२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

पर्सामा वेवारिसे फालेको लागुऔषध चरेश प्रहरी नियन्त्रणमा

Logo
प्रकाशित बुधबार, जेठ ३१, २०८०

 

ABC (क्राईमबिट)

पर्सा । पटेर्वासुगौली गाउँपालिका वडा नं.५ स्थित देउरी भन्ने स्थानमा मिति २०८०/०२/३०गते राती अन्दाजी ३ बजेको समयमा लागु औषध बोकी आउदै गरेको विशेष सूचनाको आधारमा रङ्गपुरटाडि प्रहरी चौकी मातहतका खटिएको प्रहरी टाेलिले उक्त लागु औषध खोजतलासको क्रममा भतौरबाट देउरीतर्फ पैदल आउदै गरेको ३/४ जना मानिसहरूले टाउकोमा बोकी ल्याउदै गरेको २ वटा बोरा प्रहरी टोलीलाई देख्नासाथ बोकी ल्याएको लागु औषध छाडी भागी फरार भएकोमा उक्त बोरालाई कानूनी रीतपुर्‍याई खानतलासी गर्दा सो बोराभित्र प्लाष्टिकले बेरिएको लागु औषध गाँजाको धुलो ३ पोकामा १२ के.जी.२३० ग्राम र लागु औषध चरेश २२ प्याकेटमा २० के.जी.८० ग्राम फेला परेको हुँदा उल्लेखित परिमाणको लागु औषध बरामद गरी थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रव्क्ता प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकी ले जानकारी गराउनु भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]

दाङ । आजबाट नेवा: समुदाय*को यस वर्षको मुख्य जात्रा र चाडपर्वको सुभारम्भ भएको छ। नेवार समुदायको संस्कृतिमा वर्षभरि मनाइने जात्रा, पूजा र चाडपर्वको एउटा निश्चित क्यालेण्डर हुन्छ। दाङको घोराही, तुलसीपुर र अन्य क्षेत्रमा बसोबास गर्ने नेवा: समुदायले पनि काठमाडौं उपत्यकाको परम्परा अनुसार नै यी पर्वहरू मनाउने गर्छन्। सुभारम्भसँगै सुरु हुने मुख्य पर्वहरू गाईजात्रा भाद्रमा पर्ने, […]

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]