ABC (क्राईमबिट)
पर्सा । बिरगंज बिल विजक भन्दा बढी भाडा बर्तन तथा खुद्रा सामानहरू लगायतका सामानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट बुटवलतर्फ जाँदै गरेको सूचना प्राप्त भएको आधारमा पर्सा प्रहरीले कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८०।०२।१९ गते राती अं.२३:३० बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. १० आदर्शनगर स्थित सडकखण्डबाट ना.५ ख ७७२४ नम्बरको मालवाहक ट्रक रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा अ.मु.रु.४२,९४,२२५।-(बयालीस लाख चौरान्वे हजार दुई सय पचीस ) बराबरको ट्रक र सो ट्रक भित्र लोड रहेको खुद्रा तथा हार्डवेयर लगायतका सामानहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि मिति २०८०।०२।२१ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब निरीक्षक दिपक गिरिले जानकारी गराएकाे हाे ।