०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

ढुवानीको जिम्मा पाएको जहाँजले समयमै ढुवानी नगर्दा हुम्लामा खाद्यान्नको अभाव

Logo
प्रकाशित बिहिबार, जेठ २५, २०८०


(ABC-Sanchar)
जुम्ला । जिल्ला खाद्य व्यवस्था समितिले दुई पटक लिखित निर्णय गरेर थप कोटाको खाद्यान्न माग गर्दा पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खाद्यन्न थप नगर्दा जिल्लामा खाद्यान्न समस्या देखिएको हो ।

जिल्लामा खाद्यान्न अभाव हुनुका साथै जिल्लाबाट माग भएको थप १५ हजार क्विन्टल खाद्यान्न कोटामाथि लिमिटेडले हालसम्म सुनुवाइ नगर्दा समस्या भएको हो । हाल शाखाको गोदाममा तीन सय क्विन्टल खाद्यान्न मात्र मौज्दात रहेको र यसले सर्वसाधारणलाई बिक्री वितरण गर्न नसकिने अवस्था रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा हुम्लाका प्रमुख कृष्ण अधिकारीले जानकारी दिए ।

जिल्लाको माग सुुनुुवाइ नगर्नु नै समस्याको मुख्य कारण भएको प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताए ।

थप कोटा खाद्यान्न मागका लागि खाद्य व्यवस्था समितिले २०७८ मङ्सिर १८ गते र फागुुन २६ गते निर्णय गरेर सो खाद्यान्न माग गरेको थियो । बुधबार बसेको समितिको बैठकले पुनः थप कोटाको खाद्यान्न माग गरेको छ । यो सहित जिल्लाबाट तेस्रो पटक थप खाद्यान्न माग गरिएको हो । बर्सेनि लिमिटेडबाट थप कोटा खाद्यान्न स्वीकृत हुँदै आउने गरेको थियो ।
नेपालगञ्जबाट ढुवानी जिम्मा पाएको तारा एयर र सुर्खेतबाट ढुवानीको जिम्मा पाएको समिट एयरले समयमै खाद्यान्न ढुवानी नगर्दा पनि जिल्लामा समस्या देखिएको लिमिटेड सिमकोट शाखाका प्रमुख अधिकारीले बताए।
चालु वर्ष नेपालगञ्जबाट चार हजार क्विन्टल खाद्यान्न ढुवानी गर्नुपर्नेमा तारा एयरले अहिलेसम्म तीन सय क्विन्टल र सुर्खेतबाट समिट एयरले ६ हजार क्विन्टल खाद्यान्न ढुवानी गर्नुपर्नेमा तीन सय क्विन्टल नगरेको कारण समस्या देखिएको हो । दुुवै एयरलाइन्सलाई आफ्नो ढुवानी गर्ने जिम्माको खाद्यान्न तत्काल ढुवानी गर्न ताकेता गर्दा पनि अटेरी गर्ने गरेकाले सिमकोटस्थित गोदाममा खाद्यान्न मौज्दात न्यून भएको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको विशेष प्रहरी टोलीले जमुनाहा सिमानाकास्थित एक होटलबाट लाखौं रुपैयाँ बराबरको अवैध किराना सामान* बरामद गरेको छ। *घटना विवरण:* सूचनाका आधारमा खटिएको टोलीले होटेलमा भण्डारण गरी राखिएको अवस्थामा भन्सार छली गरेर भारतबाट ल्याइएका किराना सामान फेला पारेको थियो। सामानको बिल, भन्सार कागजात नभेटिएपछि सबै सामान नियन्त्रणमा लिइएको हो। नजिकै रहेको […]

काठमाडौं । सशस्त्र प्रहरीले *लितपुरको चाँगाथलीबाट नक्कली मदिरा उत्पादनमा सक्रिय गिरोहका ४ जनालाई* पक्राउ गरेको छ। *पक्राउ परेकाहरू:* 1. मनोज खत्री, ३० वर्ष – रामेछाप, खाँडादेवी गाउँपालिका–२ 2. विनोद तामाङ, २८ वर्ष – रामेछाप, खिम्ती गाउँपालिका 3. विवेक तामाङ, २६ वर्ष – रामेछाप, खिम्ती गाउँपालिका 4. छिदेन निमा तामाङ, २ वर्ष – सिन्धुपाल्चोक, बाह्रविसे नगरपालिका–६ […]

काँकरभिट्टा । सशस्त्र प्रहरीले *परिचयपत्र बिना नेपाल प्रवेश गर्न खोजेका एक भारतीय नागरिकलाई* काँकरभिट्टा नाकाबाट फर्काएको छ। *घटना विवरण:* नियमित चेकजाँचका क्रममा उक्त व्यक्तिसँग नागरिकता, पासपोर्ट वा कुनै पनि वैध परिचयपत्र नभेटिएपछि नेपाल प्रवेश गर्न नदिई फिर्ता पठाइएको हो। खुला सीमामा पनि वैध कागजात अनिवार्य हुने भएकाले उनलाई प्रवेश अनुमति नदिइएको सशस्त्र प्रहरीले जनाएको छ। […]

error: Content is protected !!