०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको विरोधमा अत्तरिया बजार बन्द

Logo
प्रकाशित बिहिबार, आषाढ ०७, २०८०

(ABC-Sanchar)

धनगढी । आन्दोलनकारीहरुले आफ्ना चार जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको विरोधमा अत्तरिया बजार बन्द गरेका हुन् ।

मंगलवार कैलालीको गोदावरी नगरपालिका-३ चौकिडाडाँमा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका बन्दकर्ताले जिल्ला अदालत बाँकेको गाडी तोडफोड गरेका थिए ।

प्रहरीले गाडी तोडफोड गरेको भन्दै चार जनालाई नियन्त्रणमा लिएको थियो । सोही विरोधमा बन्दकर्ताले आज अत्तरिया बजार बन्द गरेका छन् ।

संघर्ष समितिका संयोजक लोकराज पाण्डे (आगो)ले प्रहरीले आन्दोलनमा रहेका युवाहरुलाई पक्राउ गरेर कुटपिट गरी घाइतेसमेत बनाएकाले बजार बन्द गरिएको बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काँकरभिट्टा । सशस्त्र प्रहरीले *परिचयपत्र बिना नेपाल प्रवेश गर्न खोजेका एक भारतीय नागरिकलाई* काँकरभिट्टा नाकाबाट फर्काएको छ। *घटना विवरण:* नियमित चेकजाँचका क्रममा उक्त व्यक्तिसँग नागरिकता, पासपोर्ट वा कुनै पनि वैध परिचयपत्र नभेटिएपछि नेपाल प्रवेश गर्न नदिई फिर्ता पठाइएको हो। खुला सीमामा पनि वैध कागजात अनिवार्य हुने भएकाले उनलाई प्रवेश अनुमति नदिइएको सशस्त्र प्रहरीले जनाएको छ। […]

*सावधानीका लागि:* 1. *त्यो क्षेत्रबाट टाढा रहनुहोस्* – अहिले घटनास्थलतिर नजानुहोस्। भीड र आगोको जोखिम उच्च छ। 2. *सुरक्षित रहनुहोस्* – नजिकै हुनुहुन्छ भने झ्याल-ढोका बन्द राख्नुहोस् र धुँवाबाट जोगिनुहोस्। 3. *सुरक्षा निकायलाई सहयोग गर्नुहोस्* – प्रहरी र दमकलको काममा अवरोध नपुर्‍याउनुहोस्। 4. *आपतकालीन नम्बर* – कुनै आपत परे १० [प्रहरी], १०१ [दमकल] मा सम्पर्क […]

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

error: Content is protected !!