०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

नगरप्रमुख स्तरीय निर्णय फिर्ता नभएसम्म संघर्षमा उत्रने उपमहानगरलाई अस्थायी शिक्षकको चेतावनी

Logo
प्रकाशित शनिबार, जेठ १३, २०८०

(ABC-Sanchar)
बारा । जीतपुरसिमरा उपमहानगरपालिका छेत्री भित्र कार्यरत रहेको राहत तथा अस्थायी शिक्षकले बैशाख १३ गतेको नगर प्रमुख स्तरीय निर्णय फिर्ता नभएसम्म संघर्षमा उत्रने उपमहानगरलाई चेतावनी दिएकाे छ ।

 

शुक्रवार सिमरामा सम्पन्न भएको शिक्षक संगठनको एकता भेलाले राहत तथा अस्थायी शिक्षकको म्याद थप गर्नुपर्ने नगर प्रमुख स्तरीय निर्णय फिर्ता नभए आन्दोलन गर्ने चेतावनी दिएका छन । नगर प्रमुख स्तरीय उक्त निर्णयमा उपमहानगरपालिका छेत्र अन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत अस्थायी, राहत, बालबिकास सहजकर्ता र विद्यालय कर्मचारीको एक वर्षको करार म्याद विद्यालय व्यवस्थापन समितिको बैठकबाट थप गर्नुपर्ने उक्त म्याद थपको पत्र बैशाख ३१ गतेसम्म कार्यालयमा बुझाउनुपर्ने उल्लेख छ । तर राहत तथा अस्थायी शिक्षक भने नगर प्रमुख स्तरीय उक्त निर्णयमा सन्तुष्ट छैन।भेलाले उक्त निर्णय तत्काल फिर्ता लिन नगर प्रमुख राजन पौडेलसंग माग गरेको छ ।

 

बैशाख १३ गते नगर प्रमुख स्तरीय निर्णय भएको उल्लखे गर्दै सामुदायिक विद्यालयलाई सम्बोधन गरेर उपमहानगरपालिको शिक्षा महाशाखाबाट पत्र जारी भएपछि शिक्षकहरु असन्तुष्ट भएका थिए । जीतपुरसिमरा उपमहानगवालिकाकाे शिक्षकहरुले नगर प्रमुख राजन पौडेललाई भेटेर उक्त निर्णय सच्याउन माग समेत गरेका थिए । तर नगर प्रमुख राजन पौडेल उक्त निर्णय सच्याउन तयार नरहेको ।राहत शिक्षक संघर्ष समितिका केन्द्रीय सहसंयोजक विनोद पासवानले यस्तो निर्णयविरुद्ध सबै शिक्षकहरुले आन्दोलन गर्नुपर्ने बताएका छन ।

 

विद्यालय व्यवस्थापन समितिकाे तर्फबाट प्रत्येक वर्ष करार म्याद थप गर्नुपर्ने निर्णयले समग्र शिक्षामा राजनीतिक हस्तक्षेप हुने शिक्षक संगठनको तर्क छ । नगर प्रमुखले शिक्षा ऐन विपरितको निर्णय गरेको शिक्षक संगठनले दावी गरेका छन । भेलामा नेपाल शिक्षक महासंघ जीतपुरसिमराका अध्यक्ष शंकर आचार्यले उपमहानगरपालिकाको निर्णयविरुद्ध संघर्षमा उत्रनुपर्ने जानकारी गराएको छ।

 

नगर प्रमुख स्तरीय निर्णय भन्दै शिक्षकमाथी गरिएको आक्रमणविरुद्ध लड्नुपर्ने र त्यसका लागि सबै शिक्षक संगठनहरु एकताबद्ध भएर आन्दोलनका कार्यक्रम घोषणा गर्नुपर्ने बताए ।भेलाले उक्त निर्णय सच्याउनका लागि दवाव दिने उदेश्यले बरुण गौतमको संयोजकत्वमा गठित १० सदस्यीय सघर्ष समितिलाई परिचालन गर्ने निर्णय गरेको छ । उक्त समितिमार्फत संघर्षका कार्यक्रम सार्वजनिक गर्ने निर्णय बैठकले गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जमुनाह नाकामा* भन्सार छली गरी सामान ल्याउन एक व्यक्तिले अनौठो उपाय अपनाएको फेला परेको छ। *घटना विवरण:* सशस्त्र प्रहरीले चेकजाँचका क्रममा एक व्यक्तिको शरीरमा *४ वटा लेडिज कुर्ता* एकैपटक लगाएको देखेपछि शंका लागेर नियन्त्रणमा लिएको हो। सोधपुछ गर्दा उनले भन्सार नतिरी सामान भित्र्याउन यस्तो गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। *उद्देश्य:* अधिक मात्रामा […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको विशेष प्रहरी टोलीले जमुनाहा सिमानाकास्थित एक होटलबाट लाखौं रुपैयाँ बराबरको अवैध किराना सामान* बरामद गरेको छ। *घटना विवरण:* सूचनाका आधारमा खटिएको टोलीले होटेलमा भण्डारण गरी राखिएको अवस्थामा भन्सार छली गरेर भारतबाट ल्याइएका किराना सामान फेला पारेको थियो। सामानको बिल, भन्सार कागजात नभेटिएपछि सबै सामान नियन्त्रणमा लिइएको हो। नजिकै रहेको […]

काठमाडौं । सशस्त्र प्रहरीले *लितपुरको चाँगाथलीबाट नक्कली मदिरा उत्पादनमा सक्रिय गिरोहका ४ जनालाई* पक्राउ गरेको छ। *पक्राउ परेकाहरू:* 1. मनोज खत्री, ३० वर्ष – रामेछाप, खाँडादेवी गाउँपालिका–२ 2. विनोद तामाङ, २८ वर्ष – रामेछाप, खिम्ती गाउँपालिका 3. विवेक तामाङ, २६ वर्ष – रामेछाप, खिम्ती गाउँपालिका 4. छिदेन निमा तामाङ, २ वर्ष – सिन्धुपाल्चोक, बाह्रविसे नगरपालिका–६ […]

error: Content is protected !!