०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

रामायणको अपब्याख्या गरेको भन्दै आदिपुरुष फिल्म विरुद्ध भारतमै मुद्दा दर्ता

Logo
प्रकाशित मंगलबार, आषाढ ०५, २०८०

 

(ABC-Sanchar)

काठमाडौं । ऐतिहासिक ग्रन्थ रामायणमा आधारित भनिएको दक्षिण भातरीय फिल्म ‘आदिपुरुष’को भारतमै चर्को विरोधका साथै मुद्दा दर्ता भएको छ ।

रामायणको अपब्याख्या गरेको र रामायणका पात्रहरुलाई विकृत रुपमा प्रस्तुत गरिएको भन्दै भारतमा विरोध चर्किएको हो । विभिन्न हिन्दू संघ संगठनले उक्त फिल्मविरुद्ध मुद्दा दर्ता गराएका छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार अखिल भारतीय हिन्दू महासभाले फिल्म प्रदर्शनमै रोक लगाउन माग गर्दै मुद्दा दर्ता गरेको हो ।

महासभाका महासचिव शिशिर चतुर्वेदीले फिल्मले हिन्दू संवेदनशीलतामाथि प्रहार गरेको, रामायणको अपब्याख्या गरेको र रामायणका पात्रहरुलाई विकृत रुपमा प्रस्तुत गरिएको आरोप समेत लगाएका छन् ।

उता, फिल्मका संवाद लेखक मनोज मुन्तसिर शुक्लाले फिल्मका केही संवादहरु परिवर्तन गर्ने निर्णय भएको बताएका छन् । यसै साताभित्र संवादहरु परिमार्जन गरिसक्ने भन्दै उनले मानिसको संवेदनशीलता भन्दा ठूलो अरु केही हुदैन भन्ने आफूहरुले बुझेको बताएका छन् ।

फिल्ममा रामायणका महत्वपूर्ण पात्र हनुमान मार्फत प्रयोग गराइएका संवादको पनि ब्यापक आलोचना भएको छ ।
एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काँकरभिट्टा । सशस्त्र प्रहरीले *परिचयपत्र बिना नेपाल प्रवेश गर्न खोजेका एक भारतीय नागरिकलाई* काँकरभिट्टा नाकाबाट फर्काएको छ। *घटना विवरण:* नियमित चेकजाँचका क्रममा उक्त व्यक्तिसँग नागरिकता, पासपोर्ट वा कुनै पनि वैध परिचयपत्र नभेटिएपछि नेपाल प्रवेश गर्न नदिई फिर्ता पठाइएको हो। खुला सीमामा पनि वैध कागजात अनिवार्य हुने भएकाले उनलाई प्रवेश अनुमति नदिइएको सशस्त्र प्रहरीले जनाएको छ। […]

*सावधानीका लागि:* 1. *त्यो क्षेत्रबाट टाढा रहनुहोस्* – अहिले घटनास्थलतिर नजानुहोस्। भीड र आगोको जोखिम उच्च छ। 2. *सुरक्षित रहनुहोस्* – नजिकै हुनुहुन्छ भने झ्याल-ढोका बन्द राख्नुहोस् र धुँवाबाट जोगिनुहोस्। 3. *सुरक्षा निकायलाई सहयोग गर्नुहोस्* – प्रहरी र दमकलको काममा अवरोध नपुर्‍याउनुहोस्। 4. *आपतकालीन नम्बर* – कुनै आपत परे १० [प्रहरी], १०१ [दमकल] मा सम्पर्क […]

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

error: Content is protected !!