०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

टिकापुरको पार्किङमा राखेको मोटरसाइकलमा एकासी आगलागी

Logo
प्रकाशित शुक्रबार, आषाढ ०१, २०८०


(ABC-Sanchar)
धनगढी । कैलालीमा सहकारी अगाडि राखिएका मोटरसाइकलमा आगलागी भएको छ । आज जिल्लाको टीकापुर नगरपालिका–१ स्थित नवजीवन सहकारी संस्थाको पार्किङमा राखिएका दुई मोटरसाइकलमा अचानक आगलागी भएको हो ।

सोही सहकारी संस्थाका सुरक्षा गार्ड मदनबहादुर सिंहको नाममा रहेको भे८प २९३ नम्बरको मोटरसाइकल र सुर्खेत बिरेन्द्रनगर नगरपालिका–८ खजुराका कालु खाँण ठकुरीको सु.प.प्र.०१००८प ५९०२ नम्बरको माटरसाइकलमा एक्कासी आगो लागेको प्रहरीले जनाएको छ ।

आगलागी हुँदा दुबै मोटरसाइकल जलेर नष्ट भई ४ लाख रुपैयाँ बराबरको बराबरको क्षति भएको बताइएको छ । प्रहरीले आगालागीको कारण पत्ता नलागेको र अनुसन्धान जारी रहेको बताएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काँकरभिट्टा । सशस्त्र प्रहरीले *परिचयपत्र बिना नेपाल प्रवेश गर्न खोजेका एक भारतीय नागरिकलाई* काँकरभिट्टा नाकाबाट फर्काएको छ। *घटना विवरण:* नियमित चेकजाँचका क्रममा उक्त व्यक्तिसँग नागरिकता, पासपोर्ट वा कुनै पनि वैध परिचयपत्र नभेटिएपछि नेपाल प्रवेश गर्न नदिई फिर्ता पठाइएको हो। खुला सीमामा पनि वैध कागजात अनिवार्य हुने भएकाले उनलाई प्रवेश अनुमति नदिइएको सशस्त्र प्रहरीले जनाएको छ। […]

*सावधानीका लागि:* 1. *त्यो क्षेत्रबाट टाढा रहनुहोस्* – अहिले घटनास्थलतिर नजानुहोस्। भीड र आगोको जोखिम उच्च छ। 2. *सुरक्षित रहनुहोस्* – नजिकै हुनुहुन्छ भने झ्याल-ढोका बन्द राख्नुहोस् र धुँवाबाट जोगिनुहोस्। 3. *सुरक्षा निकायलाई सहयोग गर्नुहोस्* – प्रहरी र दमकलको काममा अवरोध नपुर्‍याउनुहोस्। 4. *आपतकालीन नम्बर* – कुनै आपत परे १० [प्रहरी], १०१ [दमकल] मा सम्पर्क […]

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

error: Content is protected !!