०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

कुटपिट गर्ने डिआईजीको घुमुवा इन्स्पेक्टर नमप्रभाव राईसहित ३ जना निलम्बित

Logo
प्रकाशित शुक्रबार, आषाढ ०१, २०८०

ABC (क्राईमबिट)

झापा । सशस्त्र प्रहरीबीच भएको कुटपिटको घटनामा संलग्न सशस्त्र प्रहरी निरीक्षकसहित तीन जना निलम्बित भएका छन्।

कुटपिटमा संलग्न सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) नमप्रभाव राईसहित तीन जनालाई निलम्बन गरिएको सशस्त्र प्रहरीका प्रवक्ता एसएसपी राजेन्द्र खड्काले जानकारी दिए।

इन्स्पेक्टर राई र जवानहरू रामसुन्दर तामाङ र जीवन बाँस्तोला निलम्बनमा परेका हुन्।

इन्स्पेक्टर राईलाई गृह मन्त्रालय र जवानहरू तामाङ र बाँस्तोलालाई सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय, सुनसरीले निलम्बन गरेको हो।

‘इन्स्पेक्टरलाई हेडक्वार्टरको सिफारिसमा गृह मन्त्रालयले र अरूलाई सम्बन्धित बाहिनीले निलम्बन गरेको हो,प्रवक्ता खड्काले दिएको जानकारी छ ।

घटना छानबिनका लागि मुख्यालयले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रप्रकाश गौतमको नेतृत्वमा छानबिन समिति गठन गरेको थियाे। यस्तै राई कार्यरत बराह बाहिनीले एसपी विक्रम हुमागाईंको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो।

झापाको मेचीनगर सीमा नाकामा ड्युटीमा खटिएका सशस्त्र प्रहरीका हवल्दारलाई इन्स्पेक्टर राईसहितले निर्घात कुटपिट गरेका थिए।

हतियारधारी तथा बर्दीधारी पाँच जना हवल्दारलाई सादा पोसाकमा खटिएका इन्स्पेक्टर राईसहित तीन जनाले मेची नदीको पानीमा डुबाउँदै बाँसको भाटाले निर्घात कुटपिट गरेका हुन्।

इन्स्पेक्टर राईसहतिको कुटपिटबाट सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट नकलबन्दामा कार्यरत सशस्त्र प्रहरी वरिष्ठ हवल्दार पासाङ तामाङ, सशस्त्र प्रहरीका हवल्दारहरू गणेशबहादुर तामाङ, रामबहादुर कार्की, सहायक हवल्दार शान्तबहादुर राई र सशस्त्र जवान उमेश राजवंशी घाइते भएका थिए।

सशस्त्र प्रहरी बल, नेपाल कोशी प्रदेश बराह बाहिनी मुख्यालय सुनसरीले सादा पोसाकमा खटाएका इन्स्पेक्टर राई, सशस्त्र जवानहरू रामसुन्दर तामाङ र जीवन बाँस्तोलाले सो नाकाबाट सामान गएको भन्दै बर्दीधारी सशस्त्रका हवलदारहरूलाई कुटपिट गरेपछि मेचीनगर नगरपालिका-५ स्थित नकलबन्दा क्षेत्र गत मंगलबार राति ५ घण्टा तनावग्रस्त बनेको थियो।

इन्स्पेक्टर राई नाताले कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईका भतिजा हुन्। उनी बराह बाहिनी सुनसरीबाट घुमुवाको रूपमा सूचना संकलन गर्न खटिएका थिए। उनीसँगै सोमबार दिउँसो सादा पोसाकमा प्रहरी जवान रामसुन्दर तामाङ र जीवन बाँस्तोला पनि झापा पुगेका थिए।

उनीहरूले दिनभर मादक पदार्थ सेवन गरेर राति झापाको सीमामा रहेका ६ वटा बीओपीका १५ जना प्रहरीलाई पानीमा चोबल्दै बाँसको भाटाले हिर्काएको आरोप छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काँकरभिट्टा । सशस्त्र प्रहरीले *परिचयपत्र बिना नेपाल प्रवेश गर्न खोजेका एक भारतीय नागरिकलाई* काँकरभिट्टा नाकाबाट फर्काएको छ। *घटना विवरण:* नियमित चेकजाँचका क्रममा उक्त व्यक्तिसँग नागरिकता, पासपोर्ट वा कुनै पनि वैध परिचयपत्र नभेटिएपछि नेपाल प्रवेश गर्न नदिई फिर्ता पठाइएको हो। खुला सीमामा पनि वैध कागजात अनिवार्य हुने भएकाले उनलाई प्रवेश अनुमति नदिइएको सशस्त्र प्रहरीले जनाएको छ। […]

*सावधानीका लागि:* 1. *त्यो क्षेत्रबाट टाढा रहनुहोस्* – अहिले घटनास्थलतिर नजानुहोस्। भीड र आगोको जोखिम उच्च छ। 2. *सुरक्षित रहनुहोस्* – नजिकै हुनुहुन्छ भने झ्याल-ढोका बन्द राख्नुहोस् र धुँवाबाट जोगिनुहोस्। 3. *सुरक्षा निकायलाई सहयोग गर्नुहोस्* – प्रहरी र दमकलको काममा अवरोध नपुर्‍याउनुहोस्। 4. *आपतकालीन नम्बर* – कुनै आपत परे १० [प्रहरी], १०१ [दमकल] मा सम्पर्क […]

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

error: Content is protected !!