
(सागर थापा)
कपिलवस्तु । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी उमेशराज जोशी जिल्ला प्रहरी कार्यालय कपिलवस्तु तौलिहवाको निरीक्षण गर्नु भएको छ ।
निरीक्षणको सिलसिलामा कार्यालयको सम्पूर्ण शाखाहरु हिरासत ब्यारेक कम्पाउण्डको निरीक्षण गरी जिल्लामा कार्यरत सम्पूर्ण प्रहरी अधिकृत तथा जवानहरुलाई प्रहरीको काम कर्तव्य, जिम्मेवारी, अधिकार,प्रहरी कर्मचारीले पालना गर्नु पर्ने आचारसंहिता,प्रहरी काम कारवाहीमा मानव अधिकारको संरक्षण,अनुचित लाभमा शुन्य सहनसिलता,प्रहरी कर्मचारीको सेवा सुबिधा लगायत विषयमा अमुल्य निर्देशन प्रदान गर्नु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तु तौलिहवाका प्रहरी प्रमुख एसपी प्रेम बस्नेतले जानकारी दिनुभएको छ ।