०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

सरुवा र बढुवामा बिचौलिया १० महिना पुगिसकेका एसपीहरुको सरुवा तयारी

Logo
प्रकाशित मंगलबार, जेठ १६, २०८०


ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीमा एसपी, डिएसपी र इन्सपेक्टरको सरुवा तयारी अघि बढेको छ । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर र गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच सरुवाको विषयमा छलफल चल्दै आएको स्रोत बताउँछ ।

एसपी सरुवामा विभिन्न जिल्लाका इन्चार्जहरु पनि फेरिने छन् । सुनसरी, इलाम, नुवाकोट, उदयपुर, कपिलवस्तु, रौतहट, मकवानपुर, बारा, डोटी, कास्की, भक्तपुर लगायत जिल्लाका एसपीको सरुवा गर्न लागिएको छ ।

सुनसनरीमा प्रभु ढकाल, उदयरपुरमा ज्ञानेन्द्र फुयाल, इलाममा दिलिप घिमिरे, नुवााकोटमा रमेश पण्डित, मकवानपुरमा वामदेव गौतम, कास्कीमा अजय केसी, कपिलवस्तुमा प्रेम बस्नेत, बारामा होबिन्द्र बोगटी, रौतहटमा बीरबहादुर बुढा कार्यरत छन् ।

उनीहरुको १० महिनाको अवधि पुगिसकेकाले सरुवा हुन लागेको हो । एसपी सरुवाका लागि गृहमन्त्री निकट व्यक्तिहरु लागेका छन् । त्यस्तै, बढुवा हुने लगत्तै तराईका जिल्लामा खटिएका विश्वराज खड्का, दुर्गा रेग्मी, नरेराज सुवेशी, कोमल शाह, सुधीर शाही लगायत केहीलाई हटाइने सम्भावना छ । कार्यसम्पादन राम्रो नभएकाहरुलाई हटाउने तयारी छ ।

त्यस्तै, केही डिएसपी र इन्सपेक्टरको पनि सरुवा तयारी भइरहेको छ । विगतमा केहीलाई आर्थिक चलखेलको आधारमा नियमविपरीत काज खटाइएकोमा उनीहरुको संशोधन हुने सम्भावना छ । त्यो रोक्नका लागि पनि चलखेल भइरहेको छ ।

उता इन्सपेक्टरबाट डिएसपी बढुवा पनि पेचिलो बनेको छ । ४४ रिक्त पदमा एक सय ४४ इन्सपेक्टरबीच प्रतिस्पर्धा छ । सबै प्रतिस्पर्धीहरु शक्तिकेन्द्र धाइरहेकाले बढुवामा ढिलाई भएको हो । आकर्षक पोष्टिङ बसेर अकुत कमाएकाहरु भने पैसा खर्च गरेरै बढुवा हुने दाउमा छन् । जसकारण इमान्दार र पहुँच नभएका इन्सपेक्टरहरु सुरुदेखि नै पछि पर्ने अवस्था देखिएको छ दृष्टि ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जमुनाह नाकामा* भन्सार छली गरी सामान ल्याउन एक व्यक्तिले अनौठो उपाय अपनाएको फेला परेको छ। *घटना विवरण:* सशस्त्र प्रहरीले चेकजाँचका क्रममा एक व्यक्तिको शरीरमा *४ वटा लेडिज कुर्ता* एकैपटक लगाएको देखेपछि शंका लागेर नियन्त्रणमा लिएको हो। सोधपुछ गर्दा उनले भन्सार नतिरी सामान भित्र्याउन यस्तो गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। *उद्देश्य:* अधिक मात्रामा […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको विशेष प्रहरी टोलीले जमुनाहा सिमानाकास्थित एक होटलबाट लाखौं रुपैयाँ बराबरको अवैध किराना सामान* बरामद गरेको छ। *घटना विवरण:* सूचनाका आधारमा खटिएको टोलीले होटेलमा भण्डारण गरी राखिएको अवस्थामा भन्सार छली गरेर भारतबाट ल्याइएका किराना सामान फेला पारेको थियो। सामानको बिल, भन्सार कागजात नभेटिएपछि सबै सामान नियन्त्रणमा लिइएको हो। नजिकै रहेको […]

काठमाडौं । सशस्त्र प्रहरीले *लितपुरको चाँगाथलीबाट नक्कली मदिरा उत्पादनमा सक्रिय गिरोहका ४ जनालाई* पक्राउ गरेको छ। *पक्राउ परेकाहरू:* 1. मनोज खत्री, ३० वर्ष – रामेछाप, खाँडादेवी गाउँपालिका–२ 2. विनोद तामाङ, २८ वर्ष – रामेछाप, खिम्ती गाउँपालिका 3. विवेक तामाङ, २६ वर्ष – रामेछाप, खिम्ती गाउँपालिका 4. छिदेन निमा तामाङ, २ वर्ष – सिन्धुपाल्चोक, बाह्रविसे नगरपालिका–६ […]

error: Content is protected !!