(ABC-Sanchar)
पर्सा । बिरगंज महानगरपालिका वडा नाे.२१पर्वानिपुर स्थित चौक स्थित सडक खण्डबाट बिल विजक भन्दा बढी विभिन्न किसिमका कपडा, मोबिल, हार्डवेयर लगायतका खुद्रा सामनहरु बोकेको माल बाहक कन्टेनर ट्रक वीरगञ्जबाट ना ४ ख.३९८४ नम्बर को ट्रक काठमाण्डौंतर्फ जाँदै गरेको छ भन्ने सूचना प्राप्त भई वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८०।०२।३२ गते अंन्दाजी ०८:०० बजे कन्टेनर रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा अ.मु.रू.६०,८८,५६८।-( साठी लाख अठासी हजार पाँच सय अठ्सट्ठी ) बराबरको कन्टेनर र सो कन्टेनर भित्र लोड रहेको मोबिल, कपडा, हार्डवेयर तथा विभिन्न किसिमका खुद्रा समानहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि मिति २०८०।०३।०१ गते राजश्व अनुसन्धान कार्यालय बाराको पथ्लैयामा बुझाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।