०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

मनसुन सुरु भएसँगै वर्षा मनाङ बासी अझैसम्म वर्षा हुनासाथ झस्किन्छन किन?

Logo
प्रकाशित शनिबार, आषाढ ०२, २०८०

(ABC-Sanchar)

मनाङ । लामो समय जोखिम र अभाव भोगेका मनाङवासी ठूलो वर्षा हुनासाथ झस्किन्छन्। दुई वर्षअघि ठूलो वर्षाका कारण करिब दुई महिना सडक सञ्जालबाट विच्छेद रहेका यहाँका स्थानीय हालसम्म त्यही जोखिम सम्झेर झस्कने गरेको बताउँछन्।

सडक सञ्जाल विच्छेद हुँदा यहाँका बासिन्दाले खाद्यान्न, खानेपानी, विद्युत्को अभाव भोगेका थिए। अहिले पनि त्यस बेलाको जस्तै हुन्छ कि भनेर ठूलो वर्षा हुनासाथ झस्कने गरेको नासो गाउँपालिका–५ धारापानीका कृष्ण गुरुङले बताए।

‘अलि ठूलो पानी परेपछि मन झसंग हुन्छ, फेरि पनि ठूलो पानी पर्‍यो भने अभाव र घरबासविहीन हुनुपर्छ कि भन्ने लाग्छ’, उनले भने।

चामेका फुर्वा लामाले भने, ‘लामो समयसम्म ठूलो वर्षा भयो भने मन आतिन्छ। कहीँ जानआउन गर्नसमेत गाह्रो हुन्छ, कहीँबाट सहज रुपमा सहयोग पाउन पनि समस्या हुन्छ।’ उनले जोखिमको सतर्कता अपनाउन सुझाव प्रशासनले दिइरहेको भन्दै विपद्लाई सामान्य रुपमा भने लिन नहुने बताए।

डुम्रे–बेसीसहर–चामे सडकअन्तर्गत मनाङका विभिन्न स्थानमा सुक्खा पहिरा खसिरहेको हुन्छ।

‘यस सडक खण्डअन्तर्गत हुनसक्ने सुक्खा पहिराका कारण बेलाबेलामा सडक अवरुद्ध हुने गर्छ,’ नासो–५ का वडाध्यक्ष थुदेन लामाले भने, ‘समयानुकूल रुपमा समाधान गर्ने गरेका छौं।’

उनका अनुसार जेठ ११ मा चट्टानसहितको सुक्खा पहिरा खस्दा उक्त सडक अवरुद्ध भएको थियो।

बर्खायाम वा अन्य समयमा पनि यहाँको यात्रा सहज छैन। बर्खायाम सुरुआत भएसँगै अझ बढी जोखिम बढ्ने गर्छ। बर्खायाममा पर्ने झरीका कारण एक ठाउँमा मर्मत गर्न नभ्याउँदै अर्को स्थानमा सडक भत्किने हुँदा मनाङवासी, पर्यटक आवतजावतमा समस्या हुने गरेको छ।

मनाङमा विकास निर्माणका काम गर्न सहज नभएको लामाले बताए।

‘बजेट विनियोजन भएर आए पनि मौसम प्रतिकूलताले गर्दा काम गर्न सकस हुने गर्दछ। वर्षको तीनदेखि पाँच महिना मात्रै काम गर्न सकिन्छ’, उनले भन

मनाङ हिमाली जिल्ला भएकाले निरन्तर विकास निर्माणको काम गर्न सहज नहुने स्थानीय बताउँछन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काँकरभिट्टा । सशस्त्र प्रहरीले *परिचयपत्र बिना नेपाल प्रवेश गर्न खोजेका एक भारतीय नागरिकलाई* काँकरभिट्टा नाकाबाट फर्काएको छ। *घटना विवरण:* नियमित चेकजाँचका क्रममा उक्त व्यक्तिसँग नागरिकता, पासपोर्ट वा कुनै पनि वैध परिचयपत्र नभेटिएपछि नेपाल प्रवेश गर्न नदिई फिर्ता पठाइएको हो। खुला सीमामा पनि वैध कागजात अनिवार्य हुने भएकाले उनलाई प्रवेश अनुमति नदिइएको सशस्त्र प्रहरीले जनाएको छ। […]

*सावधानीका लागि:* 1. *त्यो क्षेत्रबाट टाढा रहनुहोस्* – अहिले घटनास्थलतिर नजानुहोस्। भीड र आगोको जोखिम उच्च छ। 2. *सुरक्षित रहनुहोस्* – नजिकै हुनुहुन्छ भने झ्याल-ढोका बन्द राख्नुहोस् र धुँवाबाट जोगिनुहोस्। 3. *सुरक्षा निकायलाई सहयोग गर्नुहोस्* – प्रहरी र दमकलको काममा अवरोध नपुर्‍याउनुहोस्। 4. *आपतकालीन नम्बर* – कुनै आपत परे १० [प्रहरी], १०१ [दमकल] मा सम्पर्क […]

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

error: Content is protected !!