
(ABC-Sanchar)
पर्सा । पटेर्वासुगौली गाँउपालिकामा स्थानियहरुले पाटेबाघलाई मारेको घटना सार्वजनिक भएको छ । पटेर्वासुगौली – १ मलोलीटाँडी टोलका स्थानीयले पाटेबाघ मारेको घटना सार्वजनिक भएको हो ।
सोमबार बेलुकी जङ्गलबाट गाँउमा प्रवेश गरेको पाटेबाघलाई केहि स्थानीय व्याक्तिहरुले घेरामा पारेर घरेलु हतियारबाट प्रहार गरि मारेको प्रहरीको आशङ्का छ । आशङ्कै आधारमा प्रहरीले डिभिजन बन कार्यालयसँगको समन्वयमा अनुसन्धानपनि अगाडि बढाएको छ ।

सब डिभिजन वन कार्यालय रङ्गपुरका रेञ्जर कपिलदेव यादवका अनुसार जङ्गलबाट बाटो बिराएर सोमबार बेलुकी साढे ६ बजेको समयमा बाघ गाउँ प्रवेश गरेको थियो । गाँउमा पसेको बाघलाई स्थानीय ५/६ जना व्यक्तिले घेरामा पारेर बाँसको भाटा र लठ्ठीले हिर्काएर मारेका थिए । तर अध्याँरोमा भएको उक्त घटना बारे मंगलबार मात्र थापा पाएपछि वन कार्यालय र प्रहरीले उक्त मृत बाघलाई सब डिभिजन वन कार्यालय रङ्गपुर टाँडीको परिसरमा खाल्डो खनेर गाडेको यादवले जानकारी दिए ।
बाघ मार्ने घटनामा संलग्नहरुको पहिचान भईसकेकाले उनिहरुको खोजी कार्य जारी रहेको रेञ्जर यादवले जानकारी दिए ।