०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

दाङमा अत्यधिक गर्मी बढेपछि विद्यालयहरु केही दिन बन्द हुने

Logo
प्रकाशित शुक्रबार, जेठ २६, २०८०

(ABC-Sanchar)
दाङ । जिल्लाका विभिन्न स्थानीय तहले गर्मी अत्यधिक बढेपछि विद्यालय बन्द गरेका हुन्। तुलसीपुर उपमहानगर पालिकाले आजदेखि जेठ ३० गतेसम्म नगरक्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको शिक्षा शाखाप्रमुख चक्रबहादुर भण्डारीले जानकारी दिए।

त्यस्तै घोराही उपमहानगरपालिका, लमही नगरपालिका, शान्तिनगर गाउँपालिका, राप्ती, गढवा, राजपुर लगायतका गाउँपालिकाभित्र रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय पनि बन्द गरिएका छन्। घोराही उपमहानगरपालिकाभित्रका निजी तथा संस्थागत विद्यालय जेठ २६ देखि ३१ गतेसम्म बन्द गर्ने निर्णय गरिएको उपमहानगरपालिकाको शिक्षा शाखाले जनाएको छ।

त्यस्तै देउखुरी क्षेत्रका चारवटै स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय गरेका छन्। राप्ती गाउँपालिकाले जेठ २४ देखि २६ गतेसम्म, गढवा गाउँपालिकाले जेठ २५ देखि २९ गतेसम्म, राजपुर गाउँपालिकाले जेठ २६ देखि जेठ ३० गतेसम्म र लमही नगरपालिकाले जेठ २८ देखि असार १ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेका छन्।

यसैगरी शान्तिनगर गाउँपालिकाले जेठ २५ देखि ३० गतेसम्म विद्यालय बन्द गरेको छ। अत्यधिक गर्मीका कारण बालबालिका बिरामी पर्न थालेपछि गर्मीबाट बालबालिका जोगाउन विद्यालय बन्द गर्ने निर्णय गरिएको सम्बन्धित पालिकाले जनाएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सशस्त्र प्रहरीले *लितपुरको चाँगाथलीबाट नक्कली मदिरा उत्पादनमा सक्रिय गिरोहका ४ जनालाई* पक्राउ गरेको छ। *पक्राउ परेकाहरू:* 1. मनोज खत्री, ३० वर्ष – रामेछाप, खाँडादेवी गाउँपालिका–२ 2. विनोद तामाङ, २८ वर्ष – रामेछाप, खिम्ती गाउँपालिका 3. विवेक तामाङ, २६ वर्ष – रामेछाप, खिम्ती गाउँपालिका 4. छिदेन निमा तामाङ, २ वर्ष – सिन्धुपाल्चोक, बाह्रविसे नगरपालिका–६ […]

काँकरभिट्टा । सशस्त्र प्रहरीले *परिचयपत्र बिना नेपाल प्रवेश गर्न खोजेका एक भारतीय नागरिकलाई* काँकरभिट्टा नाकाबाट फर्काएको छ। *घटना विवरण:* नियमित चेकजाँचका क्रममा उक्त व्यक्तिसँग नागरिकता, पासपोर्ट वा कुनै पनि वैध परिचयपत्र नभेटिएपछि नेपाल प्रवेश गर्न नदिई फिर्ता पठाइएको हो। खुला सीमामा पनि वैध कागजात अनिवार्य हुने भएकाले उनलाई प्रवेश अनुमति नदिइएको सशस्त्र प्रहरीले जनाएको छ। […]

*सावधानीका लागि:* 1. *त्यो क्षेत्रबाट टाढा रहनुहोस्* – अहिले घटनास्थलतिर नजानुहोस्। भीड र आगोको जोखिम उच्च छ। 2. *सुरक्षित रहनुहोस्* – नजिकै हुनुहुन्छ भने झ्याल-ढोका बन्द राख्नुहोस् र धुँवाबाट जोगिनुहोस्। 3. *सुरक्षा निकायलाई सहयोग गर्नुहोस्* – प्रहरी र दमकलको काममा अवरोध नपुर्‍याउनुहोस्। 4. *आपतकालीन नम्बर* – कुनै आपत परे १० [प्रहरी], १०१ [दमकल] मा सम्पर्क […]

error: Content is protected !!