०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

झापामा इन्स्पेक्टरले आफ्नै प्रहरी कुटपिट गरेको घटनाको छानबिन गर्न एआइजी चन्द्रप्रकाश गौतमलाई खटायो

Logo
प्रकाशित बिहिबार, जेठ ३२, २०८०

ABC (क्राईमबिट)
काठमाडौँ । झापामा प्रहरी निरीक्षकले आफ्नै प्रहरी कर्मचारी कुटपिट गरेको घटनामा सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) चन्द्रप्रकाश गौतमको नेतृत्वमा केन्द्रीय छानबिन समिति गठन भएको छ।

मेचीनगर नगरपालिका-४ स्थित नेपाल-भारत सीमा नकलबन्दामा मङ्गलवार राति सशस्त्र प्रहरी निरीक्षक नमप्रभाव राईले सशस्त्र प्रहरी हवल्दारसहित चार जनामाथि कुटपिट गरेको आरोप छ।

त्यस घटना बाहिरिएपछि सशस्त्र प्रहरीले एआइजी गौतमको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो ।

एआइजी गौतम प्रधान कार्यालय कार्य विभाग प्रमुख समेत छन्। समितिलाई यथाशीघ्र छानबिन गरी प्रतिवेदन बुझाउन भनिएको छ।

यसअघि सोही घटनाको छानबिन गर्न बुधबार नै कोशी प्रदेशस्थित सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक विक्रम हुमागाईँको अध्यक्षतामा बुधबार नै ५ सदस्यीय समिति गठन गरेको थियो।

व्यक्तिहरूले सशस्त्र प्रहरीको बर्दीमा रहेकाहरूमाथि कुटपिट गरिरहेको देखेपछि स्थानीयहरूले पनि प्रतिकार गरेको कार्कीले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काँकरभिट्टा । सशस्त्र प्रहरीले *परिचयपत्र बिना नेपाल प्रवेश गर्न खोजेका एक भारतीय नागरिकलाई* काँकरभिट्टा नाकाबाट फर्काएको छ। *घटना विवरण:* नियमित चेकजाँचका क्रममा उक्त व्यक्तिसँग नागरिकता, पासपोर्ट वा कुनै पनि वैध परिचयपत्र नभेटिएपछि नेपाल प्रवेश गर्न नदिई फिर्ता पठाइएको हो। खुला सीमामा पनि वैध कागजात अनिवार्य हुने भएकाले उनलाई प्रवेश अनुमति नदिइएको सशस्त्र प्रहरीले जनाएको छ। […]

*सावधानीका लागि:* 1. *त्यो क्षेत्रबाट टाढा रहनुहोस्* – अहिले घटनास्थलतिर नजानुहोस्। भीड र आगोको जोखिम उच्च छ। 2. *सुरक्षित रहनुहोस्* – नजिकै हुनुहुन्छ भने झ्याल-ढोका बन्द राख्नुहोस् र धुँवाबाट जोगिनुहोस्। 3. *सुरक्षा निकायलाई सहयोग गर्नुहोस्* – प्रहरी र दमकलको काममा अवरोध नपुर्‍याउनुहोस्। 4. *आपतकालीन नम्बर* – कुनै आपत परे १० [प्रहरी], १०१ [दमकल] मा सम्पर्क […]

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

error: Content is protected !!