
ABC (क्राईमबिट)
पर्सा । बिरगंज महानगरपालिका वडा नाे.३२ स्थित बदननगर मनोज साहको घरमा काेठा लिएर भारतकाे बिहार पुर्बी चमपारन बिशनपुर पोस्ट ,अमवा बिशनपुर बसने बर्ष ३३को मनोज कुमारको कोढ़ा कानुनी रितपुर्याई खान तलाशी गर्दा उक्त कोढ़ा भित्र
बिभिन्न ब्राण्डका मोबाईल तथा घडीहरू भन्सार छली चोरी पैठारी गरी भारतबाट नेपाल भित्राइ अनाधिकृतरूपमा भन्डारण गरेको सूचनाको आधारमा मिति २०८०।०३।०२ गते पर्सा प्रहरी कार्यालयबाट खटिएको टोलीले खोज तलास गर्दै जाने क्रममा १२:०० बजे कोठाबाट Apple मोबाईल थान-२,Redmi-थान-७,Oppo थान-९, Vivo-१० थान, One plus-२, Samsung-१३ थान, Realmi-२ थान, Tec
hno-१० थान,Techno Pova-१ थान, Itel-१ थान, Techno Cammon-१ थान, Poco-१ थान गरी जम्मा-५९ थान मोबाईल र Titan घडी-११४ पिस, Sonata घडी-५ पिस, Hilfiger-१२ पिस,Fast Tack-५४ गरी जम्मा-१८५ पिस घडी जम्मा रू.१९,१४,०००।– ( उनाईस लाख चौध हजार ) बराबरको घडी तथा मोबाईलहरू सहित निज मनोज कुमारलाई आवश्यक कारवाहीको लागि आजै वीरगञ्ज भन्सार कार्यालयमा पर्सामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी गराउनु भएको छ ।