०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

डिआईजी बास्तोलाको प्रमुख अथितिमा कानूनी अभिमुखिकरण छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

Logo
प्रकाशित आइतबार, आषाढ ०३, २०८०

 

ABC (क्राईमबिट)

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा १ दिने कानूनी अभिमुखिकरण छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

मुख्य न्यायाधिवक्ताको कार्यालय कोशी प्रदेश विराटनगरले आफ्नो बार्षिक कार्यक्रम अनुसार प्रदेश प्रहरी प्रशिक्षण कार्यक्रम अन्तर्गत अनुसन्धान तहका प्रहरी कर्मचारीहरुको लागि कानूनी अभिमुखिकरण कार्यक्रम संचालन गरेको हो ।

प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाको प्रमुख आतिथ्यतामा संचालन भएको एक दिवसीय कानूनी अभिमुखिकरण कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय तथा झापा, मोरङ र सुनसरी जिल्लाको अपराध अनुसन्धान शाखामा कार्यरत ३० जना प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा मुख्य न्यायधिवक्ता घनेन्द्र आचार्य, प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी उपरीक्षक ऋषिराम कंडेल, प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरिया र प्रहरी नायव उपरीक्षक जमुना कुमारी बस्नेतले प्रशिक्षण प्रदान गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काँकरभिट्टा । सशस्त्र प्रहरीले *परिचयपत्र बिना नेपाल प्रवेश गर्न खोजेका एक भारतीय नागरिकलाई* काँकरभिट्टा नाकाबाट फर्काएको छ। *घटना विवरण:* नियमित चेकजाँचका क्रममा उक्त व्यक्तिसँग नागरिकता, पासपोर्ट वा कुनै पनि वैध परिचयपत्र नभेटिएपछि नेपाल प्रवेश गर्न नदिई फिर्ता पठाइएको हो। खुला सीमामा पनि वैध कागजात अनिवार्य हुने भएकाले उनलाई प्रवेश अनुमति नदिइएको सशस्त्र प्रहरीले जनाएको छ। […]

*सावधानीका लागि:* 1. *त्यो क्षेत्रबाट टाढा रहनुहोस्* – अहिले घटनास्थलतिर नजानुहोस्। भीड र आगोको जोखिम उच्च छ। 2. *सुरक्षित रहनुहोस्* – नजिकै हुनुहुन्छ भने झ्याल-ढोका बन्द राख्नुहोस् र धुँवाबाट जोगिनुहोस्। 3. *सुरक्षा निकायलाई सहयोग गर्नुहोस्* – प्रहरी र दमकलको काममा अवरोध नपुर्‍याउनुहोस्। 4. *आपतकालीन नम्बर* – कुनै आपत परे १० [प्रहरी], १०१ [दमकल] मा सम्पर्क […]

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

error: Content is protected !!