०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

महिलाकाण्डमा परेका सशस्त्र इन्सपेक्टर कारबाहीमा ३ बर्ष सम्म बढुवा रोक्का हुने

Logo
प्रकाशित बुधबार, जेठ १०, २०८०

ABC (क्राईमबिट)
काठमाडौं । पदीय आचरण विपरित कार्य गर्ने एक सशस्त्र प्रहरी निरीक्षकलाई सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले कारवाही गरेको छ ।

एक विवाहित महिलासँगको नाजायज सम्बन्ध र त्यसले पारिवारिक जीवनमा खेलबाड गरेको भन्ने मुख्यालयमा उजुरी परेपछि आन्तरिक छानविन पछि सशस्त्र प्रहरी निरीक्षक राम चन्द्र खड्कालाई तीन वर्ष बढुवा रोक्का गरिएको हो ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गण रौतहटमा कार्यरत उनलाई सशस्त्र प्रहरी नियमावली २०७२ को परिच्छेद १३ को नियम ११२ को उपनियम (१) को खण्ड (ख) अनुसारको कसुरमा कारबाही भएको स्रोत बताउँछ । नियमावलीको नियम ११५ को उपनियम (१) को देहाय (६) ले दिएको अधिकार प्रयोग गरी कारवाही भएको हो । उनलाई २०८० जेष्ठ ८ गतेदेखि लागू हुने गरी ३ (तीन) वर्ष बढुवा रोक्काको कारवाही गरिएको छ ।

आफु विवाहित रहेका खड्का अर्काकी श्रीमतीसँग लागेर घरबार बिगारेको भनेर विभिन्न निकायमा उजुरी परेको थियो । त्यस विषयमा समाचारहरु समेत आएका थिए । त्यसपछि सशस्त्रले छानबिन गरी कारबाही गरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । बसपार्क अगाडि सडक छेउमा *काफल बेचिरहेकी एक महिलालाई नगर प्रहरीले लछारपछार पारेको* घटना सार्वजनिक भएको छ। *घटना विवरण:* प्रत्यक्षदर्शीहरूका अनुसार महिला सडक छेउमा फलफूल बेच्दै गर्दा नगर प्रहरीले ठाउँ खाली गर्न भन्दै सामान उठाउन खोजेका थिए। त्यस क्रममा दुवै पक्षबीच भनाभन भएपछि नगर प्रहरीले महिलालाई बल प्रयोग गरेको आरोप छ। घटनाको भिडियो सामाजिक […]

बाँके । जमुनाह नाकामा* भन्सार छली गरी सामान ल्याउन एक व्यक्तिले अनौठो उपाय अपनाएको फेला परेको छ। *घटना विवरण:* सशस्त्र प्रहरीले चेकजाँचका क्रममा एक व्यक्तिको शरीरमा *४ वटा लेडिज कुर्ता* एकैपटक लगाएको देखेपछि शंका लागेर नियन्त्रणमा लिएको हो। सोधपुछ गर्दा उनले भन्सार नतिरी सामान भित्र्याउन यस्तो गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। *उद्देश्य:* अधिक मात्रामा […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको विशेष प्रहरी टोलीले जमुनाहा सिमानाकास्थित एक होटलबाट लाखौं रुपैयाँ बराबरको अवैध किराना सामान* बरामद गरेको छ। *घटना विवरण:* सूचनाका आधारमा खटिएको टोलीले होटेलमा भण्डारण गरी राखिएको अवस्थामा भन्सार छली गरेर भारतबाट ल्याइएका किराना सामान फेला पारेको थियो। सामानको बिल, भन्सार कागजात नभेटिएपछि सबै सामान नियन्त्रणमा लिइएको हो। नजिकै रहेको […]

error: Content is protected !!