०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

बाँकेमा वडाअध्यक्ष र कार्यालय सहयोगी घुस रकमसहित पक्राउ

Logo
प्रकाशित शनिबार, आषाढ ०२, २०८०

(ABC-Sanchar)
बाँके । नेपालगन्ज उपमहानगरपालिका अन्तरर्गत रहेका वडा कार्यालयमै घुस लेनदेन हुने गरेको छ । नेपालगन्जको वडा नम्बर १३ का कार्यवाहक वडाअध्यक्ष र कार्यालय सहयोगी घुससहित पक्राउ परेपछि यस्तो तथ्य बाहिर आएको हो ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वडाध्यक्ष दिलावर कवडिया र कार्यालय सहयोगी गंगाराम बृजवासीलाई शुक्रबार पक्राउ गरेको हो । अख्तियारका अनुसार कृषि अनुदानका लागि सिफारिस गरिदिए वापत उनीहरुले सेवाग्राहीसँग घुस मागेका थिए ।

सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय नेपालगन्जबाट खटिएको विशेष टोलीले कार्यवाहक वडा अध्यक्ष कवडिया र कार्यालय सहयोगी बृजवासीलाई नगद ९ हजार सहित पक्राउ गरेको थियो । उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काँकरभिट्टा । सशस्त्र प्रहरीले *परिचयपत्र बिना नेपाल प्रवेश गर्न खोजेका एक भारतीय नागरिकलाई* काँकरभिट्टा नाकाबाट फर्काएको छ। *घटना विवरण:* नियमित चेकजाँचका क्रममा उक्त व्यक्तिसँग नागरिकता, पासपोर्ट वा कुनै पनि वैध परिचयपत्र नभेटिएपछि नेपाल प्रवेश गर्न नदिई फिर्ता पठाइएको हो। खुला सीमामा पनि वैध कागजात अनिवार्य हुने भएकाले उनलाई प्रवेश अनुमति नदिइएको सशस्त्र प्रहरीले जनाएको छ। […]

*सावधानीका लागि:* 1. *त्यो क्षेत्रबाट टाढा रहनुहोस्* – अहिले घटनास्थलतिर नजानुहोस्। भीड र आगोको जोखिम उच्च छ। 2. *सुरक्षित रहनुहोस्* – नजिकै हुनुहुन्छ भने झ्याल-ढोका बन्द राख्नुहोस् र धुँवाबाट जोगिनुहोस्। 3. *सुरक्षा निकायलाई सहयोग गर्नुहोस्* – प्रहरी र दमकलको काममा अवरोध नपुर्‍याउनुहोस्। 4. *आपतकालीन नम्बर* – कुनै आपत परे १० [प्रहरी], १०१ [दमकल] मा सम्पर्क […]

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

error: Content is protected !!