०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

ऋण र मुद्दा मिलाउने भन्दै वडाध्यक्ष पालद्वारा यौन प्रस्तावको दबाव एकल महिलाको आरोप ?

Logo
प्रकाशित सोमबार, जेठ १५, २०८०

 

ABC (क्राईमबिट)

रौतहट । जिल्लामा एकजना वडा अध्यक्षले ऋण मिनाहा गराउने र मुद्दा मिलाइदिने भन्दै एकल महिलालाई पटक– पटक यौन सम्बन्ध बनाउनका लागि प्रस्ताव राख्दै आएको खुलेको छ ।

जिल्लाको बृन्दावन नगरपालिका–७ का वडाअध्यक्ष मदन पाल भनिने जगरनाथ प्रसाद भेडिहरले आफनै गाउँकै एक एकल महिलालाई सहकारी संस्थाबाट लिएको ऋण र प्रहरीमा परेको मुद्दा मिलाइ दिने भन्दै पटक–पटक यौन प्रस्ताव राख्दै आएको पीडित महिलाले आरोप लगाएकी छन् । नेकपा एकीकृत समाजवादीबाट निर्वाचित वडा अध्यक्ष पालले आफ्नो पदीय मर्यादा नै बिर्सेर यस्तो हर्कत गरेको पाइएको छ । पीडित महिलाले सञ्चारकर्मीसंग कुराकानी गर्दै आफूले साना किसान कृषि सहकारी संस्थाबाट लिएको ऋण र प्रहरीमा परेको मुद्दा मिलाइ दिन्छु भन्दै वडा अध्यक्ष पालले आफूसंग अनैतिक सम्बन्ध राख्न आफूलाई पटक–पटक दबाब दिएको आरोप लगाएकी छन् ।
करिब ६ वर्ष अघि वृन्दावन नगरपालिकाको धमौरामा रहेको साना किसान कृषि सहकारी संस्थाबाट घर व्यवहार चलाउन ती महिलाका श्रीमानले ३ लाख रुपैयाँ ऋण (कर्जा) लिएका थिए । सो सहकारी संस्थामा धितो वापत आफूहरु बसोबास गर्ने घर सहितको १३ धुर जग्गा राखेर उक्त ऋण लिएको र ऋण लिएको ५ वर्षपछि श्रीमानको मृत्यु भएको ती महिलाले बताइन् । सो पैसा ब्याज र सावा सहित अहिले पाँच लाख पुगेको छ । वडा अध्यक्ष पालले नै उक्त सहकारीबाट ऋण निकाल्न सहयोग गरेका थिए । आफूसंग शारीरिक सम्पर्क राखे सहकारीबाट लिएको पुरै ऋण नै मिनाहा गराइदिने भन्दै वडा अध्यक्ष पालले ती महिलालाई पटक–पटक शारीरिक सम्पर्क राख्न प्रस्ताव गरेका थिए । तर वडा अध्यक्ष पालको सो प्रस्ताव ती महिलाले अस्वीकार गरेकी थिइन् । आफूले उनको यौन प्रस्ताव अस्वीकार गरेपछि वडा अध्यक्ष पालले आफूलाई बलजबर्जस्ती झुटो मुद्दामा फँसाउने नियतले छिमेकीसंग गर्भपतनको मुद्दा दिन लगाएको उनले बताइन् । गाउँलेसँग भएको वादविवादको क्रममा कुटेर एक जना महिलाको गर्भ तुहाइदिएको भन्दै वडा अध्यक्ष पालले छिमेकी संग आफू विरुद्ध गर्भपतनको मुद्दा दिन लगाएर ७ लाख विगो दाबी गरेको उनले बताइन । आफू सो झगडामा सहभागी नभएको भए पनि वडा अध्यक्ष पालले बलजबर्जस्ती आफनो नाम राखेर मुद्दा दिन लगाएको उनले गुनासो पोखिन ।

आफूसंग यौन सम्बन्ध नराखे बलात्कार नै गरिदिने र ज्यानसमेत मार्ने धम्की पालले दिनेगरेको उनले आरोप लगाइन् । श्रीमानको मृत्यु पछि आफना एक जना छोरा र तीन जना छोरी गरी चार जना बाल बच्चालाई जसो तसो श्रम गरेर गुजारा चलाइरहेको अवस्थामा वडा अध्यक्ष पालले यतिखेर घर खाली गर्न समेत दबाब दिने गरेको उनले आरोप लगाईन । यस सम्बन्धमा वडा अध्यक्ष पालसंग सोध्दा ती महिलाले आफूमाथि निराधार आरोप लगाएको बताए । आफू प्रत्यक्ष वा फोनमार्फत ती महिलालाई कहिल्यै त्यस्तो प्रस्ताव नगरेको वडाअध्यक्ष पालले दाबी गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जमुनाह नाकामा* भन्सार छली गरी सामान ल्याउन एक व्यक्तिले अनौठो उपाय अपनाएको फेला परेको छ। *घटना विवरण:* सशस्त्र प्रहरीले चेकजाँचका क्रममा एक व्यक्तिको शरीरमा *४ वटा लेडिज कुर्ता* एकैपटक लगाएको देखेपछि शंका लागेर नियन्त्रणमा लिएको हो। सोधपुछ गर्दा उनले भन्सार नतिरी सामान भित्र्याउन यस्तो गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। *उद्देश्य:* अधिक मात्रामा […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको विशेष प्रहरी टोलीले जमुनाहा सिमानाकास्थित एक होटलबाट लाखौं रुपैयाँ बराबरको अवैध किराना सामान* बरामद गरेको छ। *घटना विवरण:* सूचनाका आधारमा खटिएको टोलीले होटेलमा भण्डारण गरी राखिएको अवस्थामा भन्सार छली गरेर भारतबाट ल्याइएका किराना सामान फेला पारेको थियो। सामानको बिल, भन्सार कागजात नभेटिएपछि सबै सामान नियन्त्रणमा लिइएको हो। नजिकै रहेको […]

काठमाडौं । सशस्त्र प्रहरीले *लितपुरको चाँगाथलीबाट नक्कली मदिरा उत्पादनमा सक्रिय गिरोहका ४ जनालाई* पक्राउ गरेको छ। *पक्राउ परेकाहरू:* 1. मनोज खत्री, ३० वर्ष – रामेछाप, खाँडादेवी गाउँपालिका–२ 2. विनोद तामाङ, २८ वर्ष – रामेछाप, खिम्ती गाउँपालिका 3. विवेक तामाङ, २६ वर्ष – रामेछाप, खिम्ती गाउँपालिका 4. छिदेन निमा तामाङ, २ वर्ष – सिन्धुपाल्चोक, बाह्रविसे नगरपालिका–६ […]

error: Content is protected !!