०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

नेपाली कांग्रेस क्षेत्र नं.१ पर्साले बत्ती धेरै काते पछी विधुत प्राधिकरण वीरगंजलाइ ज्ञापन पत्र

Logo
प्रकाशित शुक्रबार, जेठ २६, २०८०

(ABC-Sanchar)
पर्सा । बिरगंज नेपाली कांग्रेस क्षेत्र नं.१(ख) पर्सा ले नेपाल विधुत प्राधिकरण वीरगंज लाइ ज्ञापन पत्र बुझाएका छन्।

पछिल्लो २ महिना यता तराईका जिल्लाहरुमा बढेको भीषण गर्मीका कारण जनजिवन कष्टकर हुन गएको विषय लाइ मध्यनजर गर्दै त्यसका साथै आर्थिक मन्दीको यो बेलामा करोडौंको लगानीमा सञ्चालन भईरहेका उद्योग, कलकारखानाहरु लाई सामान उत्पादन गरेर बजार पठाउन कति हत्तार हुन्छ तर पनी अवस्थाहरुको सन्तुलित सञ्चालनका लागि चाहिने आधारभूत आवश्यक्ता हो विद्युत, विद्युतको सहज आपूर्ती भएन भने यो भीषण गर्मी छल्न जति गाह्रो हुँदो हो त्यति नै गाह्रो एउटा अनियमित विद्युत आपूर्तीका कारण उद्योग, कलकारखानाले उत्पादनमा घाटा मात्र व्याहोरेका छैनन्, भोल्टेजको असन्तुलनले कतिपयका मेसिन औजार पनि जलेका बिग्रेका घटनाहरू छन्।

विद्युत प्राधिकरणले विद्युत आपूर्तीमा कुनै समस्या छैन भनिरहँदा पनि हामीले त्यो अनुभूत गर्न सकेका छैनौं । दिनको ४-५ घण्टा विद्युत आपूर्ती ठप्प हुँदा पनि प्राधिकरणले आपूर्तीमा समस्या छैन भन्नु खेदजनक हो । सेवाग्राहीलाई जानकारी नै नगराई मर्मतका नाममा विद्युत आपूर्ती बन्द गर्नु र घण्टौं- घण्टासम्म आपूर्ती बन्द राख्नु प्राधिकरणको गैर-जिम्मेवार रवैया अन्त गर्नुको लागि नेपाली कांग्रेस क्षेत्र नं १ (ख) पर्सा का सभापति अनिल कुमार सिंह द्वारा हस्ताक्षरित ज्ञापन पत्रमा उल्लेख छ।ज्ञापन पत्रमा बुझाउनेमा नेपाली कांग्रेस क्षेत्र नं १(ख) पर्साका उप-सभापति प्रेम पटेल, नेपाली कांग्रेस वीरगंज महानगरपालिका का नगर सचिव श्याम पटेल, प्रदेश सदस्य सजाद हुसेन,युवा नेता रामनिवास यादव, सुरेन्द्र लामिछाने,राजु कापर, नेपाली कांग्रेस वीरगंज महानगरपालिका वडा नं १६ का वडा सभापति बाबुनन्द पटेल,बिरगंज महानगरपालिकाका उपमेयर इम्तियाज आलमका स्वकीय सचिव शेष हजरा लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सशस्त्र प्रहरीले *लितपुरको चाँगाथलीबाट नक्कली मदिरा उत्पादनमा सक्रिय गिरोहका ४ जनालाई* पक्राउ गरेको छ। *पक्राउ परेकाहरू:* 1. मनोज खत्री, ३० वर्ष – रामेछाप, खाँडादेवी गाउँपालिका–२ 2. विनोद तामाङ, २८ वर्ष – रामेछाप, खिम्ती गाउँपालिका 3. विवेक तामाङ, २६ वर्ष – रामेछाप, खिम्ती गाउँपालिका 4. छिदेन निमा तामाङ, २ वर्ष – सिन्धुपाल्चोक, बाह्रविसे नगरपालिका–६ […]

काँकरभिट्टा । सशस्त्र प्रहरीले *परिचयपत्र बिना नेपाल प्रवेश गर्न खोजेका एक भारतीय नागरिकलाई* काँकरभिट्टा नाकाबाट फर्काएको छ। *घटना विवरण:* नियमित चेकजाँचका क्रममा उक्त व्यक्तिसँग नागरिकता, पासपोर्ट वा कुनै पनि वैध परिचयपत्र नभेटिएपछि नेपाल प्रवेश गर्न नदिई फिर्ता पठाइएको हो। खुला सीमामा पनि वैध कागजात अनिवार्य हुने भएकाले उनलाई प्रवेश अनुमति नदिइएको सशस्त्र प्रहरीले जनाएको छ। […]

*सावधानीका लागि:* 1. *त्यो क्षेत्रबाट टाढा रहनुहोस्* – अहिले घटनास्थलतिर नजानुहोस्। भीड र आगोको जोखिम उच्च छ। 2. *सुरक्षित रहनुहोस्* – नजिकै हुनुहुन्छ भने झ्याल-ढोका बन्द राख्नुहोस् र धुँवाबाट जोगिनुहोस्। 3. *सुरक्षा निकायलाई सहयोग गर्नुहोस्* – प्रहरी र दमकलको काममा अवरोध नपुर्‍याउनुहोस्। 4. *आपतकालीन नम्बर* – कुनै आपत परे १० [प्रहरी], १०१ [दमकल] मा सम्पर्क […]

error: Content is protected !!