
(ABC-Sanchar)
काठमाडौं । शुक्रबार न्यायपरिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशका लागि अनुमोदन भएका हरिकृष्ण कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले केहीबेर अघि नियुक्त गरेका हुन् ।
राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले राष्ट्रपति पौडेललाई कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्त गरेको जानकारी दिए । नवनियुक्त प्रधानन्यायधीश कार्कीलाई शुक्रबारै साँझ सवा ५ बजे सपथ ग्रहण गराउने कार्यक्रम रहेको छ ।
आठ महिनायता कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेका कार्की आगामी साउन २० गते सेवाबाट निवृत्त हुँदै छन् ।