०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

भारतीय नोट १ लाख तिहत्तर हजार मोटरसाइकलसहित १ जना पक्राउ

Logo
प्रकाशित मंगलबार, जेठ ०९, २०८०


ABC (क्राईमबिट)
पर्सा । विरगंज महानगरपालिका वडा नं.१६ रजत जयन्ती चोकस्थित सडकखण्डमा यस ईनर्वा चौकी पर्साबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतको रक्सौल तर्फबाट वीरगञ्ज बजार तर्फ एक जना पुरुष व्यक्ति पछाडी नेबी ब्लु रंगको झोला बोकी ना २ प १११३ नं.को हिरो होण्डा मोटरसाईकल चलाई आईरहेको अवस्थामा शंका लागी निजलाई रोकी चेकजाँच गर्ने क्रममा खानतलासी गर्दा जिल्ला बारा कलैया उ.म.न.पा.वडा नं.१८ मोतिसर टोल बस्ने अंनदाजी वर्ष ५४ को मेहीलाल प्रसाद साहले पछाडी भिरेको नेवी ब्लु रंगको झोला भित्र लुकाई छिपाई राखेको अवस्थामा भारतीय रु.५००।- दरका नोट ३४६ थान, रु.२००।- दरका नोट ३ थान र रु.१००।- का नोट ३ थान गरी जम्मा भारतीय रु. १,७३,९००।-(एक लाख तिहत्तर हजार नौ सय ) प्रतिवन्धित भारतीय नोट फेला परेकोले उक्त भारतीय नोटहरु र ईन्जिन नम्वर 99E17M1531 चेचिस नम्वर QQE1QC01544 भएको ना २ प १११३ नं.कोहिरो होण्डा मोटरसाईकल समेत बरामद गरी निज मेहीलाल प्रसाद साहलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि मिति २०८०।०२।०९ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको पर्सा जिल्ला प्रहरी कार्यालयका प्र्वक्ता एवम् प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी गराउनु भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । बसपार्क अगाडि सडक छेउमा *काफल बेचिरहेकी एक महिलालाई नगर प्रहरीले लछारपछार पारेको* घटना सार्वजनिक भएको छ। *घटना विवरण:* प्रत्यक्षदर्शीहरूका अनुसार महिला सडक छेउमा फलफूल बेच्दै गर्दा नगर प्रहरीले ठाउँ खाली गर्न भन्दै सामान उठाउन खोजेका थिए। त्यस क्रममा दुवै पक्षबीच भनाभन भएपछि नगर प्रहरीले महिलालाई बल प्रयोग गरेको आरोप छ। घटनाको भिडियो सामाजिक […]

बाँके । जमुनाह नाकामा* भन्सार छली गरी सामान ल्याउन एक व्यक्तिले अनौठो उपाय अपनाएको फेला परेको छ। *घटना विवरण:* सशस्त्र प्रहरीले चेकजाँचका क्रममा एक व्यक्तिको शरीरमा *४ वटा लेडिज कुर्ता* एकैपटक लगाएको देखेपछि शंका लागेर नियन्त्रणमा लिएको हो। सोधपुछ गर्दा उनले भन्सार नतिरी सामान भित्र्याउन यस्तो गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। *उद्देश्य:* अधिक मात्रामा […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको विशेष प्रहरी टोलीले जमुनाहा सिमानाकास्थित एक होटलबाट लाखौं रुपैयाँ बराबरको अवैध किराना सामान* बरामद गरेको छ। *घटना विवरण:* सूचनाका आधारमा खटिएको टोलीले होटेलमा भण्डारण गरी राखिएको अवस्थामा भन्सार छली गरेर भारतबाट ल्याइएका किराना सामान फेला पारेको थियो। सामानको बिल, भन्सार कागजात नभेटिएपछि सबै सामान नियन्त्रणमा लिइएको हो। नजिकै रहेको […]

error: Content is protected !!