०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

पर्सा प्रहरीले आईपिएलमा सट्टाबाजि गरेकाे आरोपमा ४ जना पक्राउ

Logo
प्रकाशित शुक्रबार, जेठ १२, २०८०

ABC (क्राईमबिट)
पर्सा । बिरगंज आइपिएल अन्तर्गत बुधबार राति भएको मुम्बई र लखनउबीचको म्याचमा अनलाइन सटाबाजी गर्ने ४ जनालाई वीरगञ्ज–१५ स्थित सञ्जय श्रीवास्तवको घर बाट प्रहरीले पक्राउ गरेका थिए ।

पक्राउ पर्नेहरुमा बारा कलैया उपमहानगरपालिका वडा नाे.४ का सरोज साह,सर्लाही रामनगर गाउँपालिका वडा नाे.६ काे सन्तोष कुमार यादव,जिल्ला पर्सा वीरगन्ज महानगरपालिका–२४ का धुरेन्द्र यादव र भारत उत्तर प्रदेशका गोरखपुर देवरियाका मुन्ना भन्ने धर्मनाथ प्रसाद जैसवाल रहेको पर्सा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरि नायब उपरीक्षक दिपक गिरीले जानकारी गराउनु भएको छ।

पक्राउ परेका ४ जनाको साथबाट सट्टाबाजीमा प्रयोग भएको मोबाइल, ल्यापटप तथा नेपाली नगद तीन लाख ९० हजार ५०० र भारतीय नगद १५ हजार ७५० रुपैयाँ, खेलको लाइभ हेर्न प्रयोग भएको एलईडी समेत बरामद गरिएको पर्साका प्रहरी प्रबक्ता डिएसपी दीपक गिरीले जानकारी दिए।

पक्राउ परेका चारै जनालाई अनलाइन सटाबाजी सबन्धी कसुरमा जिल्ला प्रशासन पर्साबाट म्याद थप गरि कारवाही प्रक्रिया अघि बढाइएको गिरीले बताए।हरेक बर्ष बारा र पर्सा बाट आइपिएलमा सटाबाजी गरेको आरोपमा प्रहरीले पक्राउ गर्ने गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । बसपार्क अगाडि सडक छेउमा *काफल बेचिरहेकी एक महिलालाई नगर प्रहरीले लछारपछार पारेको* घटना सार्वजनिक भएको छ। *घटना विवरण:* प्रत्यक्षदर्शीहरूका अनुसार महिला सडक छेउमा फलफूल बेच्दै गर्दा नगर प्रहरीले ठाउँ खाली गर्न भन्दै सामान उठाउन खोजेका थिए। त्यस क्रममा दुवै पक्षबीच भनाभन भएपछि नगर प्रहरीले महिलालाई बल प्रयोग गरेको आरोप छ। घटनाको भिडियो सामाजिक […]

बाँके । जमुनाह नाकामा* भन्सार छली गरी सामान ल्याउन एक व्यक्तिले अनौठो उपाय अपनाएको फेला परेको छ। *घटना विवरण:* सशस्त्र प्रहरीले चेकजाँचका क्रममा एक व्यक्तिको शरीरमा *४ वटा लेडिज कुर्ता* एकैपटक लगाएको देखेपछि शंका लागेर नियन्त्रणमा लिएको हो। सोधपुछ गर्दा उनले भन्सार नतिरी सामान भित्र्याउन यस्तो गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। *उद्देश्य:* अधिक मात्रामा […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको विशेष प्रहरी टोलीले जमुनाहा सिमानाकास्थित एक होटलबाट लाखौं रुपैयाँ बराबरको अवैध किराना सामान* बरामद गरेको छ। *घटना विवरण:* सूचनाका आधारमा खटिएको टोलीले होटेलमा भण्डारण गरी राखिएको अवस्थामा भन्सार छली गरेर भारतबाट ल्याइएका किराना सामान फेला पारेको थियो। सामानको बिल, भन्सार कागजात नभेटिएपछि सबै सामान नियन्त्रणमा लिइएको हो। नजिकै रहेको […]

error: Content is protected !!