैसला सदर गरिदियो । सर्वोच्च अदालतले २ जेठमा गरेको फैसलाले भने चौधरीलाई सफाइ दिएपछि दिन त फेरिएका छन् तर विनाकसुर ७ वर्षसम्म जेल सजाय भोग्नुपरेको पीडाको लेखाजोखा गरिसाध्य छैन ।

‘सर्वोच्च अदालतले न्याय दिएपछि म पुरानै पेसा व्यवसायमा फर्किएको छु तर विनाकारण राज्यले ७ वर्षसम्म जेलमा हाल्दा मैले र मेरो परिवारले भोग्नुपरेको पीडा, दुःखको अनुभूति हामीलाई भन्दा कसलाई पो हुन्छ र,’ चौधरीले भने, ‘यो घटनामा म जस्तै धेरै निर्दोष फसाइएकाले राम्रोसँग छानबिन गरेर सबैलाई न्याय दिनुपर्छ ।’ योभन्दा अघि चौधरी कहिल्यै पनि प्रहरी हिरासत वा कारागार बसेका थिएनन् ।
जेठ २ गते जेलमुक्त भएका चौधरी उनको अनुपस्थितिमा श्रीमती यमुना र छोरीहरुले सम्हालेको होटल तथा मासु व्यवसायमा फर्किएर पुराना पीडा भुलाउन थालेका छन् । तर ७ भदौ २०७२ मा मारिएका नाबालकसहित ८ जना सुरक्षाकर्मीको ज्यान जानेगरी भएको टीकापुर घटनाको निष्पक्ष छानबिन नभएको अनुभव उनी गर्छन् । यो घटनामा दोषीलाई कारबाही र निर्दोषलाई सफाइ दिन राज्य तयार हुनुपर्ने भनाइ उनको छ ।

चौधरीसँगै यो मुद्दामा ७ वर्ष कैद सजाय भोगेर सर्वोच्च अदालतबाट सफाइ पाएका गंगाराम चौधरी भने अर्को मुद्दाका कारण रिहा हुन सकेका छैनन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । बसपार्क अगाडि सडक छेउमा *काफल बेचिरहेकी एक महिलालाई नगर प्रहरीले लछारपछार पारेको* घटना सार्वजनिक भएको छ। *घटना विवरण:* प्रत्यक्षदर्शीहरूका अनुसार महिला सडक छेउमा फलफूल बेच्दै गर्दा नगर प्रहरीले ठाउँ खाली गर्न भन्दै सामान उठाउन खोजेका थिए। त्यस क्रममा दुवै पक्षबीच भनाभन भएपछि नगर प्रहरीले महिलालाई बल प्रयोग गरेको आरोप छ। घटनाको भिडियो सामाजिक […]

बाँके । जमुनाह नाकामा* भन्सार छली गरी सामान ल्याउन एक व्यक्तिले अनौठो उपाय अपनाएको फेला परेको छ। *घटना विवरण:* सशस्त्र प्रहरीले चेकजाँचका क्रममा एक व्यक्तिको शरीरमा *४ वटा लेडिज कुर्ता* एकैपटक लगाएको देखेपछि शंका लागेर नियन्त्रणमा लिएको हो। सोधपुछ गर्दा उनले भन्सार नतिरी सामान भित्र्याउन यस्तो गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। *उद्देश्य:* अधिक मात्रामा […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको विशेष प्रहरी टोलीले जमुनाहा सिमानाकास्थित एक होटलबाट लाखौं रुपैयाँ बराबरको अवैध किराना सामान* बरामद गरेको छ। *घटना विवरण:* सूचनाका आधारमा खटिएको टोलीले होटेलमा भण्डारण गरी राखिएको अवस्थामा भन्सार छली गरेर भारतबाट ल्याइएका किराना सामान फेला पारेको थियो। सामानको बिल, भन्सार कागजात नभेटिएपछि सबै सामान नियन्त्रणमा लिइएको हो। नजिकै रहेको […]

error: Content is protected !!